Hamro Sanchar

फोटो खिच्ने रहरमै १४ बर्षिय बालिकाको ज्यान गयो

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/२ गते
जाजरकोट

फोटो खिच्ने रहरै–रहरमा नलगाड–३ चावलेचौरकी १४ बर्षिय बालिकाको ज्यान गएको छ । आफुभन्दा पछाडीको भाईलाई मोवाईलमा झुण्डीएको फोटा खिच्न लगाएर रुखमा झुण्डिएपछि १४ बर्षिय बालिकाको ज्यान गएको हो ।

दाउरा लिन आईतबार घरदेखि जंगल पुगेकी चावलेचौरकी १४ बर्षिय सावित्री विकले भाईलाई मोवाईलमा फोटो खिच्न लगाएर रुखमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी छन् । १२ बर्षिय भाई वीरेन्द्र विकसंगै दाउरा लिन बेलुकी ५ बजेतिर घरबाट निस्किएको सावित्रीको पारिवारिक श्रोतले जनाएको छ । साढी ५ बजेतिर पानीखोलाको जंगलमा पुगेर भाईलाई फोटो खिच्न मोवाईल दिएर काफलको रुखमा पासो लगाएर सावित्री झुण्डिएको बीरेन्द्रले बताएका छन् ।

फोटो खिच्न भनेर तयारी अबस्थामा बसेका भाई बीरेन्द्रले हेर्दाहेर्दै झुण्डिएर दिदीको मृत्यु भएको बताएका छन । भाई बीरेन्द्रकानुसार दिदीले झुडिएको फोटो खिचेर राख्नु भोली श्रदान्जली लेखेर फेसबुकमा हाल्न भनेकी थिइन् । ख्याल ठट्टामै उनले आफ्नो भाईकै अगाडी प्राण त्याग गरेकी छन् । साबित्रीका २ दिदी, १ दाई र १ भाई छन् । उनले आफ्नो भाईलाई यस्तो भनेर किन आत्महत्या गरेकी हुन भन्ने बिषयमा आबश्यक अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी टोली घटनास्थलमा पुगेको बताईएको छ । सावित्रीको सब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याउने तयारी भई रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्