News Portal

बाल अधिकार प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

७८२ पटक

जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाज, जाजरकोटले ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकारका सवालहरु सम्बोधन गर्न नागरिक समाज जाजरकोटले प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

राजेन्द्र विक्रम शाह संयोजक रहेको नागरिक समाज जाजरकोटले बाल बिबाह, बाल श्रम, लागु औषध दुव्र्यशन, बेचबिखन तथा ओसारपसार र साईवर अपराध, स्थानीय पालिका र वडामा बाल कोष स्थापना र संचालन, किशोर–किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि चेतना, बालबालिकाहरुमाथी हुने शारीरिक र मानसिक सजाय तथा विभेद (सबै प्रकारका अपाङ्गता, लैङ्गिक, जातिय, भौगलिक आधारमा हुने ।) बढ्दो आत्म हत्या (बाल मनोपरामर्श सेवा प्रवाह र परामर्शकर्ताहरुको सुचिकृत गर्ने ।) जस्ता सवालहरुलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको थियो ।

बालअधिकार प्रवद्र्धन गर्न नागरिक समाज जाजरकोटले दुई दिने कार्यशाला गोष्ठीबाट पहिचान गरिएका सवालहरुलाई प्रजिअलाई बुझाईएको ध्यानाकर्षण पत्रमा समाबेश गरेको थियो । प्रजिअ न्यौपानेलाई बुझाईएको ध्यानकर्षण पत्रमा नागरिक समाज, जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह, गैसस महासंघ जाजरकोट सचिव सहदेव बस्नेत, नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा, बाल अधिकारका लागि साँझा अभियान कर्णाली प्रदेश प्रतिनीधि टेकराज आचार्य, शिक्षाका लागि राष्ट्रिय अभियान जाजरकोट सह–संयोजक खम्ब जंग शाह, नागरिक समाज कुशे गाउँपालिकाका संयोजक वीरु शाही र बाल बिबाह विरुद्ध साँझा अभियान संजाल, जाजरकोट संयोजक सोभा सिंहले हस्ताक्षर गरेका थिए । झण्डै ३० जना भन्दा बढि सहभागी रहेको दुई दिने कार्यशाला गोष्ठीबाट बाल अधिकारका सवालहरु पहिचान गरिएको थियो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको आयोजनामा नागरिक समाज, जाजरकोटको उक्त दुई दिन कार्यशाला गोष्ठी सम्पन्न गरिएको थियो ।

प्रतिकृया दिनुहोस्