News Portal

“२१ औं शताव्दिका बालबालिकाको समस्या र सरोकार तथा आशा र विश्वासहरु”

बालबालिकाको अधिकार, जीवन र भविष्यवारे अहिले सारा संसार संवेदनशील छ । बालबालिकाको वचाउ, संरक्षण, विकास र सहभागिता जस्ता अधिकार र अधिकारका विभिन्न सवाल सम्वोधन गर्न संसारले विश्वव्यापी लक्ष्य र तदनुसारका कानूनहरुको निर्माण गरेको छ । थुप्रै रकम लगानी पनि गरिए पनि हाम्रा लक्ष्यहरु पूरा हुन सकिरहेका छैनन् । बालमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गर्न नेपालको सन्दर्भमा संघीय शासन प्रणालीमा पनि बालबालिकाको अधिकारको रक्षा गर्ने विभिन्न कानून, नीति, संरचना, कार्य प्रक्रियाहरुको अभ्यास थालिएको छ ।

१५१२ पटक

धेरै प्रकारका समस्याजनक अवस्थाको भूमरी वीच बालबालिकाहरु बाँच्न वाध्य छन्

विद्यालय जाने बालबालिकाको संख्या हालसम्मकै उच्च भएता पनि गुणस्तरीय शिक्षाको उद्देश्य भने पुरा हुन सकेको छैन ।
किनकी विद्यालयमा उपस्थिति मात्रैले सिकाइको सुनिश्चितता गर्दैन ।
विकासशील राष्ट्रका ६० प्रतिशत प्राथमिक तहका बालबालिकाले सिकाइको न्युनतम मापदण्ड पुरा गर्न सकेका छैनन् ।
बालबालिकामा दुव्लोपना र मोटोपनाका साथै रक्त अल्पता तीव्र गतिमा बढिरहेको छ ।
सरसफाईको कमी र बाल बिवाह जस्ता चुनौतीहरूले बालबालिकाको स्वास्थ्य र समग्र भविष्यमा जोखिम वढेको छ ।
उच्च शिक्षा र प्राविधिक शिक्षामा पनि प्रतिष्पर्धिता कम देखिन्छ ।
धेरै किशोर किशोरीले विद्यालयमा र वरपर हिंसाको सामना गर्नु पर्दछ, उनीहरू आफुलाई सुरक्षित महसुस गर्दैनन् ।
बालबालिकाले पाउनुपर्ने सुरक्षा, स्वास्थ्य तथा भविष्यबाट बञ्चित हुनुपरेको छ ।
पृथ्वीको जलवायु द्रुत गतिमा परिवर्तन हुँदै गइरहेको छ ।
विभिन्न क्षेमा विभेद, असमानता, शोषण, हिंसा र दुव्र्यवहार गहिरिदै गएको छ ।
संसार प्रतिको बुझाई परिवर्तन हुँदै गएको र धेरै घर परिवार बसाईसराई गरिरहेका छन् ।
करोडौं बालबालिकाका सपनाहरु तुहिईरहेका र सपना नै नदेख्ने परिस्थिति आउंदैछ । बाल्यकाल परिवर्तन हुँदै गईरहेको छ ।

हामीले हाम्रा रणनीतिहरू र क्रियाकलापहरूमा परिवर्तन ल्याउन जरुरी छ । समस्याहरूका लागि सोही अनुसारको समाधानहरू खोज्नुपर्दछ । यो परिवेशलाई मध्यनजर गर्दै बालबालिकाका केही समस्या सरोकार, आशा र विश्वास राख्न चाहन्छौं ।

१. बालबालिकाहरुलाई सफा खानेपानी, स्वच्छ हावा र सुरक्षित जलवायु सुनिश्चित गर्न आवश्यक छ 
समस्या र सरोकार
सम्पूर्ण बालबालिकाकाको स्वस्थ जीवनयापनका लागि सफा वातावरण, स्वच्छ हावा र सफा पानी तथा खानेकुरा उपलब्धता एकदम स्वाभाविक कुरा हो र सन् २०२१ मा आएर यसो भनिरहनु पर्दा अचम्म लाग्न सक्छ । तथापी जलवायु परिवर्तनका कारण यी सबै बाल अधिकार मात्र नभई विगतमा हासिल गरिएका उपलब्धीहरू पनि गुम्ने डर सिर्जना भएको छ । आगामी पुस्ताका बालबालिकाले सामना गर्नु पर्ने सबै भन्दा ठुलो चुनौती शायद यही नै हो । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठनले विश्वव्यापी भोकमरीमा हाल सालै भएको वृद्दिको मुख्य कारक जलवायु परिवर्तन रहेको र बढ्दो खडेरी तथा बाढीका कारण आउँदो पुस्ताका बालबालिकाले भोकमरी तथा कुपोषणको समस्या ब्यहोर्नु पर्ने जनाएको छ ।

जलवायु परिवर्तनका कारण मौसममा प्रतिकुल खराबी आएको हामीले देखिसकेका छौं । जसको कारण विनाशकारी प्राकृतिक प्रकोपहरू बारम्बार आइपरेको छ । जलवायु परिवर्तनको असर बारे भविष्यको पूर्वानुमानमा मतान्तर रहेता पनि अन्तराष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०५० सम्ममा वातावरणको कारण बसाई सराई गर्नेहरूको संख्या २० करोड देखि १ अर्ब हुन सक्ने अनुमान गरिन्छ । तापक्रममा वृद्दि र खानेपानीको अभाव बढ्दै जाँदा पानीबाट सिर्जित रोगहरूबाट बालबालिका अत्यन्तै प्रभावित हुन पुग्छन् । विशेष गरी कृषि, चरन र माछापालनमा निर्भर रहने स्थानहरू जलवायु परिवर्तनको प्रभावबाट बढि जोखिममा रहन्छन् । यस सुख्खा स्थानमा वर्षा झनै कम र अनियमित हुने अनुमान गरिएको छ र यो स्थान विश्वव्यापी औसत दर भन्दा डेढ गुना तीव्र गतिमा तातिदै गएको छ ।

तापक्रम बढ्दै जाँदा गरिबहरू झनै गरिब हँुदै जाने छन् र यस प्रकारको तनावपूर्ण वातावरणमा सामाजिक असन्तुष्टिको आडमा सशस्त्र समुहहरूद्वारा स्थानीय वासिन्दाको शोषण बढ्ने सम्भावना पनि रहन्छ । कोभिड–१९ महामारीले अहिले करोडौं वालवालिकाको विकासमा अवरोध गरेको छ । पारिवारिक र सामाजिक अर्थतन्त्रमा आएको गिरावटले निश्चय नै धेरै वालवालिकाको जीवन निर्वाह, स्याहार, खोप, पोषण, उपचार र कल्याण प्रभावित भएको छ । पारिवारिक र सामाजिक अर्थतन्त्रमाका शारििरक र मानसिक तथा पीडा त अकल्पनीय छ । अहिले पनि अनपेक्षित र अकल्पनीय वायु प्रदुषण, विषाक्त फोहोर तथा जमिनमुनिको पानीको प्रदुषणले यी चुनौतीहरूलाई अझै जटिल बनाई बालबालिकाको स्वास्थ्यमा हानी पुगेको छ । चार बालबालिका मध्ये एक खानेपानीको चरम अभाव भएको स्थानमा रहेका र प्रदुषित पानीका कारण हजारौं बिरामी छन् । जमिन मुनिको पानीको सरसफाई, पर्याप्तता, व्यवस्थापन र सुरक्षा गर्नु तथा प्लाष्टिकको व्यवस्थापन बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित हाम्रो मुख्य समस्या र सरोकार हो ।

