कर्णाली प्रदेशको छेडागाड नगरपालिका–८ घोगीको प्राचीन बौद्ध स्तुभको कुनै लिखित ईतिहास फेला परेको छैन । हाल उक्त स्तुभका जानकार कोहीपनि नहुदा प्राचीन बौद्ध स्तुभ अलिखित ईतिहासमा सिमित छ ।
जीर्ण अवस्थामा रहेको प्राचीन बौद्ध स्तुभको संरक्षणमा पहिला–पहिला कसैको ध्यान पुग्न नसकेता पनि हाल पुरातत्व बिभागले घेरावार गर्न थालेको छ । भत्किएर जीर्ण अवस्थामा पुगेका प्राचिन स्तुभहरुलाई विभागले एक वर्षमा २ वटा मर्मत गर्ने गरेर ६ बर्षमा १२ वटा स्तुभहरु मर्मत गरेको छ । २ वटा स्तुभ भने, पुरै मर्मत गर्नु पर्ने अवस्थामा रहेका छन् ।
प्राचीन कालमा निर्माण गरिएको स्तुभ कसले ? कसरी निर्माण गरेको भन्ने जानकारी कसैलाई पनि छैन । कतिपयले तिब्बतबाट देश निकाला भएर पजारुमा आई पुगेका लामा (भोटे) हरुले उक्त स्मार निर्माण गरेको वताउने गरेका छन् । तिब्बतबाट लखेटिएका लामाहरु भारतमा बस्दै आएका दलाही लामाको सम्पर्कमा जाने वेलामा लामाहरुले जाजरकोटका विभिन्न भुगोलका बाटोहरुलाई प्रयोग गर्ने गरेको वुढापाकाहरुले वताउने गरेका छन् ।
देश निकाला गरिएका लामाहरुले नै पजारु घोगीको उक्त प्राचिन स्तुभ निर्माण गरेका हुन भनेर ठोकुवा गर्न सक्ने प्रमाण भने कसैसंग छैन् । अनुमानका आधारमा उक्त स्तुभकाबारेमा विभिन्न तर्कना र अड्कल गर्ने स्थानीयहरुले यसलाई धार्मिक स्थलका रुपमा अथ्र्याउने गरेका छन् । सत्य युगदेखि धार्मिक आस्था राख्दै आएको हुनाले दैविक शक्ति हुन सक्ने कतिपयले अनुमान गर्ने गरेका छन् । द्ववापर युगसम्म यसलाई धार्मिक स्थलका रुपमा निरन्तरता दिएको बुढापाकाहरुले दाबी गर्ने गरेका छन् । कलियुगमा सवै प्रकारका दैवीक शक्तिहरु दबी (हराई) सकेको हुनाले हाल त्यहाँ कुनै दैवीशक्ति देखा पर्न नसकेता पनि धार्मिक आस्थालाई निरन्तरता दिनुपर्ने जनविश्वास रहेको छ ।
कलात्मक तरिकाले निर्माण गरिएको प्राचिन बौद्ध स्मारकमा रहेका स्तुभका आकृतिको वनावटले धेरैको मनलाई लोभ्याउने गरेको छ । कुन सन्दर्भ र परिवेशमा कसले उक्त स्मारक निर्माण गरेको हो ? भन्ने बिषयमा जानकारी लिन पछिल्लो पुस्ताको लागि कुनै लिखित इतिहास भने छैन ।
संरक्षणको अभावमा विग्रदै र भत्कदै गएको स्मारकको संरक्षण पुरातत्वविभागले गर्न थालेपछि भावी पुस्ताको लागि लिखित इतिहास नभए पनि भौतिक तथा संरचनाको इतिहासलाई जोगाई राख्न यतिवेला स्थानीयहरु लालाहित भएका छन् । पुरातत्व विभागको घेरावार भित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनाधिकृत काममा लगाए वा अरु कुनै किसमले हानी नोक्सानी पुर्याएमा प्राचीन स्मारक संरक्षण ऐन–२०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार २५ हजार देखी १ लाख सम्मको जरिवाना वा ५ वर्ष देखि १५ वर्ष सम्मको कैद वा दुवै सजाए गर्न सकिने कानुनी ब्यवस्था रहेको छ । जिल्ला सदरमुकाम खलंगा देखि स्मारक रहेको स्थान पजारुको घोगी झण्डै १४ कोष टाडाको दुरीमा रहेको छ ।