News Portal

हावाहुरीले मकै सखाप पारेपछि स्थानीय चिन्तामा

७३२ पटक

लगातारको बर्षासंगै आएको हावाहुरीले जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लगाएको मकैबाली सखाप भएको छ । पाक्न थालेको र घोगा लागेको मकैबाली पानीसंगै हावाहुरीले क्षेती गरेको हो ।

एक हजार घर परिवारको सयौं हेक्टर जमिनमा लगाएको मकैबाली नष्ट भएको छ । तीन दिन अघि चलेको हावाहुरीले लगाएको मकै बालीमा क्षेति गरेको बारेकोट–४ जीरीका भीमबहादुर सिंहले बताए । सवै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले सताएको छ, सिंहले भने । नलगाड–४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भाच्चीउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउसेखोला, ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिना, ५ को लविसा, ऐरारी, मुली, पारीगाउँ, पोख्रा, खानटाकुरा लगाएत ठाउँमा लगाएको मकैबाली हावाहुरीले ढालेर सखाप पारेको स्थानीयले बताएका छन् । भखरै पोली खानेसम्म नभएको मकै हावाहुरीले ढालेर सोत्तर पारेको छ ।

जाजरकोट जिल्लाको मुख्य अन्नबालीको रुपमा रहेको मकै हावाहुरीले सखाप पारेपछि स्थानीयहरु चिन्तित भएका छन । मकै हावाहरीले ढालेपछि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको नलगाड–४ का गोवीन्द वलीले बताए । राहातको लागि पहल गर्न स्थानीयले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । बर्षभरी खाना पुग्ने मकै बाली नष्ट भएपछि गाउँमा भोकमरी बढ्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्