News Portal

पाँचतारा युवा संरक्षक मञ्चद्धारा पढाई शिवीर सहजकर्ताको क्षमता विकास तालिम संचालन

६५६ पटक

जिल्ला सदरमुकाम खलंगामा पढाई शिवीर सहजकर्ताहरुको क्षमता विकास तालिम संचालन गरिएको छ । भेरी नगरपालिका–७, ८, ९, १९ र १२ का सहजकर्ताहरुका लागि पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सोमबारदेखि क्षमता विकास तालिम संचालन गरेको हो । उक्त तालिम तीन दिनसम्म संचालन गरिने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।

तालिमले बालबालिकाहरुको पठन बानीको बिकास, पढाईमा उत्प्रेरणाको बिकास, नेपालको साक्षरता र प्रारम्भिक पठन सीप विकास, ध्वनि सचेतना, अक्षर चिनारी, पठन बेग, शब्द भण्डार र पठन बोधको सीपमा बृद्धि गर्ने वल्र्ड भिजन इन्टरनेसनल नेपालले जनाएको छ । तालिममा सम्बन्धित वाडाका बिद्यालयको सिफारिसमा ४१ जना सहजकर्ता र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण परियोजना संयोजक बीरेन्द्र कुमार थारुले गरेका छन् ।

पढाई शिवीर कक्षाको प्रभावकारी संचालनका लागि ५ वटा वाडाका ४१ टोलमा सामग्री व्यवस्थापन, संस्थाबाट गरिने साथै सेवा क्षेत्रको बिद्यालयको निगरानीमा पढाई शिवीर संचालन गरिने विषयमा तालिमका सहभागीलाई जानकारी गराईएको छ । कार्यक्रमको दिगोपनको लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने तालिम उद्घाटनका क्रममा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छबी पन्तले भनाई राखेका थिए । पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित समाबेशी गुणस्तरीय शिक्षा, बाल स्पोंशोर्शिप परियोजना अन्तर्गत यो तालिम संचालन गरिएको कार्यक्रम संयोजक थारुले जानकारी दिएका छन ।

पांचतारा युवा संरक्षक मंच, जाजरकोट जिल्लाका सबै स्थानीय तह तथा बिभिन्न निकायहरुसंग साझेदारी गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षण लगायतका क्षेत्रमा बिगत २६ बर्षदेखि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्