आशा र विश्वास
जलवायु परिवर्तनको व्यवस्थापन र सामना गर्नका लागि पेरिस सम्झौता अन्तर्गत रही सरकार तथा व्यवसायीहरू दुबै मिलेर यसका श्रोतमा रहेको समस्या–हरितगृह प्रभाव बढाउने ग्यासहरूको न्युनीकरण गरी समाधान गर्नु पर्दछ । यसो गर्दै गर्दा हामीले बालबालिकालाई पर्न जाने असर न्युनीकरण गर्नका लागि उच्च प्राथमिकताका साथ वातावरणीय असन्तुलनसँग सामञ्जस्यता गर्न सक्ने क्षमतामा वृद्धि गर्नु पर्दछ । चक्रवात आँधी तथा सामुद्रिक पानीको मिसावटबाट जोगिन सक्ने खानेपानी प्रणालीको डिजाइन गरेर विद्यालयका संरचनाहरूको सुदृढिकरण तथा तयारी अभ्यासहरूलाई सघाएर र सामुदायिक स्वास्थ्य सेवालाई सघाएर मौसमका प्रभाव कम गर्न सकिन्छ । यदि व्यवस्थित पानी पुनर्भरण प्रणाली जस्ता प्रविधिको प्रयोग वृहत रुपमा गर्न सकिएमा पानीको भण्डारण सम्भव भई खानेपानीको संकट तथा रोगबाट लाखौं बालबालिकालाई जोगाउन सकिन्छ । अहिलेको जस्तो जटिल वातावरणमा पनि आशावादी हुने ठाउँ छ किनभने त्यहाँ रोजगार तथा अवसरका लागि तत्पर युवा जनशक्ति छ र नवीकरणीय उर्जा तथा इन्धनको दिगो श्रोत स्थापना गर्नका लागि सुहाउँदो वातावरण पनि छ । शिक्षा र रोजगारका क्षेत्रमा लगानी तथा सुरक्षा र शासन पद्दतीमा सुधार ल्याउन सकेमा त्यस क्षेत्रको जलवायु परिवर्तनको सामना र तत्पश्चात आइपर्ने परिस्थितिसँग समायोजन गर्न सक्ने क्षमता वृद्धि गर्न सकिन्छ ।

वायु प्रदुषणसँग लड्नका लागि पेट्रोलियम इन्धनको खपत घटाउन कृषिजन्य, औधोगिक तथा यातायात प्रणालीलाई वातावरण मैत्री बनाउन र नवीकरणीय उर्जाको उत्पादन बृद्धि गर्नका लागि सरकारी तथा नीजि संस्थाहरूले मिलेर काम गर्नुपर्दछ । कडा नियमहरूको माध्यमबाट विद्युत गृहहरू, उद्योग तथा सडकका सवारीहरूबाट सिर्जित प्रदुषण नियन्त्रण गर्न धेरै राष्ट्रहरूले कार्यवाही अगाडि बढाईसकेका छन् । संयुक्त राज्य वातावरण संरक्षण निकायको एक अध्ययनले स्वच्छ हावा ऐन १९९० का कारण त्यहाँका नागरिकमा खर्च गरिएको प्रति १ डलरले ३० डलर बराबरको लाभ दिएको निष्कर्ष निकालेको थियो । वायुमा निहित प्रदुषण र सुक्ष्म तत्वबाट बालबालिकाको फोक्सो र मस्तिष्क जोगाउनका लागि त्यस प्रकारका नीतिहरू निकै महत्वपूर्ण मानिन्छन् । हामीले बालबालिकाको स्वास्थ्यमा अत्यन्तै खराब असर पुर्याउने वायु प्रदुषणको समाधानका उपायहरू खोज्न जरुरी छ । कोईला वायु प्रदुषणको मुख्य श्रोत भएकाले परम्परागत घरहरूका लागि कोइलाको खपत घटाउने तथा हावाको गुणस्तर सुधार्ने ‘जस्ता नवीनतम प्रविधिहरूको डिजाईन तथा विकास गरी कार्यान्वयन आवश्यक छ । यसका साथै, प्लाष्टिकलाई पुनः प्रयोग गर्नुका साथै विषाक्त फोहोर घटाउने र अन्य फोहोरलाई फेरी प्रयोग गर्ने नवीन तरीका पत्ता लगाउने अभ्यास थालिएको छ ।

कोलम्बियाको सामाजिक संस्थाले पिभिसिको प्रयोग नगरी परम्परागत इँटाभन्दा सस्तो, हलुका र बलियो इँटाको बिकास गरेको छ र हाल यो प्रविधि प्रयोग गरी विद्यालयका कक्षा कोठाहरू बनाईएको छ । अफ्रिकामै पहिलो पटक प्लाष्टिक पुन प्रयोग गरी बनाईएको कक्षा कोठा आइभरी कोस्टमा केहि हप्तामै बनाईएको थियो । परम्परागत प्रविधिको तुलनामा यसको निर्माणमा ३० प्रतिशत कम खर्च लागेको थियो । यस प्रकार, खेर गईरहेको प्लाष्टिकबाट भवन निर्माण गर्न मिल्ने इँटा बनाउने प्रविधिले विद्यालयको निर्माण गरी शिक्षाको अधिकार सुनिश्चित गर्नुका साथै समुदायलाई सुदृढिकरण गर्ने र फोहोरमुक्त वातावरणको सिर्जना गरी फोहोरको समस्यालाई अवसरमा परिवर्तन गर्न सकिन्छ ।

२. द्वन्द र विपदका कारण जोखिमग्रस्त क्षेत्रमा बाँच्नु पर्ने वाध्यता
समस्या र सरोकार
द्वन्द र युद्धले सबैभन्दा पहिला बालबालिकालाई असर पार्दछ । आज विश्व भरमा द्वन्द्व् भोगिरहेका राष्ट्रहरूको संख्या सन् १९८९ मा बाल अधिकारको महासन्धी अनुमोदन भए पश्चात हाल सम्मकै सबै भन्दा बढि छ । युद्ध र असुरक्षाका कारण २ करोड ८० लाख बालबालिका बेघर हुनुका साथै हरेक चार मध्ये एक बालबालिका द्वन्द्व तथा विपद प्रभावित देशमा बाँचिरहेका छन् । कैयौं बालबालिकाले धेरै वर्षको शिक्षाका साथ साथै भविष्यमा शिक्षा र रोजगारका लागि आवश्यक आफ्ना उपलब्धिहरू र क्षमता गुमाएका छन् । द्वन्द तथा प्राकृतिक प्रकोपहरूले ७ करोड ५० लाख बालबालिका तथा युवाको शिक्षामा बाधा पु¥याइ सकेको छ । किनभने उनीहरूले देशको सिमा पार गरिसकेका छन् वा विस्तापित भईसकेका छन् । प्रत्येक बालबालिकाको लागि यो दुखद घटना हो । एउटा सिंगो पुस्ताको भविष्यका सपना तुहिनु भनेको असीम सम्भावना खेर जानु हो । त्यस माथी अशिक्षित बालबालिकाको भ्रमित र क्रुद्ध पुस्ता सिर्जना हुनु झनै दुखदायी र जोखिमको विषय हो ।

आशा र विश्वास :
जलवायु परिवर्तनको व्यवस्थापन र सामना गर्नका लागि पेरिस सम्झौता अन्तर्गत रही सरकार तथा व्यवसायीहरू दुबै मिलेर यसका श्रोतमा रहेको समस्या–हरितगृह प्रभाव बढाउने ग्यासहरूको न्युनीकरण गरी समाधान गर्नु पर्दछ । यसो गर्दै गर्दा हामीले बालबालिकालाई पर्न जाने असर न्युनीकरण गर्नका लागि उच्च प्राथमिकताका साथ वातावरणीय असन्तुलनसँग सामञ्जस्यता गर्न सक्ने क्षमतामा वृद्धि गर्नु पर्दछ ।

