Hamro Sanchar

पहिरोले घर भत्किएपछि बारेकोट–६ का वडा सदस्य दम्पतिको मृत्यु, ११ बर्षीय छोरीको उद्धार

प्रकाशित : २०८१/५/२३ गते

जाजरकोट
मध्येराति माथिबाट आएको पहिरोले घर भत्किएर बारेकोट–६ का वडा महिला सदस्य दम्पतिको मृत्यु भएको छ भने, ११ बर्षीय छोरीको उद्धार गरिएको छ ।

मध्येराति २ बजे माथिबाट आएको पहिरोले घर भत्काएपछि घरभित्र मस्त निद्रामा निधाइ रहेका धुम तल्लोगाउँ निबासी तथा बारेकोट गाउँपालिका–६ का ३८ बर्षीय महिला सदस्य प्रेम कुमारी चलाउने र ४७ बर्षीय उनका श्रीमान मान बहादुर चलाउनेको मृत्यु भएको छ । मृतक वडा सदस्य चलाउनेका लोग्ने, स्वास्नीको सव पोष्टमार्टमको लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको ६ नम्बर वडा सचिव दिपक महाताराले जानकारी दिए । पहिरोले भत्किएको घरले पुरिएका चलाउनेका श्रीमान, श्रीमतिको सव निकाल्न ६ घण्टा भन्दा बढि समय लागेको थियो ।

चलाउने दम्पतिसंगै घरमै सुतेकी ११ बर्षीय छोरी सम्झना चलाउनेलाइ स्थानीय युवा र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । हात र मुखमा गहिरो चोट लागेकी सम्झनालाइ उपचारको लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

घटना घटेको खबर प्राप्त गरेपछि नायकबाडा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक अमर बहादुर थापाको कमाण्डमा खटिएको ४ जना प्रहरी टोली ४ घण्टा पैदल यात्रा गरेर घटना स्थलमा पुगेको थियो । नेपाल प्रहरी विहान ६ बजे घटना स्थलमा पुगेपछि उद्धार गरिएकी सम्झनालाइ उपचारको लागि हेलिकप्टरमा सुर्खेत पठाउने व्यवस्था गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्