News Portal

बडालेकमा एयरपोर्टको सम्भाव्यता अध्ययन

८४५ पटक

भेरी नगरपालिका–१ बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरिएको छ । नवौं नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेको भेरी नगरपालिकाले बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको हो ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको नेतृत्वमा प्राविधिक सहित सनिबार बडालेक पुगेको टोलीले बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको हो । बिमानस्थलको सम्भाव्यता अध्ययन गर्न सनिबार नगर प्रमुख घर्तीसंगै नेकपा माओवादी केन्द्रका अध्यक्ष ढकवीर राना राष्ट्रिय अनुसन्धान अधिकृत ओम बहादुर खड्का, भेरी नगरपालिकाका कानुन अधिकृत प्रकाश कुमार शाही, नगरपालिकाका ईन्जिनियर मेघराज खत्री, वडा नम्वर १ का अध्यक्ष दीपक राना, २ नम्बर वडाअध्यक्ष काली बहादुर वली, नगर प्रवक्ता पार्वती विक, सम्बन्धित वडाका वडा सदस्यहरु, जिल्ला युवा समिति जाजरकोटका अध्यक्ष रामचन्द्र घर्ती, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष सहदेव बस्नेत, पत्रकार बीरबहादुर गिरी, दीप बहादुर घर्ती, बिनोद घर्ती, रेशम खड्का लगाएत स्थानीय नागरिकहरु बडालेकमा पुगेका थिए ।

प्रारम्भिक सम्भाव्यता अध्ययनले बिमान स्थल निर्माणका लागि बडालेक उपयुक्त स्थल भएको ईन्जिनियर खत्रीले बताएका छन् । समुन्द्री सतहबाट २२ सय मिटर उचाईमा रहेको बडालेकको लम्बाई २ हजार ३७० मिटर रहेको ईन्जिनिय खत्रीले बताए । न्युनतम ५० मिटर चौढाई रहेको बिमानस्थलका लागि उपयुक्त मानिएको बडालेकमा २३४ रोपनी जग्गा रहेको ईन्जिनियर खत्रीले बताए ।

२ हजार ३७० मिटर लम्बाईमा १ हजार मिटर भेरी नगरपालिकाको भुगोल क्षेत्र भित्र पर्दछ भने, १ हजार ३७० मिटर नलगाड नगरपालिकाको भुगोल क्षेत्र भित्र पर्दछ ईन्जिनियर खत्रीले भने–‘आई.काउको रिपोर्ट अनुसार बडालेक बिमान स्थल निर्माण भएमा ए कलास पर्दछ ।’ किन कि आईकाउले २२ मिटर रन् वय भएको एयरपोर्टलाई ए कलास राखेको छ भने, १६ सय मिटरसम्म रन् वय भएको एयरपोर्टलाई बी कलासमा राखेका छ, १४ सय मिटरसम्म रन् वय भएको एयरपोर्टलाई सी कलासमा राखेको छ, ७ सय मिटरसम्म रन् वय भएको एयरपोर्टलाई डि कलासमा राखेको छ भने, ६ सय मिटरसम्म रन् वय भएको एयरपोर्टलाई ई कलासमा राखेको छ ईन्जिनियर खत्रीले भने–‘नेपालका एयरपोर्टहरुमा काठमाडौंको अन्तराष्ट्रिय बिमासस्थल मात्र ए कलासको एयरपोर्ट हो जसको लम्बाई ३ हजार मिटर छ भने, चौढाई ४६ मिटर मात्र रहेको छ ।’

ई कलासमा रहेका नेपालका एयरपोर्टहरुमा सिमिकोट र लुक्ला भएको जानकारी दिदै ईन्जिनियर खत्रीले सिमिकोट एयरपोर्ट ६५० मिटर र लुक्ला एयरपोर्ट ५८४ मिटर लम्बाई रहेको बताए । बडालेकमा कन्ट्रोल (टावर) घर, सुरक्षा घर लगाएतका अन्य संरचना निर्माण गर्नका लागि पनि उपयुक्त र प्रयाप्त ठाउँ रहेको ईन्जिनियर खत्रीले बताए ।

नेपाल सरकारसंगको समन्वय र सहकार्यमा बडालेकमा बिमानस्थल निर्माण गर्न भेरी नगरपालिकाले आयोजना बिस्तृत अध्ययन प्रतिवेदेन (डिपीआर) रिर्पोट निर्माण गर्ने भेरी नगर प्रमुख घर्तीले बताए । रुकुम जिल्लामा दुई–दुई वटा बिमानस्थल हुदा जाजरकोटमा एक वटा पनि विमान स्थल बनाउनु हुदैन भन्ने हुन सक्दैन प्रमुख घर्तीले भने–‘जाजरकोट जिल्लाबासीको लागि मात्र नभएर कर्णाली प्रदेशको मध्ये भागमा रहेको बडालेक बिमानस्थल बनेमा बाग्लुङ्गको डोरपाटन, डोल्पाको शे–फोक्सन्डो, मुगुको रारा, हुम्लाको मान सरोवर, कैलास, बझाङको सैपाल घुम्न आउने बाह्य पर्यटकहरुको सुरक्षित उडान भर्न सकिन्छ ।’ बिमानस्थलको डिपीआर बन्दै गर्दा बडालेकलाई नगर रिङरोडले छुनेगरी रिङरोड बिस्तारको कामलाई छिटो बिस्तार गर्ने नगर प्रमुख घर्तीले भनाई राखेका थिए । बडालेकमा बिमानस्थल निर्माण गर्ने कामलाई आफु नगरप्रमुख पदमा रहदा मात्र नभएर पदमा नहुदा पनि जोड दिई राख्ने घर्तीको भनाई रहेको छ ।

बडालेकको मानव बस्तीलाई तत्कालिन राज्यले ८४ घरगोठमा आगो लगाएर विस्थापित गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष ढकवीर रानाले बताए । देशमा भएको राजनैतिक परिवर्तनसंगै बनेका सरकारले बडालेकमा पुर्ननिर्माणको प्याकेज दिन नसकेको अध्यक्ष रानाले भनाई राखेका थिए । तीन तहका सरकारहरु मध्ये नगर सरकारले नगर सभाबाट बडालेकमा बिमानस्थल निर्माण गर्ने नीति तथा कार्यक्रम पास गरेर राम्रो गरेको बताउदै अध्यक्ष रानाले बडालेकमा बिमानस्थल निर्माण गर्न नगरपालिकाले उठाएको बिषयमा आफु सहमत रहेको भनाई राखेका थिए । बडालेकमा बिमान स्थल निर्माण गर्ने कुरा पञ्चायत कालदेखि नै उठ्दै आएको बताउदै अध्यक्ष रानाले नगरसभाबाट पास भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नगरपालिकालाई सुजायका थिए ।

बडालेकमा बिमानस्थल निर्माण गर्ने वडा बासीहरुले देखेको सपनालाई पुरा गर्न टोल तथा बस्तीस्तरको योजना छनौटबाटै प्राथमिकिकरण गर्दै नगरसभाबाट पास गराउन सफल भएको वडा अध्यक्ष दीपक रानाले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्