कतिपय देशमा शरणार्थीहरूको लागि शिक्षाको प्रभावकारी व्यवस्था गरेका छन् । समय सुहाउँदो नवीनतम विद्युतीय प्रविधिहरूले पनि हामीलाई अझै धेरै काम गर्न सहयोग पुर्याउँछन् । युनिसेफले माईक्रोसफ्ट र क्याम्ब्रिज विश्वविद्यालयसँग सहकार्य गरी ‘सिकाइको पासपोर्ट’ नामक विद्युतिय प्रणालीको विकासले देशको सीमामा सिमित नभई बालबालिका तथा युवालाई सिकाइका अवसरहरू प्रदान गर्दछ । शरणार्थी, बसाई सरेका जनसंख्या, तथा आन्तरिक रुपमा विस्थापितहरूलाई शरण दिएका देशहरूमा यो प्रणालीको परिक्षण र प्रयोग भइरहेको छ र यो प्रणालीले जस्तो सुकै परिस्थितिमा रहेका युवालाई शिक्षाको पहुँच दिने छ । डिजिटल सिकाइको पासपोर्ट जस्ता प्रविधिलाई विस्तार गर्न सकेमा आफ्नो थलोबाट विस्थापित भएका लाखौं बालबालिकालाई भविष्यमा काम लाग्ने सीपहरू सिक्न मद्दत पुग्ने छ ।

३. मानसिक स्वास्थ्य समस्याको चपेटामा वालवालिका
समस्या र सरोकार

टेलिभिजन र चलचित्रमा देखाइएका र पत्रपत्रिकाहरूमा लेखिएका सबै विवरणलाई पत्याउने हो भने आजका किशोर किशोरीहरू जंगली र असामाजिक छन् भनेर सोच्नु स्वाभाविक लाग्नु भ्रम हो । आजका किशोर किशोरीहरू तुलनात्मक रुपमा कम धूम्रपान गर्छन्, कम मदिरा सेवन गर्छन् कम समस्या खडा गर्छन् र अघिल्लो पुस्ता भन्दा कम जोखिम लिन्छन् । हामी यिनलाई समझदार पुस्ता भन्न सकिएता पनि आजका पुस्ताले हिड्दै गरेको दिशा प्रति एउटा कारणले अत्यन्तै चिन्ता सिर्जना गर्दछ–जसले उनीहरूले आफुभित्र बोकी हिडेको अदृष्य जोखिमको बारेमा सम्झना दिलाउँछ । विगतका ३० वर्षमा १८ वर्ष मुनिका बालबालिकाहरूमा मानसिक समस्या निरन्तर बढ्दो क्रममा छ र किशोरावस्थामा हुने अपांगताको मुख्य कारक तत्वहरू मध्ये डिप्रेसन एक हुनपुगेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०१६ मा आफुले आफैलाई हानी पुर्याई ६२,००० किशोरकिशोरीको मृत्यु भएको थियो जुन वर्तमान अवस्थामा १५ देखि १९ वर्षको जनसंख्याको मृत्यु हुने तेस्रो मुख्य कारक हो ।

यो धनी राष्ट्रहरूको मात्र समस्या होइन । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार, सन् २०१६ मा भएको किशोर किशोरीको आत्महत्या मध्ये ९० प्रतिशत घटना न्युन तथा मध्यम आय भएका राष्ट्रमा घटेका थिए । न्युन आय भएका राष्ट्रहरूमा युवालाई आवश्यक उपचार र सेवाको कमी हुने भएतापनि यो चुनौतीलाई सम्पूर्ण रुपमा निमिट्यान्न पार्न कुनै देशले पनि सकेको छैन । विश्व स्वास्थ्य संगठन सम्वद्ध मानसिक स्वास्थ्यका विज्ञ शेखर सक्सेनाको भनाई उदृत गर्दा मानसिक स्वास्थ्यको मामलामा सबै राष्ट्रहरू विकासशील राष्ट्र हुन् । न्युन आय भएका राष्ट्रहरूले स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको कुल बजेट मध्ये मानसिक स्वास्थ्यमाथि १ प्रतिशत भन्दा कम खर्च गर्ने गरेका छन् भने उच्च आय भएका राष्ट्रहरूले पनि ४–५ प्रतिशत मात्र खर्चिने गरेका छन् ।

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता यो तथ्यांक हेरेर पनि स्पष्ट हुन्छ । किशोरावस्थामा हुने अपांगताको मुख्य कारकहरू मध्ये एक डिप्रेसन हुन पुगेको छ । अकल्पनीय आघात, लैंगिक भेदभाव, चरम गरिबी, यौन हिंसा, अपांगता र दीर्घ रोग सहेका तथा द्वन्द बीच जिउनु परेका र मानसिक स्वास्थ्यमा असरबाट गुज्रेका बालबालिकाको मानसिक स्वास्थ्यले व्यक्तिगत तवरमा मात्रै नभई समाजलाई नै असर पु¥याईरहेको हुन्छ । सरुवा रोग बाहेकका स्वास्थ्य समस्याहरू मध्ये मानसिक स्वास्थ्यले सबैभन्दा बढि आर्थिक भार सिर्जना गर्दछ भनेर विश्व आर्थिक मंचले जनाएको छ । सम्भावित संकट र आफैलाई हानि पुर्याउने तथा आत्महत्याको दरको बढ्दो तथ्यांक चिन्ताजनक हुँदा हुँदै पनि किशोरावस्थाको मानसिक स्वास्थ्य समग्र विश्वव्यापी कार्यक्रमबाट ओझेलमा परेको छ ।

आशा र विश्वास:
जीवनभर आइपर्न सक्ने मानसिक समस्याहरू मध्ये आधा १४ वर्ष भन्दा पहिले शुरु हुने हुनाले मानसिक स्वास्थ्यका लागि उमेर सुहाउँदो प्रवर्धन, रोकथाम तथा उपचार र पुनर्स्थापनालाई प्राथमिकतामा पार्नुपर्दछ । मानसिक समस्याले चरम रुप लिई अमुल्य जीवन नष्ट हुन र गुम्न भन्दा पहिल्यै समयमै पहिचान तथा उपचार गर्नुपर्दछ । तर विद्यमान रुढिवादी बिचारधारा र मानसिक समस्याको खुलेर छलफल गर्न नपाइने समाजमा व्याप्त संकुचित सोच नै युवाहरूका लागि यस्तो अवस्थामा आवश्यक उपचार र सहयोग लिनको लागि मुख्य बाधक बन्न पुग्ने गरेको पाईन्छ । भाग्यवश, यो सोच घट्दै गईरहेको छ, र आजका युवाले, गैरसरकारी संस्थाहरूको स्थापना गरी, फोनमा एप र सफ्टवेयर निर्माण गरी, जनचेतना अभिवृद्धि गरी, तथा अरुलाई जानकारी होस् भनि आफ्ना मानसिक समस्या सम्बन्धी संघर्षहरू र तिनको निराकरण गर्न अवलम्बन गरेका उपायहरूको बारेमा खुलेर कुरा गरी, फेरि एकपटक, यस क्षेत्रमा नेतृत्व लिदंैछन् । मानसिक स्वास्थ्यका बारेमा खुला छलफललाई प्रोत्साहित गर्नका लागि युनिसेफले विद्यालयहरूमा कार्यक्रम गर्दछ । उदाहरणको लागि, संसारमै सबै भन्दा धेरै आत्महत्या हुने देशहरू मध्येको एक कजाखस्तानमा मानसिक स्वास्थ्यको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ युनिसेफले ४५० विद्यालयहरूलाई सम्मिलित गरी वृहत कार्यक्रमले जनचेतना जगाउने गतिविधि संचालन गर्नुका साथै कर्मचारीहरूलाई उच्च जोखिमका अवस्थाहरू पहिचान गर्ने र तिनलाई स्वास्थ्य विज्ञहरू तर्फ सिफारिस गर्न तालिम पनि दियो । उक्त कार्यक्रममा लगभग ५० हजार युवा सहभागी भए र तिनको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको थियो । तत्पश्चात उक्त कार्यक्रमलाई ३,००० विद्यालयहरूमा विस्तार गरि सकिएको छ ।

