News Portal

सुर्यालाइफ इन्सोरेन्स कम्पनीद्धारा मृत्यु दावी भुक्तानी हस्तान्तरण

८६६ पटक

सुर्यालाइफ इन्सोरेन्स कम्पनीले जाजरकोटमा मृत्यु दावी भुक्तानी गरेको छ । मृतक बिमितका आफन्तलाई कम्पनीले मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो ।

छेडागाड नगरपालिका–१ का निलो कामीलाई कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । बिमित नैनी कामीको मृत्यु भएपछि कम्पनीले मृत्यु दावीको एक लाख १७ हजार ६०० को चेक हस्तान्तरण गरेको छ ।

मृतक कामीले चार बर्ष पहिले कम्पनीमा सुर्या संरक्षित सावधिक जीवन विमा योजना अन्तर्गत बिमा गरेकी थिइन । एक लाखको सुर्या संरक्षित सावधिक जीवन विमा गरेकी नैनी कामीको गत सालको असोजमा विरामी भएर मृत्यु भएको थियो ।

३० हजारको प्रिमियम रकम कम्पनीलाई बुझाएकी मृतक नैनीको मृत्युपछि उनका श्रीमान निलो कामीलाई एक लाख १७ हजार ६ सयको चेक कम्पनीका जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले हस्तान्तरण गरेकी थिईन ।

मृतक नैनीका श्रीमान निलो कामीलाई सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जाजरकोटमा मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरिएको कम्पनीका स्टम स्टाप बविता केसीले वताएकी छन । मृत्यु दावीको रकम प्राप्त गरेपछि समयमै बिमा गरेरे आफ्नो पिडालाई कम गराउन श्रीमतीले सहयोग गरेको निलो कामीले भनाई राखेका छन् । जीवनको कुनै भरोसा हुदैन सबैले बिमा गरे दुःखको बेला आश्रित परिवारले राहत पाउने अबसर आउदो रहेछ कामीले भने ।

प्रतिकृया दिनुहोस्