Hamro Sanchar

नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/४/२२ गते
जाजरकोट

नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको बाढी पहिरोबाट प्रभावित भएका योजनाहरुको पुनर्निर्माण गर्नुको साथै प्रभावित घरपरिवारलाई रोजगारी दिने उदेश्य राखेर कार्यक्रमले ४२ वटा योजना निर्माण गरेको थियो ।

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित नगदमा आधरित पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकाको ९ वटै वडामा ४२ वटा योजना निर्माण गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यकारी दिर्शेक छवी पन्तले जानकारी दिए । कार्यक्रमले ४२ वटा योजना निर्माण तथा पुनर्निर्माणबाट बाढी पहिरोबाट प्रभावित १ हजार २३८ घरधुरीका नागरिकहरुलाई रोजगारी दिएको कार्यकारी निर्देशक पन्तले दावी गरे । १ हजार २३८ जनाको व्यक्तिगत खातामा कार्यक्रमले ३ करोड १५ लाख ३८ हजार ७० रुपैया भुक्तानी दिएको कार्यकारी निर्देशक पन्तले जानकारी दिए ।

नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिका–१ को रामीडाँडा लघुजलविद्युत आयोजनाको नहर १३ लाख ६ हजार ८४७ रुपैयामा मर्मत गरेको सामाजिक परिचालक अधिकृत यम पन्तले जानकारी दिएका छन् । वडा नम्बर १ मै १० लाख १५ हजार ९०० लागतमा नौमुली सिंचाई आयोजना निर्माण गरिएको छ । वडा नम्बर २ को लिम्सामा ३४ लाख ६२ हजार ५९० मा सामुदायिक खाद्य (खाद्य बैंक) भवन र अन्य संरचना निर्माण गरिएको छ । उक्त खाद्य बैंक भवनमा विश्व खाद्य कार्यक्रमको सहयोगमा गाउँपालिकाले खाद्यन्न स्टोर गर्ने कार्यक्रम रहेको जनाईएको छ । स्टोर गरिएको खाद्यन्नलाई विभिन्न खाले जोखिम तथा विपदको समयमा बारेकोट गाउँपालिकामा प्रयोग गर्न सकिने बताईएको छ ।

त्यसैगरी कार्यक्रमले वडा नम्बर ३ मा महादेव आधारभुत विद्यालयदेखि वडा कार्यालयसम्मको गोरेटो बाटो १२ लाख ८२ हजार ४०० लागतमा निर्माण गरेको छ ।

वडा नम्बर ४ मा १९ लाख ३८ हजार ८० रुपैयामा भगवती माध्यामिक विद्यालयको कक्षा कोठा निर्माण गरिएको छ । २८ लाख २२ हजारमा अयारी लघुजलविद्युत आयोजना मर्मत गरिएको छ । ९ लाख १५ हजार ३०० लागतमा दाब्लेगैरी ढल निकास निर्माण गरिएको छ । ११ लाख ५६ हजारमा दह सिंचाई आयोजना निर्माण गरिएको छ । १९ लाख १५ हजार ९६० मा गोरख आधारभुत विद्यालयको कक्षा कोठा निर्माण गरिएको छ । १४ लाख २ हजार २०० मा हिमालय आधारभुत विद्यालयको घेराबार गरिएको छ । १३ लाख ३९ हजार ८०० मा जगत आधारभुत विद्यालयको घेराबार गरिएको छ । ५९ लाख ४६ हजारमा जम्का टालेचौर खानेपानी आयोजना मर्मत गरिएको छ । ३ लाख ६ हजार २०० मा नाउला खानेपानी मर्मत गरिएको छ । १४ लाख ३१ हजार ३०० मा सामरकोदेखि काठखोला बाटो निर्माण गरिएको छ । १ लाख ८४ हजारमा स्यालखोला काठेपुल निर्माण गरिएको छ । १ ला १९ हजार ५०० मा ठेम्निमेला खानेपानी मर्मत गरिएको छ । ९ लाख ३ हजार ५०० मा तल्लो गोठथात गोरेटो बाटो निर्माण गरिएको छ ।