किशोरावस्थाको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा पार्नु र आत्महत्याको रोकथाममा गरिएको कामका कारण १५–१७ वर्षका युवामा आफुले आफैलाई चोट पु¥याई गर्ने मृत्युमा गिरावट र आत्महत्याका घटनामा कमी आएको छ । शायद सबै भन्दा महत्वपूर्ण उपलब्धि भनेको हाल मुलधारमा रहेको प्राथमिक स्वास्थ्य सेवामा पनि मानसिक स्वास्थ्यलाई सम्मिलित गरिएको छ जसको फलस्वरुप युवाले आवश्यक परेको बेला सहज महशुस गर्दै सहयोग खोज्न सक्ने आशा गरिएको छ । मानसिक समस्याले चरम रुप लिई अमुल्य जीवन नष्ट हुन र गुम्न भन्दा पहिल्यै समयमै पहिचान तथा उपचार गर्नु पर्दछ ।

४. डर लाग्दो र वाध्यकारी आप्रवासनको चपेटामा बालवबालिका
समस्या र सरोकार
पुरापूर्वकाल देखि नै बसाइँसरार्इँ मानव इतिहासको एक हिस्सा रहिआएको छ । हजारौं वर्ष पहिला देखि बालबालिका र तिनका परिवारले शिक्षा वा रोजगारको खोजिमा आफ्नो जन्मभुमि त्यागेका छन् । आजको अवस्था पनि यो भन्दा केहि फरक छैन । हामी यस्तो चलायमान संसारमा छौं जहाँ कमसेकम ३ करोड बालबालिकाले देशको सीमा पार गरिसकेका छन् । अधिकांशको लागि वर्तमान भन्दा राम्रो जीवनको चाहना नै बसाइँसराइँको मुख्य कारण हुन्छ । तर बालबालिकाको लागि यो सकारात्मक नभई वाध्यात्मक परिस्थिति हो । किनभने उनीहरूले आफ्नो जन्मस्थानमा सुरक्षित, स्वस्थ र सम्पन्न जीवन निर्माण गर्ने अवसर पाएका हुँदैनन् । जब प्रवासको यात्रा बाध्यतावश गर्नु पर्ने हुन्छ, बालबालिकाले वैधानिक अनुमति बिना तथाकथित ‘अनियमित प्रवासी’ बनेर जानु पर्ने अवस्था आएको हुन्छ । धेरैजसो अवस्थामा उनीहरूले मरुभुमी, समुह, हातहतियारयुक्त सीमानाका आदि पार गर्दै हिंसा, दुव्र्यवहार र शोषण सहेर खतरापूर्ण यात्रा गर्छन् । हाल संसारकै सबैभन्दा व्यापक बसाई सराई देशको सीमा भित्रै लाखौको संख्यामा मानिस गाउंबाट शहरी सरिका छन् ।

जब बाल अधिकार महासन्धी अनुमोदित भयो, संसारका अधिकांश बालबालिका ग्रामिण भेगमा बसोबास गर्दथे । आज अधिकांश शहरमा बस्दछन् जहाँ शहरीकरणको गति तीव्र हुँदैछ । तुलनात्मक रुपमा शहरका बासिन्दाले बस्तु तथा सेवामा राम्रो पहुँच पाउने भएता पनि असमानताको खाडल भने निकै गहिरो हुनसक्छ, त्यसकारण ग्रामीण भेगमा बस्ने बालबालिका भन्दा शहर भित्रै चरम गरिबीमा बाचेका बालबालिकाको अवस्था निकै नाजुक हुनसक्छ । उदाहरणको लागि, ग्रामीण क्षेत्रको तुलनामा शहर भित्रै चरम गरिबीमा बाँचेका ४ मध्ये १ बालबालिकाको उनीहरूको पाँचौं जन्म दिन भन्दा पहिल्यै मृत्यु हुन सक्ने सम्भावना धेरै रहन्छ । त्यसै गरि ग्रामीण भेगका तुलनामा शहरमा बस्ने अति गरिब ६ मध्ये १ बालबालिकाले प्राथमिक शिक्षा पुरा नगर्ने सम्भावना छ । जव आप्रवासन बाध्यता बन्छ । बालबालिकाले मरुभुमी, समुद्र, हातहतियारयुक्त सीमाना पार गर्दै हिंसा, दुर्व्यवहार र शोषण सहदैं खतरापूर्ण यात्रा गर्नु परेको हुन्छ ।

आशा र विश्वास:
कुनै पनि बालबालिकाले बाध्यतावश आफ्नो घरबाट बसाई सर्नुपर्ने अवस्था आउनु हुदैन, यद्यपि यो परिस्थितिमा तत्कालै परिवर्तन आउने सम्भावना देखिदैन । यसको अर्थ हामीले सामुदायिक तथा सामुहिक हिंसाको समाधान गर्ने, समुदायमा बालबालिकाको सुरक्षा संयन्त्रलाई बलियो बनाउने, गुणस्तरीय शिक्षा र रोजगारका अवसरमा पहुँच बढाउने, तथा आफ्नो मात्रै नभई आफ्नो देशको सुन्दर र सुरक्षित भविष्य निर्माणका लागि आवश्यक सीप सिक्ने वातावरण बनाउने कार्य अगाडि बढाउनु पर्दछ ।

युनिसेफको अनुमान अनुसार लाखौं बालबालिका गैरकानूनी तवरमा बसाईसराई गर्छन्, केहि परिवार सहित भने केहि एक्लै जसको कारण उनीहरू उच्च जोखिममा रहन्छन् । चाहे वैधानिक होस् वा अवैधानिक बाल अधिकारको रक्षा हुनु अत्यन्तै जरूरी छ । बालबालिका जहाँ भएता पनि, जस्तो सुकै पृष्ठभुमिबाट आएको भएतापनि, प्रवासी बालबालिका पनि सबै भन्दा पहिला बालबालिका नै हुन् । बालबालिकाको् सर्वोत्तम हित हुने गरी सरकारले बाल प्रवासीहरूको संरक्षण गर्नु पर्दछ र सम्भव भएसम्म उनीहरूको परिवारलाई सगैं राख्नु पर्दछ र थुनाको सट्टामा सकेसम्म अरु परिवारसँग वा सामुहिक आवासमा राखिने व्यवस्था मिलाउनु पर्दछ । हाल धेरै देशले यस्तो व्यवस्थाको परिक्षण गरिरहेका छन् ।

