Hamro Sanchar

शिवालय गाउँपालिकामा अनेरास्ववियू (क्रान्तिकारी) को दोस्रो पालिका सम्मेलन सम्पन्न

प्रकाशित : २०८१/५/१५ गते

एलिसा केसीको अध्यक्षतामा सर्वसहमत २१ सदस्य पालिका समिति चयन
जाजरकोट
शिवालय गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ । सनिबार शिवालय गाउँपालिकाको सभाहलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को दोस्रो पालिका सम्मेलन सम्पन्न भएको हो ।

सम्पन्न दोस्रो पालिका सम्मेलनले सर्वसहमत एलिसा केसीको अध्यक्षतामा २१ सदस्य पालिका समिति चयन गरेको सम्मेलनका प्रमुख अतिथि तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य धुर्ब शर्माले जानकारी दिएका छन् । शर्माले दिएको जानकारी अनुसार एलिसा केसी अध्यक्ष चयन भएको पालिका समितिको उपाध्यक्षमा बिशाल पुन, विमला रोकाय, सचिवमा सुभाष रेग्मी, सहसचिवमा रुपा नेपाली, तिलक थापा र कोषाध्यक्षमा भबिता बिसीलाइ सम्मेलनले सर्बसहमत चयन गरेको छ ।

दोस्रो पालिका सम्मेलनबाट नव निर्वाचित तथा सर्वसहमत चयन भएको पालिका समितिलाइ सम्मेलनका प्रमुख अतिथि र अन्य अतिथिहरुले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए । साथै अतिथिहरुले गाउँ तथा पालिका समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको उज्वल राजनीतिक भविश्यको कामना व्यक्त गरेका थिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य धुर्ब शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको दोस्रो पालिका सम्मेलनको अन्य अतिथिहरुमा नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ समितिका ईन्चार्ज हरि बहादुर थापा (प्रकास), पार्टी अध्यक्ष मान बहादुर पुन, शिवालय गाउँपालिकाका उपाध्यक्ष गीता शाही, वडानं. १ का वडा अध्यक्ष नर बहादुर राना, अखिल (क्रान्तिकारी) जाजरकोट जिल्ला अध्यक्ष प्रदिप शर्मा, गणेश अधिकारी, गणेश पहाडी, गोविन्द शाही रहेका थिए ।

सभाहलबाट नारा, जुलुस सहित निकालिएको ¥याली गैरी बजार परिक्रमा गरेर सभाहलमै पुगेर सम्मेलनमा परिणत भएको कार्यक्रमबाट सर्बसहमत नव निर्वाचित गाउँ समितिलाइ केन्द्रिय सदस्य शर्माले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्