News Portal

आशा आयोजनाद्धारा छेडागाडका १३० घरधुरीलाई घरायसी सोलार सेट वितरण

५३५ पटक

पहाडी साना किसानका लागी अनुकुलन आयोजना (ASHA) ले छेडागाड नगरपालिकामा १३० घरधुरीलाई घरायसी सौर्य सोलार सेट वितरण गरेको छ । आशा आयोजना जिल्ला समन्वय इकाई जाजरकोटले छेडागाड नगरपालिका–९ का १३० घरधुरीलाई मंगलबार घरायसी सौर्य सोलार सेट बितरण गरेको हो ।

छेडागाड नगरपालिका–९ पजारुका १३० घरपरिवारलाई थलहमा घरायसी सौर्य सोलार सेट वितरण गरिएको आशा आयोजनाका अनुगमन मुल्यांकन अधिकृत लोक प्रसाद गौतमले जानकारी दिएका छन् । जलवायु परिवर्तनको असर तथा प्रभाव न्यूनीकरण र अनुकुलको क्षेत्रमा काम गर्दै आएको आशा आयोजनाले संकटापन्न १३० घरधुरीलाई नविकरणिय उर्जा तर्फ घरायसी सौर्य सोलार सेट वितरण गरेको छ अधिकृत गौतमले भने–“स्थानीय आनुकुलन कार्ययोजना भित्र रहेर आयोजनाले सोलार सेट वितरण गरेको हो ।”

सोतार सेट वितरण गरिएका १३० घरपरिवार स्थानीय आनुकुलन कार्ययोजनाको सुचीमा सकटापन्न सुचीमा रहेको आयोजनाले जनाएको छ । सोलार सेट वितरण कार्यक्रममा लाभन्वित घरधुरी संख्या, लापा समुहद्वारा बितरण गरिएका सोलार सेट लगाएतका अन्य सामाग्रीको संख्या, सामाग्रीको गुणस्तरियता, सामाग्रीको समुचित प्रयोग, लापा समुहको संस्थागत विकासको स्थिति, पारदर्शिता, जनसहभागिता, उप–आयोजना प्रति समुदायको अपनत्वका बिषयमा आशा आयोजना जाजरकोट संयोजक सुशील प्रसाद पोखरेल, जलवायु परिबर्तन बिज्ञ सन्जित कन्डेल, ईन्जिनियर राम प्रसाद पोखरेल, अनुगमन मुल्यांकण अधिकृत लोक प्रसाद गौतमले मन्तव्य राखेका थिए । संयोजक सुशील पोखरेले उक्त सामाग्री बितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष गोपाल बिक, ४ वटा लापा समुहका अध्यक्ष, सचीव, कोशाध्य र सदस्यहरुको उपस्थिति रेहेको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र IFAD कृषि बिकासका लागी अन्तराष्ट्रिय कोषको संयुक्त लगानीमा निर्माण गरिएका स्थानीय आनुकुलन कार्ययोजनालाई आयोजनाले कार्यान्वयन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्