सुविधा सम्पन्न वसाईको सोचाई तब भंग हुन्छ जब हामी औसतमा आधारित तथ्यांक र वित्तमा नियन्त्रण भन्दा पर हेर्छौं–त्यसकारण बाल संरक्षण र विकासमा केन्द्रित कार्यक्रमहरूले शहरी क्षेत्रमा चरम गरिबी भोगिरहेका बालबालिका तर्फ ध्यान दिनु पर्ने हुन्छ । सामान्यतया आधुनिक शहरहरूमा खानेपानी, स्वास्थ्य, सामाजिक सेवा तथा शैक्षिक अवसरहरू अन्त भन्दा राम्रो हुने गर्छ । त्यसैले शहर केन्द्रित सरकारहरूले आफ्नो शहरमा बालबालिकाको लागि बिभिन्न अवसरहरूमा समावेशी पहुँच सुनिश्चित गर्नु पर्दछ ताकि बालबालिकाको जीवनरक्षा र विकासमा टेवा पुगोस् । आप्रवासन वैधानिक होस् वा अवैधानिक बाल अधिकारको रक्षा हुनु अत्यन्तै जरूरी छ ।

५.आधिकारिक अस्तित्वको असुरक्षा
समस्या र सरोकार
हरेक बालबालिकाको आधिकारिक पहिचान, जन्मदर्ता तथा राष्ट्रियतामा अधिकार हुन्छ । तर आजको दिनमा जन्मेका एक चौथाई बालबालिका–लगभग १ लाख जनाले कहिल्यै पनि जन्म दर्ता पाउने छैनन् वा उनीहरूको पासपोर्ट बन्ने छैन । यदि तपाईंका आमाबाबु
राष्ट्रियता बिहिन छन्, कारवाहीमा परेका छन् वा पिछडिएको समुदायका हुन् अथवा तपाईं दुर्गम र विपन्न स्थानमा बस्नुहुन्छ भने तपाईंले कहिल्यै पनि परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र नपाउने सम्भावना रहन्छ । नागरिकता नै नदिईन सक्छ वा भएको नागरिकता खोसिन पनि सक्छ । यसरी सरकारी पक्षबाट हुने आधिकारिक पहिचान नहुनाले स्वास्थ्य, शिक्षा र अन्य सरकारी सुविधाबाट बञ्चित हुनुपर्ने हुन्छ । यसो हुँदा भविष्यमा कानूनी रुपमा उमेर पुग्नु अगावै विहे हुन सक्ने, जोखिमयुक्त काम गर्नु पर्ने, वा सशस्त्र द्वन्द्वमा होमिन पर्ने अवस्था आउन सक्छ । आधिकारिक रुपमा दर्ता नगरिएको वा ‘राज्यविहिन’ बालबालिकाको रुपमा तपाईंको अस्तित्व नै नभए झै राज्यको आँखामा अदृष्य रहनु हुन्छ ।

उदाहरणमा बंगलादेशको अस्थायी शिविरहरूमा बस्ने लाखौं रोहिंग्या शरणार्थी परिवारहरूमा हरेक दिन बालबालिकाको जन्म हुन्छ । यस्तो अवस्थामा जन्मेका ती रोहिंग्या बालबालिकाको जन्म दर्ता हुने र नागरिकता दिईने सम्भावना नगन्य रहन्छ जसको कारण जीवनको शुरुवातबाट नै उनीहरू संरक्षणको पासपोर्टबाट वञ्चित रहन्छन् । स्पष्ट कानूनी पहिचान नभएको र राज्यविहिन भएको कारण जीवनमा समस्या भोग्दै आएका बालबालिकाको अर्को समुह छ । यदि तपाईं विदेशी सशस्त्र समुहको लडाकुबाट जन्मिनु भएको निर्दोष बालक र बालिका हुनु हुन्छ भने नागरिकता नै नदिईन सक्छ वा भएको नागरिकता खोसिन पनि सक्छ । युनिसेफको अनुमान अनुसार सिरियामा मात्रै आधिकारिक रुपमा आधिकारिक रुपमा दर्ता नगरिएको वा राज्य विहिन बालबालिकाको रुपमा तपाईंको अस्तित्व नै नभए झै राज्यको आँखामा अदृष्य रहनु हुन्छ । यहां दर्ता नभएका १२ वर्ष मुनिका लगभग २९ हजार विदेशी बालबालिका छन् र थप १००० जना सैनिक व्यारेकमा अज्ञात र असुरक्षित अवस्थामा राज्यविहिन र अदृष्य हुने जोखिममा छन् ।

आशा र विश्वास
कानुनको नजरमा बालबालिकाको पहिचान स्थापित गर्न, बाल अधिकार सुनिश्चित गर्न र यी अधिकारमा कुनै पनि प्रकारको हनन भएमा त्यसको सुनुवाई सुनिश्चित गर्नको लागि बालबालिकाको जन्म पश्चात आधिकारिक रुपमा दर्ता गराउनु पहिलो कदम हो । सन् २०३०
सम्ममा संसारका सबै व्यक्तिको कानुनी पहिचान स्थापित गर्ने संयुक्त राष्ट्र संघले लक्ष्य राखेको छ । सम्पूर्ण बालबालिकाको जन्मदर्ताबाट शुरु गरी यस लक्ष्य प्राप्तिका लागि युनिसेफले सरकारहरूलाई सहयोग गरिरहेको छ ।

बालबालिकालाई उनीहरूको वैधानिक हैसियतमाथिको असहमतिका कारण राज्यले आधिकारिक पहिचान नदिने समस्याको वास्तविक समाधान राजनीतिक प्रकृतिको हुन्छ । बाल अधिकार महासन्धीमा सहमति भए अनुरुप १८ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई संरक्षण गर्ने जिम्मेवारी निभाउन सबै सदस्य राष्ट्रहरूलाई युनिसेफले आग्रह गर्दछ । प्रवासी, शरणार्थी वा सन् २०३० सम्ममा संसारका सबै व्यक्तिको कानुनी पहिचान स्थापित गर्ने लक्ष्य संयुक्त राष्ट्र संघले राखेको छ । वैदेशिक सशस्त्र लडाकु जस्तो सुकै भए पनि अन्य देशका नागरिकबाट जन्मेका बालबालिकालाई समेत यस जिम्मेवारी भित्र सम्मिलित गर्नु पर्दछ किनभने जुनसुकै पृष्ठभुमिबाट आएका भएता पनि बालबालिका भनेको सबै भन्दा पहिला बालबालिका नै हुन् ।

अन्य परिस्थितिमा नविन प्रविधि तथा खोजमुलक साझेदारीले पनि अगाडिको बाटो निर्देशन गर्ने गर्छन् । उदाहरणको लागि बोलिभिया राज्यमा टिगो नामक राष्ट्रव्यापी दूरसंचार कम्पनीसंगको सहकार्यमा निर्वाचन उच्च न्यायालय र युनिसेफले अस्पताल र स्वास्थ्य केन्द्रहरूमा जन्म दर्ताको वृद्धि गर्न काम गरेका छन् । जसको फलस्वरुप सन २०१५ र २०१८ को बीचमा जन्म दर्तामा ५०० प्रतिशतले वृद्धि भएको थियो । रुवाण्डामा अस्पतालमा स्वचालित जन्मदर्ताको प्रणाली शुरु गरेपछि सन् २०१७ मा ६७ प्रतिशत बाट बढेर सन् २०१८ मा ८० दशमलब २ प्रतिशत पुगेको थियो । धेरै भन्दा धेरै बालबालिका समेट्नका लागि हामीले यस प्रकारका कार्यक्रमहरूलाई विस्तार गर्नुपर्दछ । यसको अर्थ, जन्म हुने वित्तिकै तत्काल दर्ता गर्नका लागि दुर्गम तथा जोखिममा रहेका समुदायसम्म सुचना प्रणालीको विस्तार गर्नुपर्ने हुन्छ ।

