News Portal

बिद्यालय संचालन नहुदा बालबालिकाको पढाइ प्रभावित

७१५ पटक

नलगाड नगरपालिका–४ भेरीखर्कका प्रेम प्रकाश कक्षा ९, अस्मीता कक्षा ८ र रचना कक्षा ७ मा पढ्ने गोविन्द ओलीका एक छोरा र दुई छोरी विद्यालय जान नपाउँदा घरकै कामकाज र खेल्नमै समय विताइ रहेका छन । सोही ठाउँका काली बस्नेत, विरता बस्नेत, विनोद रावल, कमल रावलको पनि अबस्था उस्तै छ ।

वली, बस्नेत, रावल त केही प्रतीनिधी उदाहरणका पात्र मात्र हुन । उनीहरु जस्तै सयौं बालवालिका डेढ बर्षदेखि विद्यालय बन्द भएकाले पढाइ प्रभावित भएको छ । अन्य वैकल्पिक कक्षा पनि सञ्चालन नभएकाले बालवालिकाहरू पढाइबाट वञ्चित भएको अविभावक गोविन्द वलीले बताए । कोरोनाले लामो समय देखि विद्यालय बन्द छोराछोरीहरु घरम पढ्नै मान्दैनन, उनको भनाइ छ । अन्य पढाइका विकल्प पनि नहुदा ठुलो समस्या भएको छ । छोराछोरीले पढेको कुरा पनि भुलिसकेंका छन, वलीले भने । घरमा भएका बालबालिकाहरूले शिक्षकबाट पढ्न नपाएको डेढ वर्ष पुगिसकेको छ, अर्का अविभावक टिका बस्नेतले बताईन । सहर बजारमा अनलाइन कक्षाहरु सन्चालन भएका छन तर, गाउँघरमा अनलाइन भनेको के हो थाह छैन ।

छोरा–छोरीहरूले पढ्नै भुलिसकेको नलगाड नगरपालिका–३ का हेमन्त बुढाले बताए । आफैं पढ्नै मान्दैनन् बुढाले भने । विद्यालय बन्द छन । बस्तुभाउ चराउनामै बालबालिकाहरूको दैनिकी बितिरहेको छ बुढाले भने । ग्रामीण भेगका विद्यार्थीहरू पढाइबाट वञ्चित भइरहेका उनको भनाइ छ । सहर बजारका बालबालिकाहरू अनलाइन कक्षाबाट अध्ययन गरिरहे पनि गाउँमा वैकल्पिक माध्यम नहुनु दुखद भएको छ । भौतिक रूपमा पढाइ नहुदासम्म अन्य कुनै विकल्प नभएको बुढाको गुनासो छ ।

नलगाड नगरपालिकाका शिक्षा अधिकृत बलबीर विक त इन्टरनेट, टीभी, रेडियोको पहुँच पनि छैन कसरी विद्यार्थी पढाउने समस्या भएको बताए । कोरोनाले विद्यार्थीहरूको पढाइ डामाडोल भएको शिक्षा अधिकृत विकको भनाइ छ ।

बालवालिका घाँसदाउरा काट्ने र खेल्नमै समय बिताउने गरेका छन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन सन्चालन गरिनु पर्छ । कोरना भाइरसका कारण लामो समयसम्म भएको बन्दाबन्दीले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । बालवालिकाले पढ्नै भुलिसके, आफैं पढ्नै मान्दैनन् । विद्यालय बन्द छन । बस्तुभाउ चराउनामै बालबालिकाहरूको दैनिकी बितिरहेको छ । शहरबजारका बालबालिकाहरू अनलाइन कक्षाबाट अध्ययन गरे पनि दुर्गम गाउँमा वैकल्पिक माध्यमहरू नहुनु दुखद भएको छ । भौतिक रूपमा पढाइ नहुन्जेलसम्म बालवालिकाको पढाइ डामाडोल हुने देखिन्छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयको पठनपाठनमा जोड दिनु आबश्यक देखिन्छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले कोरोना संक्रमित नभएको ठाउँमा स्वास्थ्यका मापदण्ड अपनाई पठनपाठन सुचारु गर्नुपर्ने बताए । विद्यालय बन्द हुदा बालबालिकाहरूले पढाइ भुलिसकेका छन अध्यक्ष शाहले भने ।

प्रतिकृया दिनुहोस्