News Portal

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमाः–पवन शर्मा

५२७ पटक

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमा पवन शर्मा चयन भएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

सम्पन्न प्रथम जिल्ला भेलाले शर्माको अध्यक्षतामा २७ सदस्य जिल्ला शाखा सदस्य चयन गरेको प्रथम जिल्ला भेला आयोजक समितिका अध्यक्ष तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्माले जानकारी दिएका छन् । शर्माले दिएको जानकारी अनुसार प्रथम जिल्ला भेलाले समाजवादी प्रेस संगठन जाजरकोटको उपाध्यक्षमा दुर्गा बहादुर श्रेष्ठ र कल्पना जैसीलाई चयन गरेको छ भने, सचिवमा शुशिल रावललाई चयन गरेको छ । त्यसैगरी उक्त भेलाले सह–सचिवमा प्रेम वली र शिवानी विकलाई चयन गरेको छ । कोषाध्यक्षमा लक्ष्मी वलीलाई चयन गरेको छ । त्यसैगरी उक्त भेलाले चागुनारायण विष्ठ, प्रेम आरसी, रोसन कार्की, दीपक खत्री, गणेश वली, दिपक केसी, प्रकाश रोकाय, कलि सिंह, सुमन चन्द, सुशिला खड्का, प्रमोद चनारा, दिपेश सिंह, धर्मराज बोहरा, मदन कुमार शाही, कविन्द्र जैसी, सन्देश रावल, दिपेन्द्र विक, दिपक रोकाय, युवराज शर्मा र सुजना कुमारी सिंहलाई सदस्यमा चयन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष कृष्ण बिसीको प्रमुख आथित्यतामा सम्पन्न भएको समाजवादी प्रेस संगठन जाजरकोटको प्रथम भेलाले जिल्लाका सबैै स्थानीय तह र बिषयगत कार्यालयबाट प्रवाह गरिने सार्वजनिक सेवालाई सरल तथा सुलभ बनाउन समाजवादी प्रेस संगठनले भुमिका खेल्ने नीति पास गरेको भेला आयोजक समितिका अध्यक्ष भरत शर्माले बताएका छन् । जाजरकोटलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त जिल्ला बनाउन समाजवादी प्रेस संगठनको जाजरकोट शाखाले ठोस नीति तथा कार्यक्रम बनाएर अगाडी बढ्ने भरत शर्माले दावी गरेका छन् ।

उक्त प्रथम जिल्ला भेलाबाट तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारीको जिल्ला समिति समाजवादी प्रेस संगठनमा रुपान्तरण भएका आयोजकले दावी गरिएको छ । तर, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल जाजरकोटले यस अघिनै जाजरकोटको पाँचौ जिल्ला अधिवेशन सम्पन्न गरीसकेको छ ।

प्रतिकृया दिनुहोस्