६. एक्काईसौं शताब्दीको अर्थ व्यवस्था अनुकूलको शीपको आवश्यकता
समस्या र सरोकार
विगतका ३० वर्षमा देशहरू बीच औसत आयको असमानता तुलनात्मक रुपमा घटेको छ तर वास्तविक आयको असमानता भने उल्लेखनीय रुपमा बढेको छ । संसारमा १० देखि २४ वर्ष उमेरका १ अर्ब ८० करोड युवा जनसंख्या छ जुन यो समुहमा हालसम्मकै उच्च हो । एक्काईसौं शताव्दीको अर्थव्यवस्था अन्तर्गत समयानुकुल रोजगार र व्यापारका अवसरहरू प्राप्त गर्नका लागि आवश्यक दृष्टिकोण र सीपको विकास गर्न उनीहरूसँग सोही अनुरुपको शिक्षामा पहुँच नभएको पाईन्छ । यसो हुँदै गर्दा, विगतका ३० वर्षमा देशहरू बीच औसत आयको असमानता तुलनात्मक रुपमा घटेको छ तर वास्तविक आयको असमानता उल्लेखनीय रुपमा बढेको छ जसको फलस्वरुप न्युन आय भएका परिवार र बालबालिकाले आफ्नो सम्पन्न समकक्षीहरूले पाउने अवसरबाट बञ्चित हुनुपरेको छ । विगतका ३० वर्षहरूमा गतिशीलतामा आएको कमीका कारण एउटा सिंगै पुस्ता गरीब परिवारमा जन्मेको कारण गरीबीको चक्रमा फस्ने सम्भावना रहेको छ ।

आशा र विश्वास:
युवा च्यालेन्ज कार्यक्रम मार्फत जेनरेसन अनलिमिटेडले विभिन्न १६ देशका २०० आविष्कारकहरूसँग काम गरी स्पिक आउट एप जस्ता नवीन समाधानहरूको विकास गरेको छ जुन उत्तर मेसिडोनियामा युवाहरूको समुहले विकास गरेको थियो र जसको सहायता द्वारा दुव्र्यवहार भएको खण्डमा साथीहरूबाट सहयोग माग्न सकिन्छ । त्यसै गरी पाकिस्तानमा विकास गरिएको ‘द रेड कोड’ नामक साना व्यवसायी केन्द्रित कार्यक्रमले महिलालाई महिनावारी सम्बन्धी स्वास्थ्य व्यवस्थापन गर्नुको साथै आय आर्जनमा पनि सघाउँछ । युनिसेफले आफ्ना विश्वव्यापी साझेदारहरूसंगको सहकार्यमा युवाहरूलाई उत्पादनशील र जागरुक नागरिक बनाउने उद्देश्यका साथ एक नया कार्यक्रमको शुरुवात गरेको कार्यक्रमले सन् २०३० सम्ममा हरेक युवा विद्यालयमा, सिकाइमा, तालिममा वा रोजगारमा रहेको सुनिश्चित गर्ने लक्ष्य राखेको छ । अर्जेन्टिनामा सञ्चालित एक कार्यक्रमले दुर्गम क्षेत्रमा रहेका बालबालिकालाई माध्यमिक शिक्षकहरूसँग आमने सामने वा सुचना प्रविधि मार्फत सम्पर्क गराउने गरेको छ । दक्षिण अफ्रिकामा सञ्चालित टेक्नोगर्ल नामक कार्यक्रमले विपन्न वर्गका महिलालाई विज्ञान, प्रविधि, ईन्जिनियरिङ्ग र गणितको क्षेत्रमा रोजगार पाउन सहयोग गर्दछ ।

७. बालबालिकाको डिजिटल अस्तित्वको सुरक्षा
समस्या र सरोकार
गोपनीयता, स्वतन्त्रता र भविष्यका बारेमा भने नकारात्मक असरहरू पार्ने सम्भावना पनि रहन्छ । विशेषगरी जोखिममा रहेका असुरक्षित बालबालिकाका लागि बाल्यकालमै संकलन गरिएको ब्यक्तिगत सुचना तेस्रो पक्षसम्म पुग्ने, व्यापारिक प्रयोजनमा प्रयोग हुने, वा शोषणसम्म हुने हुन सक्छ । इन्टरनेटमा सञ्चालित व्यापार प्रणालीका कमजोरीको दुरुपयोग गरी पहिचान चोरहरू र ह्याकरहरूले बालबालिका मात्रै नभई वयस्कहरूलाई पनि शोषण गरेको, उमेरको वास्ता नगरीकन इन्टरनेटका खोज प्रदायकहरूले प्रयोगकर्ताहरूको गतिविधि पछ्याएको, र सरकारले इन्टरनेटमा आफ्ना नागरिकको निगरानी गरेको कारण यो समस्या जटिल बन्दै गएको छ । यसका अतिरिक्त, बाल्यकालमा संकलन गरिएका सुचनाले वित्तिय सेवा, शिक्षा, बीमा तथा स्वास्थ्य जस्ता भविष्यका आउने अवसरहरूमा समेत प्रभाव पुर्याउन सक्छ । सुचना संकलन र त्यसको प्रयोग, अनुमति तथा गोपनियता बीचको सम्बन्ध वयस्कहरूले समेत बुझ्न कठिन हुने गरी जटिल हुन्छ भने बालबालिकाको बुझाइ अस्पष्ट हुनु स्वाभाविक नै हो किनभने शुरुवात देखि नै बालबालिकाको अधिकारको दृष्टिकोण राखि इन्टरनेटको विकास गरिएकै होईन । इन्टरनेटका धेरै कम सेवाहरू मात्र बालबालिका मैत्री रहेका छन् । धेरै जसो अवस्थामा बालबालिकालाई आफ्नो सुचना माथिको अधिकारबारे जानकारी हुँदैन र उक्त सुचनाको दुरुपयोग तथा सम्भावित जोखिमको बारेमा जानकारी हुँदैन । सामाजिक सञ्जालमा हुने गोपनीयताका शर्तहरू शिक्षित वयस्कहरूलाई समेत बुझ्न कठिन हुन्छ भने बालबालिकाका लागि असहज हुनु स्वाभाविक नै हो । न्युयोर्क टाईम्सको एक विश्लेषण अनुसार सामाजिक सञ्जालमा हुने गोपनीयताका शर्तहरू बुझ्न औसत उच्च माध्यमिक तहभन्दा माथिको क्षमता आवश्यक पर्दछ, जसको अर्थ, कैयौं प्रयोगकर्ताहरू, विशेष गरी कलिला बालबालिकाले ती सबै शर्तहरू नबुझिकन सहमति जनाइरहेका हुन्छन् ।

आशा र विश्वास
हामीले आजको दिनमा भोगिरहेका चुनौतीहरूका कारण हामीले ठूला तथ्यांक तथा आर्टिफिसियल इन्टिलिजेन्सको सकारात्मक प्रयोग गर्दै, गोपनीयताको रक्षा गर्दै, हानिबाट सुरक्षा प्रदान गर्दै, बालबालिका सहित सम्पूर्ण प्रयोगकर्ताहरूलाई उनीहरूको अधिकार प्रयोग गर्न सक्ने खालको प्रणाली निर्माण गर्नु पर्दछ । हामीले यस क्षेत्रमा केहि प्रगतिहरू पनि देखिरहेका छौ । सरकारहरूले नियमन गर्ने प्रणाली सुदृढ बनाईरहेका छन्, नीजि क्षेत्रले आफ्नो भुमिका पहिचान गरिरहेको छ र शिक्षा प्रदायकहरूले इन्टरनेटको संसारमा कसरी सहि बाटो पहिल्याउने भनेर सिकाइरहेका छन् । यो एक शुरुवात हो ।

