Hamro Sanchar

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१२/३१ गते
जाजरकोट

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात पारेको छ । भेरी नगरपालकिाले सदरमुकाम खलंगामा सन्चालन गरेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यमकि बिद्यालय खलंगाले हात पारेको हो ।

यही चैत्र २६ गतेदेखी मंगलवारसम्म त्रिभुवन माध्यमकि बिद्यालयको प्राङ्गणमा सन्चालन गरिएको शिल्डमा विभिन्न ४४ वटा खेलकुद बिदामा प्रतियोगिता संचालन गरिएको थियो । १६ स्वर्ण, १७ रजत र १ काश्य सहित ३४ पदक हासिल गरेर त्रिभुवन मावि खलंगाले प्रथम स्थान प्राप्त गरेको हो । प्रथम स्थानसंगै त्रिभुवन माविले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै ११ स्वर्ण, ११ रजत र ९ काश्य सहित ३१ पदक हासिल गरेर भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाले द्धितीय स्थान प्राप्त गरेको छ । द्धितीय स्थान प्राप्त गर्ने भेरी त्रिवेणी मावि रिम्नालाइ २० हजार नगद प्रमाण–पत्र प्रदान गरएिको छ । ७ स्वर्ण, ५ रजत सहित १२ पदक हासिल गरेर भगवती मावि कुदुले तृतीय स्थान प्राप्त गरेको छ ।

भगवती मावि कुदुले १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गरेको छ । उक्त रनिङ्ग शिल्डमा विभिन्न खेलकुद प्रतियोगितामा शिव व्यावसायकि माध्यमिक विद्यालय कालेगाउँले ५ स्वर्ण, ५ रजत र ५ काश्य सहित १५ पदक हासिल गरेर सान्त्वना स्थान हासिल गर्नुको साथै १० हजार नगद र प्रमाण–पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै आधारभुत विद्यालयहरु बिचको प्रतिष्पर्दामा भगवति मावि कुदुले ५ स्वर्ण, ५ रजत र ६ काश्य सहित १४ पदक हासिल गरेर पहिलो भएको थियो । विजय माबि काफलचौरले ३ स्वर्ण, ३ रजत र १ काश्य सहति ७ पदक ल्याएर द्धितीय र त्रिभुवन मावि खलंगाले २ स्वर्ण, २ रजत र २ काश्य सहति ६ पदक ल्याएर तृतीय भएको छ ।

नगर स्तरीय रनिङ्ग शिल्डमा बिजयी खेलाडीहरुलाई पुर्व साँसद गोविन्द विक्रम शाह र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले पुरस्कार, मेडल, शिल्ड र प्रमाण–पत्रहरु वितरण गरेका थिए । प्रमाण–पत्र बितरण गर्नुका साथै पुर्व साँसद शाहले खेलकुदले बिद्यार्थीहरुलाई स्वस्थ र अनुशासित वनाउनेमा बिश्वास व्यक्त गरेका थिए । साथै साँसद शाहले नव बर्ष २०७८ सालको शुभ कामना व्यक्त गरेका थिए ।

खेलले मान्छेलाई स्वस्थ, अनुशासित बनाउनुको साथै देशलाई संसारभर चिनाउन सक्ने मुल्यवान सम्पती भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले भनाई राखेका थिए । नगर सरकार युवा तथा बालबालकिाहरुको चौतर्फी बिकासमा गम्भीर रहेको प्रमुख घर्तीले वताए ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पुर्व तयारीको रुपमा संचालन गरिएका पालिका स्तरीय उक्त प्रतियोगितामा भेरी नगरपालिकाका ९ वटा माध्यामिक र ५ वटा आधारभुत बिद्यालयका ३ सय ४३ जना खेलाडीहरुले भाग लएिका थिए । नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न ६ जना छात्र तथा छात्राहरुलाई उत्कृष्ट खेलाडी घोषणा नगर शिक्षा शाखा प्रमुख अमृत पुनले वताए । रनिङ्ग शिल्डमा भाग लिएका ९ वटा माध्यामिक बिद्यालयहरुलाई १५ हजार र ५ वटा आधारभुत बिद्यालयहरुलाई १० हजार रकम प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्