News Portal

बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर मनाईयो राष्ट्रिय बाल दिवस

५५६ पटक

बालबालिकाहरुको लागि बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाईएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको हो ।

५७ औं राष्ट्रिय बाल दिवसको अबसरमा मावि स्तरीय बक्तित्व र आधारभुत स्तरीय चित्रकला प्रतियोगिताको आयोजना भेरी नगरपालिका, सामाजिक विकास कार्यालय जाजरकोट, बहुँआयमिक विकास तथा अध्ययन मञ्च जाजरकोट, अष्ट्रेलियन एड कारितास अष्ट्रेलियाले गरेका थिए भने, आर्थिक सहयोग कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटद्धारा संचालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम NLRP- CYEP ले गरेको थियो । प्रतियोगिताको व्यवस्थापन जिल्ला प्रहरी कार्यालय, जाजरकोट र भेरी युवा मञ्च जाजरकोटले गरेको थियो ।

चित्रकला प्रतियोगितामा ७ वटा विद्यालयका २० जना बालबालिकाले भाग लिएका थिए भने, बक्तित्वकला प्रतियोगितामा शिव माध्यामिक विद्यालय कालेगाउँ र त्रिभुवन माध्यमिक विद्यालय खलंगाका ८ जना बालबालिकाले भाग लिएका थिए ।

बक्तित्वकला प्रतियोगितामा कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दीले विद्यालयमा पठन पाठनमा समस्या भएको प्रतियोगीहरुले भनाई राखेका थिए । बैकल्पिक शिक्षा संचालन गर्न सकारले दुर शिक्षा नीति अन्तरगत संचालन गरिएको अनलाइन शिक्षाले धनी र शहरका बालबालिकाहरुको लागि मात्र सहज भएको प्रतियोगीले भनाई राखेका थिए ।

८ जना प्रतियोगीले भाग लिएको वक्तित्वकला प्रतियोगितामा त्रिभुवन मावि खलंगाकी एलिना विक प्रथम भएकी थिईन भने, भोजराज चलाउने द्धितीय भएका थिए । बिनु विक तृतीय भएकी थिईन भने, विष्णु माया विक र शर्मिला विकले सान्तोना पुरस्कार हासिल गरेकी थिईन ।

त्यसैगरी चित्रकला प्रतियोगितामा शान्ती ज्ञानकुन्ज बोर्डिङ्गमा अध्ययनरत हिपसना रोकाय प्रथम, भुपेन्द्र घर्ती मगर द्धितीय र दिनेस बस्नेत तृतीय भएका थिए भने, यस्तर शाही र सन्देस पुन मगरले सान्त्वना पुरस्कार हासिल गरेका थिए । प्रतियोगितामा विभिन्न स्थान हासिल गरेका बालबालिकाहरुलाई नगद पुरस्कार प्रमाण–पत्र र कापी कलम प्रदान गरिएको थियो ।

“सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सवैको जिम्म्ेवारी ।” भन्ने नाराका साथ मनाईएको ५७ औं राष्ट्रिय बाल दिवस समारोह २०७८ मा जिल्ला समन्वय समितिको सभाहलमा कोरोना महामारी ले बालबालिकामा पारेको असर सम्वन्धि माध्याामिक विद्यालय स्तरीय बक्तित्वकला र आधारभुत स्तरीय बालमैत्री विद्यालय झल्कने चित्रकला प्रतियोगीता सन्चालन गरिएको थियो ।

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षता सम्पन्न गरिएको प्रतियोगीताको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, पत्रकार, शिक्षक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्