गोपनीयताको हकलाई बाल अधिकारका अन्य आयामहरू, सर्वोपरी हित तथा विकासशील क्षमताहरूसंगै राखेर विश्लेषण गर्दा वयस्कहरूको तुलनामा बालबालिकाको गोपनीयता फरक हुने र उनीहरूको लागि अत्यन्तै सुदृढ प्रणालीको विकास गर्नु पर्ने देखिन्छ । जब बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्छन्, उनीहरूलाई आफ्नो सुचना सेवा प्रदायक तथा तेस्रो पक्षबाट कसरी प्रयोग हुनेछ भन्ने बारेमा उनीहरूले बुझ्ने भाषामा राखेर ती शर्तहरू मान्न वा नमान्न स्वतन्त्रता दिनुपर्दछ । केहि बालबालिकाले तर्क गरेझैं उनीहरूलाई आफ्नो खाता तथा पुराना सुचना पूर्णरुपले मेटाउने सुविधा दिनुपर्दछ । जब इन्टरनेटमा बालबालिकाका गतिविधि बारेमा सुचना संकलन गरिन्छ, तब गोपनीयताका शर्तहरू स्पष्ट, पारदर्शी र सहजै उपलब्ध गराउनुपर्दछ ताकि सुचित सहमतिको बारेमा उनीहरूले राम्ररी बुझ्ने आफ्नो अधिकारको प्रयोग गर्न सकुन् । आफ्नो डिजिटल अधिकार दावी गर्नको लागि युवा तथा बालबालिकालाई उपयुक्त सुचना दिनु जरुरी छ । बालबालिकाको सुरक्षाको सुदृढिकरण गर्नका लागि नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरू तथा सामाजिक सञ्जालहरूको महत्वपूर्ण भुमिका रहन्छ । उनीहरूले पारदर्शी तथा नैतिक मापदण्डहरू बनाउनुका साथै बालबालिकाको ठेगाना, प्रयोगका गतिविधिहरू, र विशेष गरी व्यक्तिगत सुचना संप्रेषण गर्दा उच्च तहको निगरानी र सुरक्षा सुनिश्चित गर्नुपर्दछ । युरोपेली सुचना सुरक्षा नियमावली जस्ता नयाँ नियामक नीतिले हाल सकारात्मक प्रयासहरू भइरहेको जनाउँछ । इन्टरनेट प्रयोगकर्ताहरूसँग पारदर्शी र स्पष्ट गोपनीयताको सुचना उपलब्ध हुनुका साथै उनीहरूको सुचना कसरी प्रशोधन र प्रशारण गरिन्छ, आवश्यक परेमा आफ्नो व्यक्तिगत जानकारीको प्रतिलिपी प्राप्त गर्न सक्ने तथा गलत सुचनालाई सच्याउन सक्ने व्यवस्था हुनु पर्ने यस नियमावलीले जनाएको छ ।

ग्लोबल पल्स संयुक्त राष्ट्रसंघको एक पहल हो जस अन्तर्गत मानवको समग्र हित तथा नयाँ खालका जोखिमहरूमा आएको परिवर्तनका साथै विकास कार्यमा सहयोग समेत गर्नका लागि डिजिटल सुचना प्रणाली तथा तत्समयमै विश्लेषण गर्न सकिने प्रविधिको प्रयोगको सम्भावनाको खोजि गरिन्छ । गोपनीयता तथा सुचना सुरक्षा सम्बन्धी वैध चासोहरूलाई गोपनीयताका विज्ञहरूसंगको सहकार्यमा ग्लोबल पल्सले निश्चित गोपनीयताका सिद्दान्तहरू विकास गरेको छ जस अनुसार सुचनाको प्रयोग, व्यक्तिगत गोपनीयताको सुरक्षा, सहमतीको आवश्यकता सम्बन्धी शर्तहरूको पारदर्शिता सुनिश्चित गर्नुको साथै अवैधानिक तथा अनुचित तवरले प्रयोगकर्ताहरूको पहिचान हुने खोजीलाई रोकथाम गर्न समेत सुझाएको छ । बाल अधिकार महासन्धीले बालबालिकाको गोपनीयताको हक स्पष्ट पारेको छ ।

८. कम विश्वास गर्न लायक पुस्ता बन्ने डर
समस्या र सरोकार
आफ्नो वरपरको समाजसँग अन्तक्र्रिया गर्नु हरेक बालबालिकाको अधिकार हो, र आजको परिवेशमा तपाईहरूको यस्तो अन्तक्र्रिया इन्टरनेटमा हुन सक्ने सम्भावना प्रवल छ । तर अधिकांश बालबालिका सुचना प्रविधिको युगमा गलत सुचना र भद्दा समाचार व्याप्त भएको वातावरणमा हुर्कदै हुनुहुन्छ जसको कारण स्थापित संस्थाहरू र सुचनाको श्रोतमा नै अविश्वसनियता खडा भईरहेको छ । यसको फलस्वरुप बालबालिका तथा युवालाई इन्टरनेटमा सत्य र असत्य बीचको फरक छुट्ट्याउन निकै कठिन परेको छ र त्यसैले आजको पुस्तालाई के र कसमाथि विश्वास गर्ने भनेर दुविधा भईरहेको छ ।

बेलायतको संसदको सहयोग तथा फेसबुक, फस्र्ट न्युज र द डे संगको साझेदारीमा सञ्चालित गलत समाचार सम्बन्धी आयोगका अनुसार इन्टरनेटमा समाचार पढिरहेका एक चौथाई बालबालिकाले उक्त श्रोत माथि विश्वास गर्ने गरेको पाईयो । यसलाई बालबालिकाको बिश्लेषणात्मक सोचको सीपले काम गरिरहेको भनी सकारात्मक संकेतको रुपमा पनि लिन सकिन्छ तर सोहि अध्ययनले जनाए अनुसार बेलायतका २ प्रतिशत बालबालिका र युवामा मात्र सहि र गलत समाचार छुट्याउन सक्ने क्षमता रहेको पाईयो । लगभग दुई तिहाई शिक्षकहरूले गलत समाचारका कारण आफ्ना विद्यार्थीहरूमा तनाव बढाएको र संसारको बारेमा सोच बंगाएको चिन्ता व्यक्त गरे । ‘इन्टरनेटमा सभ्य बहस’ अथवा इन्टरनेटमा उपलब्ध सुचनाको सत्यता आकलन गर्ने क्षमता जाँच्न संयुक्त राज्य अमेरिकाको १२ राज्यका विद्यालयहरूमा गरिएको अध्ययन अनुसार बालबालिका तथा युवा सजिलै झुक्किन सक्ने जनाएको थियो ।

गलत सुचनाको निकै नकारात्मक प्रभाव हुने र वास्तविक जीवनमा समेत असर प¥ुयाउने तथ्य हामीलाई थाहा छ । उदाहरणको लागि, सामाजिक सञ्जाल तथा सन्देश (म्यासेज) पठाउने एपहरू मार्फत खोपका बारेमा संप्रेषण गरिएको गलत सुचनाका कारण वर्तमान पुस्ताका हजारौं आमाबाबुहरू भ्रमित भएका थिए, जसको कारण फ्रान्स, भारत, तथा फिलिपिन्स सहित उच्च तथा न्युन आय भएका देशहरूमा महामारी विरुद्धका खोप लगाउन हिच्किचाहट बढेको कारण दादुराको पुनरागमन हुने जोखिम बढेको थियो ।

