News Portal

पिडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम

२७६ पटक

पिडितहरुको गुनासो सुन्न जाजरकोटको प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा आईतबार प्रहरीले पिडितहरुको गुनासो सुन्न चियापान कार्यक्रमको आयोजना गरेको हो ।

पाँचकाटिया र पैंक प्रहरी चौंकीमा पिडितहरुको गुनासो सुन्न प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिएका छन् । एकै दिन दुई वटा प्रहरी चौकीमा आयोजना गरिएको कार्यक्रममा प्रहरीले ७० जना पिडितहरुको गुनासो सुन्न सफल भएको डिएसपी निरौलाले बताएका छन् ।

कार्यक्रमको आयोजना गरेर गुनासो तथा उजुरी सम्बोधन पश्चात समाजमै दैनिक जीवन यापन गरिरहेका ७० जना पिडितहरुसंग प्रहरीले साक्षत्कार गरेको छ डिएसपी निरौलाले भने–“उनीहरुको गोपनियतालाई ध्यान दिएर प्रहरीले गुनासो सुनाई गरेका पिडितहरुको नाम सार्वजनिक गर्न मिल्दैन, संख्यामा हामीले ७० जना पिडितहरुसंग सम्वाद गरेका छौं, प्रहरीद्धारा प्रवाह गरिएका सेवाका विषयमा पिडितहरुबाट सल्लाह, सुझाव संकलन गरेका छौं, पिडितहरुले दिएको सुझावलाई प्रहरीले पृष्ठपोषणका रुपमा लिदै आएको छ ।” चियापान कार्यक्रम मार्फत प्रहरीबाट पिडितहरुले पाएको न्याय, प्रहरीद्धारा गरिएको न्याय सम्पादनबाट पिडितहरुले गरेको अनुभुतिका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमले प्रहरी र नागरिक बीचको सम्बन्धलाई सुदृढ गर्नुको साथै समाजमा दैनिक घट्ने अपराधिक घटनालाई न्युनिकरण गर्न मद्दत पुग्नेमा डिएपी निरौलाले विश्वास व्यक्त गरेका छन् । प्रहरीले सधै पिडितहरुको पक्षमा न्याय सम्पादन गर्ने निकायको रुपमा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिई राख्नुपर्ने सहभागीहरुले प्रहरीलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्