News Portal

कट्टी गाउँका १४० घरधुरीलाई न्यानो कपडा वितरण

२५१ पटक

भेरी नगरपालिका–११ स्थित कट्टीगाउँका १४० घरधुरी दलित समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार कट्टीगाउँका १४० घरधुरीलाई न्यानो कपडा वितरण गरेको हो ।

नाफा रहित सेवामुलक संस्थाका रुपमा रहेको सशस्त्र प्रहरी परिवार महिला संघले कट्टीगाउँका १४० घरधुरीलाई ओछ्याउने डस्ना, ओड्ने सिरक लगाएतका न्यानो कपडा बितरण गरेको सशस्त्र प्रहरी वलका सई राजु हमालले जानकारी दिएका छन् । सशस्त्र प्रहरी परिवार महिला संघको केन्द्रिय अध्यक्ष अनिता अर्याल, केन्द्रिय सदस्य प्रतिमा हमाल, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल लगाएतको टोली कट्टीगाउँमा पुगेर दलित समुदायका १४० घरधुरीलाई न्यानो कपडा वितरण गरेका थियो ।

अनाथ तथा असाय सय भन्दा बढि बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी परिवार महिला संघले प्रतिबर्ष विशेषज्ञ स्वास्थ्य शिवीर संचालन गर्नुको साथै न्यानो कपडा वितरण गर्दै आएको थियो । महिला संघको नियमित कार्यक्रम अनुसार यस बर्ष जाजरकोट जिल्लाको भेरी नगरपालिका–११ को कट्टी गाउँलाई छनौट गरिएको थियो । सशस्त्र प्रहरी वलका सई राज हमाल र उनको श्रीमति प्रतिमा हमालको सिफारिसमा कट्टीगाउँलाई छनौट गरिएपछि उक्त न्यानो कपडा वितरण गरिएको हो ।

आर्थिक हिसाबले कमजोर अबस्थामा रहेका कट्टीगाउँका ५० भन्दा बढि बालबालिका पढाई छोडेर अविभावकसंग कमाई गर्न कालापहाड पुगेका छन् । साहुँको ऋण तिर्न नसकेर कट्टीगाउँका १८ घरधुरी दलित समुदाय घरबास बिहिन भएका छन् ।

प्रतिकृया दिनुहोस्