गलत सुचना फैलाउने अभियानहरूका कारण बालबालिकाबाट नगद र पैसा लुट्ने, व्यक्तिगत सुचना लिने, र यौन दुव्र्यवहारको शिकार हुने सम्म देखिएको छ । पछिल्ला केहि वर्षहरूमा गलत सुचनाका कारण राजनैतिक बहस विचलित भएको, मतदाताहरूको ध्येय परिवर्तन भएको र समाजमा अन्य जातिय सम्प्रदाय, धार्मिक समुह तथा समुदायमाथि शंका उत्पन्न गरी बिभाजन र अशान्ति फैलिएको हामीले देखेका छौं । यो एक विश्वव्यापी समस्या हो किनभने ब्राजिल, युक्रेन र अमेरिकामा जटिल प्रकारका गलत सुचना फैलाउने अभियानबाट उत्पन्न समस्याका कारण ‘पहिचान गर्न सिक्नुहोस’ जस्ता तालिमको आवश्यकता परेको छ । त्यसै गरी म्यानमारमा अल्पसंख्यक रोहिङ्ग्याहरू विरुद्ध भयानक हिंसा भडकाउन समेत गलत सुचना फैलाउने अभियानको हात रहेको शंका गरिन्छ ।

यो मुल समस्याको एक छेउ मात्र हो । भ्रामक विषयवस्तु उत्पादन गर्ने प्रविधिको विकास हुदै जानु र संप्रेषित सुचनाको सत्यता पहिचान गर्न कठिन हुंदै गर्दा विद्यमान संस्थाहरू माथिको विश्वास र आपसी वैमनस्यता बढ्दै जान सक्नेछ । उदाहरणको लागि, कृत्रिम बुद्धिको प्रयोग गरी श्रव्य दृष्य सामाग्री सम्पादन गर्ने प्रविधि विकसित हुंदै गएर सत्यता सजिलै फेर बदल गर्न सकिने र तथाकथित डिप–फेक प्रक्रिया मार्फत कसैले भन्दै नभनेको कुरालाई वास्तविक भंmै लाग्ने सामाग्री उत्पादन गर्न सकिने भएको छ ।

असत्य सामग्री पहिचान गर्ने उपयुक्त रोकथामको उपाय बिना यस्ता प्रकारका प्रविधि विकसित भएमा भविष्यमा विज्ञान तथा औषधि तथा सामाजिक संस्था र आस्था माथिको विश्वास डगमगाउने मात्र नभई समुदाय बीच बिभाजन ल्याउने र लोकतान्त्रिक शासनका लागि खतरा श्रृजना हुने छ ।

आशा र विश्वास:
यस सुचना प्रविधिको युगमा सत्य सुचनाले गलत सुचनालाई सधै ओझेलमा पार्छ भन्ने विश्वासमा हामी रहन सक्दैनौं, त्यसकारण समग्र समाजको तर्फबाट विद्युतिय संचार माध्यममा उपलब्ध गलत सुचनाको बाढिबाट जोगिन प्रतिरोधात्मक क्षमताको विकास गर्नु पर्नेछ । यसको शुरुवात स्वरुप हामीले आजका युवालाई जागरुक नागरिक बन्नका लागि ईन्टर्नेटमा के र कसलाई विश्वास गर्न सकिन्छ भनेर पहिचान गर्न सक्ने क्षमताको पनि अभिवृद्धि गर्न जरुरी छ । हामीले गलत सुचनाको बाढिबाट जोगिन प्रतिरोधात्मक क्षमताको विकास गर्नु पर्ने छ । भ्रामक समाचारबाट बच्नका लागि वयस्कहरूले बालबालिका तथा युवामा विश्वास गर्नु पर्दछ भनेर केहि प्रमाण पाईएको छ । विज्ञानको विकासका लागि अमेरिकन संस्था द्वारा हालसालै प्रकाशित एक अध्ययन अनुसार युवा समुहको तुलनामा ६५ वर्ष माथिका समुहले सात गुणा बढि भ्रामक समाचारहरू आदान प्रदान गरेको पाईएको छ । यसको मुख्य कारण स्पष्ट नभएता पनि ‘डिजिटल नागरिक’ युवाहरूमा यो क्षमता बढि रहेको संकेत पाउन सकिन्छ । यद्दपि, हामीले प्रविधि मैत्री युवा पुस्तालाई भ्रामक श्रोतबाट जोगिन र संस्थागत ज्ञान तथा जाँच्न योग्य सुचनाका श्रोत माथि विश्वास गर्ने बनाउन निकै काम गर्न बाँकि छ ।

सामाजिक सञ्जालका सञ्चालकहरूले भ्रामक सुचना विरुद्ध लड्न र विश्वस्त श्रोतहरूबाट प्राप्त सुचनालाई स्पष्ट चिनिने गरी देखाउन प्रतिवद्धता देखाएपनि हामी उनीहरूले दिएका समाधान माथि सम्पूर्ण रुपमा भर पर्न सक्दैनौं । बालबालिकालाई आजको संसारमा बाच्नका लागि आवश्यक शिक्षा प्राप्त गर्ने पुरा अधिकार छ, जस अन्तर्गत डिजिटल तथा संचार सम्बन्धी ज्ञान, बिश्लेषणात्मक सोचाई तथा प्रमाणको विश्वसनियता आंकलन गर्ने क्षमता पनि पर्दछन् । आलोचनात्मक निर्णय लिने क्षमतालाई विश्वव्यापी तहमा एक महत्वपूर्ण सीप मानेर ओ.ई.सि.डि. -Organisation for Economic Co-operation and Development का निर्देशकले अत्यन्तै महत्वपूर्ण अन्तराष्ट्रिय जाँचको आगामी चरणहरूमा के सत्य हो र के होईन भन्ने जस्ता प्रश्नहरू पनि सम्मिलित गर्ने जनाएका छन् । यो र यस्तै प्रकारका पहलहरूले डिजिटल ज्ञानलाई मुलधारको शिक्षामा सम्मिलित गर्न सहयोग पुग्ने छ । हामी वर्तमान लोकतान्त्रिक समाजलाई जोगाईराख्न चाहन्छौं भने आजका युवा र विद्यमान संस्था बीच विश्वासको वातावरण सिर्जना गर्न हामीले निकै मेहनत गर्नुपर्दछ ।

अन्तमा...
आशाको सबैभन्दा ठुलो कारण वालवालिकाको उर्जा नै हो–आजका बालबालिका तथा युवाले आफु वरपरको संसारलाई जान्न तथा सकारात्मक परिवर्तन ल्याउन आफैलाई सक्षम बनाउन शुरु गरिसक्नु भएको छ र महत्वपूर्ण विषयमा तत्काल समाधानको माग गर्न पाइला चालिसक्नु भएको र आफ्नो अडान राखि सक्नु भएको सुनिरहेका छौं ।

जसरी सन् १९८९ का बालबालिकामा वैधानिक रुपमा वालवालिकाले आजको नेतृत्व लिएका छन्, त्यसै गरी सन्् २०२१ का बालबालिका तथा युवाहरूले भविश्यको नेतृत्व लिनु पर्ने छ । तपाईंहरूले वालवालिकाहरुले हामीलाई प्रेरित गरेका छन् । आजका चुनौतीहरूको सामना गर्न सक्ने समाधानको खोजी गर्न तथा तपाईंहरू र सारा विश्वका लागि भोलिको सुन्दर भविष्य बनाउन हामी वालवालिकाका लागि काम गर्न तत्पर रहनु आजको आवश्यकता हो ।
धन्यवाद ।

(लेखकः–नागरिक समाज जाजरकोटका संयोजक हुन् ।)

प्रतिकृया दिनुहोस्