Hamro Sanchar

खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालयको एक विद्यालय बन्द

प्रकाशित : २०८१/५/१० गते

जाजरकोट
खोला तर्ने बैकल्पिक व्यवस्था नहुदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । यही भदौ २ गते आएको बाढीले ट्रष्ट बगाएपछि सार्वजनिक सुचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो ।

यही भदौ ४ गते सार्बजनिक सुचना प्रकाशित गरेर शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यामिक विद्यालय टुनीबगरलाइ बन्द गरिएको छ । पठनपाठन बन्द गरिएको ६ दिन वितिसक्दा पनि उक्त विद्यालय संचालनमा आउन सकिरहेको छैन् । रोकायजाँत, रिसिना, टुनीबगर, बुँर्दाका विद्यार्थीहरुले दैनिक शिक्षा हासिल गर्दै आएको विद्यालय पूर्णरुपमा बन्द भएपछि ३५० जना भन्दा बढि विद्यार्थीहरु प्रभावित भएका छन् ।

विद्यालयमा आउन जानका लागि प्रयोग हुदै आएको टुनीबगरको ट्रष्ट भदौ २ गतेको बाढीले बगाएको थियो । तत्काल खोला तर्ने बैकल्पिक व्यवस्था नभएपछि सुचना प्रकाशित गरेर ४ दिनको लागि उक्त विद्यालय बन्द गरिएको थियो । एक हप्तासम्म विद्यालय संचालनमा ल्याउन नसक्नु दुखद पक्ष भएको अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोट अध्यक्ष प्रदिप आचार्यको भनाइ रहेको छ । अनिवार्यसंगै गुणस्तरीय शिक्षा अहलेको आबश्यकता रहेको बताउदै अध्यक्ष आचार्यले गुणस्तरीय शिक्षाका लागि नियमित शिक्षा हुन आबश्यक रहेको बताए । एक हप्ताको समय वितिसक्दा पनि विद्यालय संचालन गर्न खडकदेवी मावि टुनीवगरका शिक्षक स्टाप, विद्यालय व्यवस्थापन समिति, अविभावक, वडा समिति र गाउँपालिकाले कानमा तेल हालेर बस्न नहुने अध्यक्ष आचार्यको भनाइ रहेको छ ।

भिषण रुपमा आएको बाढी, पहिरोले टुनीबगरको ट्रष्ट मात्र नभए बाटोघाटो सबै बन्द गरेको शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु ज्ञवालीको भनाइ रहेको छ । केही दिनसम्म खोलाले बगाएको टुनीवगरको ट्रष्ट हेर्नलाइ जानसक्ने बाटो समेत नभएको बताउदै अधिकृत ज्ञवालीले गाउँपालिकाले स्क्यावेटर प्रयोग गरेर बल्ल–बल्ल त्यहाँ पुगेर हेर्न सकिने बाटो बताएको बताए । हिजो मात्र गाउँपालिकाले ईन्जिनियरलाइ टुनीबगरमा पठाएर खोलाले बगाएको ट्रष्ट अध्ययन गर्न लगाउनुको साथै तत्काल खोला तर्नलाइ अस्थायी बैकल्पिक ब्यबस्था के गर्न सकिन्छ भन्ने विषयमा फिल्ड अध्ययन गर्न लगाएको अधिकृत ज्ञवालीको भनाइ रहेको छ । प्राविधिक ईन्जिनियरको सल्लाहमा गाउँपालिकाले टुनीबगरमा खोला तर्न तत्काल बैकल्पिक ब्यबस्था गर्ने अधिकृत ज्ञवालीले बताए ।

पानी परेको दिन बाहेक अन्य दिनमा विद्यालय बन्द गर्न आबश्यक नरहेको शिवालय गाउँपालिकाका ईन्जिनियर मनोज केसीले बताए । पानी नपरेको दिनमा वारी–पारी गर्नलाइ काठ प्रयोग गरेर खोला तर्न सकिने अबस्था रहेको ईन्जिनियर केसीले बताए । फिल्डको अध्ययन गरि आइ सकेका छौं ईन्जिनिय केसीले भने–‘स्थानीयलाइ काठको व्यवस्थापनि गर्न लगाइ सकेका छौं, अब एक–दुइ दिनमा ग्यावीन जाली हालेर तत्कालका लागि अस्थायी काठे पुल निर्माण गर्दै छौं ।’ खोलाले ट्रष्ट बगाएपछि विद्यालय बन्द गर्नुपर्ने अबस्थाप्रति अध्यक्षलाइ उदृत गर्दै गाउँपालिका गम्भीर भएको ईन्जिनियर केसीले बताए ।

यस विषयमा बुझ्नका लागि हामीले शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीसंग सम्पर्क गर्न ९८४३०५८००५ नम्बरमा फोन गरेका थियौं तर, अध्यक्ष शाहीले फोन उठाएनन् ।


Tagged
प्रतिकृया दिनुहोस्