News Portal

समाज रुपान्तरण र व्यवसायिक पत्रकारितामा हाम्रो जोड हुन्छ :– अध्यक्ष शाही

५९५ पटक

प्रेस सेन्टर नेपाल, जाजरकोटले समाज रुपान्तरण र व्यवसायिक पत्रकारितामा जोड दिने प्रेस सेन्टर नेपाल, जाजरकोट अध्यक्ष लोकेन्द्र विक्रम शाहीले बताएका छन् । नलगाड नगरपालिकाको दल्लीमा आईतबार सम्पन्न भएको प्रेस सेन्टर नेपाल जाजरकोटको चौथो जिल्ला अबिधेशनबाट सर्वसहमत निर्वाचित अध्यक्ष शाहीले डिजिटल संचारलाई प्रतिकृया दिदै यस्तो बताएका हुन् ।

अध्यक्ष शाहीले प्रेस सेन्टर नेपाल जाजरकोटको आगामी कार्यभार भनेको समाज रुपान्तरण र व्यवसायिक पत्रकारितामा रहेको बताए । २१ औं शताब्दीको युग भनेको सुचना संचारको युग भएको बताउदै अध्यक्ष शाहीले सुचना संचारले नै संसारमा ठुला ठुला बदलाभ ल्याएको बताए । व्यवस्था परिवर्तनको लागि गरिएका विगत आन्दोलनहरुले देशमा राजनैतिक परिवर्तन गर्न सफल भएको भएता पनि समाज रुपान्तरणमा अपेक्षाकृत परिवर्तन गर्न नसकेको बताए । समाजमा रहेका बिकृती, विसंगतिहरुको रुपान्तरण गर्न क्रान्तिकारी विचार सहितको पत्रकारिताको आबश्यकता रहेको अध्यक्ष शाहीको भनाई रहेको छ । विद्येमान समाजमा यथावत रहेका विभिन्न खाले विभेद, रुढीगत चिन्तन र शैलीलाई सफा गर्ने अचुक हतियार भनेको क्रान्तिकारी विचार र सिद्धान्त भएको बताउदै अध्यक्ष शाहीले प्रेस सेन्टर नेपाल, जाजरकोटले क्रान्तिकारी विचार, सिद्धान्त र संगठनात्मक आचरण सहितको पत्रकारितामा जोड दिने बताए ।

सुचना संचारको युगमा अबै भन्दा शक्तिसाली हतियार भनेकै सुचना संचार भएको बताउदै अध्यक्ष शाहीले सुचना संचारलाई व्यबस्थित गर्न व्यवसायिक पत्रकारिताको विकासमा जोड दिनुपर्ने बताएका छन् । सुचाना संचारलाई जसले व्यवस्थित गर्न सक्छ उसैले मात्र संसारका सबै फौजी लडाईहरु जित्ने गरेको चर्चा गर्दै अध्यक्ष शाहीले सुचना संचारको जसले सबै भन्दा बढि व्यस्थित रुपमा ब्यबस्थापन गर्न सक्यो उसैले मात्रै सबै भन्दा बढि अर्थोपाजन गर्न सक्ने तर्क गरेका छन् । सुचना संचारलाई व्यवस्थित गर्न प्रेस सेन्टर नेपालले व्यवसायिक पत्रकारितामा जोड दिने योजना रहेको बताउदै अध्यक्ष शाहीले रेडियो, छापा तथा अनलाईन र टेलिभिन पत्रकारितालाई संगठनले एक साथ अगाडी बढाउने बताएका छन् । लगानीकर्ताहरुको प्रवद्र्धन गरी जिल्लामा प्रेस सेन्टर नेपालले रेडियो, टेलिभिजन, छाँपा तथा अनलाईनको विकास तथा विस्तार नगरी पत्रकारहरुको क्षमता विकास हुन नसक्ने बताउदै अध्यक्ष शाहीले मिडिया विकास तथा विस्तार बीना पत्रकारहरु व्यवसायिक बन्न नसक्ने बताएका छन् । मिडिया तथा पत्रकारहरुको विकास तथा विस्तार गर्न प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघ, जिल्लामा रहेका सबै पेशागत संघ, संगठन, सरकारी तथा गैरसरकारी कार्यालय र नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष शाहीले बताएका छन् ।

नेकपा माओवादीकेन्द्रका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहेको प्रेस सेन्टर नेपाल जाजरकोटको चौथो जिल्ला अबिधेशनले लोकेन्द्र विक्रम शाहीलाई सर्वसहमत अध्यक्ष पदमा निर्वाचित गरेको थियो भने, उपाध्यक्षमा सन्देश आचार्य, सचिबमा काली बहादुर नेपाली, सह–सचिबमा सन्जय केसी र कोषाध्यक्षमा रमेश पौडेललाई निर्वाचित गरेको थियो । प्रेस सेन्टर नेपालका उपाध्यक्ष तथा कार्यालय सदस्य गोविन्द रोका (सचिन), कर्णाली प्रदेश इन्चार्ज धुर्व बुढाथोकी, अध्यक्ष प्रतिक शर्मा विशेष अतिथि रहेको जिल्ला अबिधेशनले २१ सदस्य जिल्ला कार्य समिचि निर्वाचित गरेको चौथो जिल्ला अबिधेशन आयोजक समितिका संयोजक हेमन्त केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्