त्यसैगरी वडा नम्बर ५ मा ९ लाख ९१ हजारमा भैलोखाना गोरेटो बाटो र ढल निकास निर्माण गरिएको छ । ९ लाख ३८ हजार ९०० मा कालाखोली ढल निकास निर्माण गरिएको छ । ४ लाख ६६ हजार ९४० मा काउलीदेखि द्धोवारे गोरेटो बाटो निर्माण गरिएको छ । २ लाख ७१ हजार ८०० मा बालुवादेखि डोप्की गोरेटोबाटो निर्माण गरिएको छ । ६ लाख ८८ हजार ६०० घट्टाचौर सिंचाई योजना निर्माण गरिएको छ । १ लाख ४१ हजार ७५० मा मायामुल सिंचाई योजना निर्माण गरिएको छ । ९ लाख ४९ हजार ५०० मा कलेबारी खानेपानी योजना मर्मत गरिएको छ । २२ लाख ६४ हजारमा कोटपारी कृषि घेराबार निर्माण गरिएको छ । ६ लाख १३ हजार ३०० मा तली अनाह सिंचाई योजना निर्माण गरिएको छ । ३ लाख २० हजार ९५० मा तोलखाना बाटो निर्माण गरिएको छ । ७ लाख २३ हजार ८६० मा सुवाखोला तार जाली निर्माण गरिएको छ । २ लाख ७५ हजार १०० मा नौमुली सिंचाई मर्मत गरिएको छ । ५ लाख ८८ हजार ४०० मा सरस्वती माध्यामिक विद्यालयको पर्खाल निर्माण गरिएको छ । ४ लाख ६८ हजार ८७२ मा दाउन्ने बगर सिंचाई आयोजना मर्मत गरिएको छ । २ लाख ६८ हजार ८०० मा तोलखाना ढल निकास गरिएको छ । ३ लाख ३९ हजार ७०० मा बालुवा सिंचाई मर्मत गरिएको छ । उक्त सिंचाई आयोजनामा गाउँपालिकाको ७५ हजार ९७० रुपैया अनुदान रहेको थियो भने, २ लाख ६३ हजार ७३० रुपैया कार्यक्रमको अनुदान रहेको थियो ।

त्यसरी वडा नम्बर ६ मा ६ लाख ९० हजारमा सिमखाना ढोरेनी बाटो निर्माण गरिएको छ । ९३ हजार २०० मा अंखे खानेपानी मर्मत गरिएको छ ।

वडा नम्बर ७ मा ५ लाख ६८ हजार ८०० मा माडुखोला खानेपानी योजना मर्मत गरिएको छ । उक्त खानेपानी योजना मर्मतमा १ लाख १३ हजार ९२४ रुपैया गाउँपालिकाको अनुदान रहेको छ भने, ४ लाख ५४ हजार ८७६ रुपैया कार्यक्रमको अनुदान रहेको छ । २ लाख ४३ हजारमा नौमुली खानेपानी योजना मर्मत गरिएको छ । उक्त खानेपानी योजनामा ९१ हजार ८७१ रुपैया गाउँपालिकाको अनुदान रहेको छ भने, १ लाख ५१ हजार १२९ रुपैया कार्यक्रमको अनुदान रहेको छ । ४ लाख ३ हजार ९०० मा सिमतरा लघुजलविद्युत आयोजनाको नहर मर्मत गरिएको छ । १ लाख ९८ हजार ४०० मा सुवाकोट खानेपानी योजना मर्मत गरिएको छ । उक्त खानेपानी योजनामा ४० हजार ३३ रुपैया गाउँपालिकाको अनुदान रहेको छ भने, १ लाख ५८ हजार ३६७ रुपैया कार्यक्रमको अनुदान रहेको छ । ११ लाख ७३ हजार ६२५ मा सिता माध्यामिक विद्यालयको घेराबार निर्माण गरिएको छ ।

त्यसैगरी वडा नम्बर ८ मा २२ हजार ४०० मा चोपारी खानेपानी योजना मर्मत गरिएको छ । वडा नम्बर ९ मा २ लाख १४ हजार १३७ मा खारी खानेपानी योजना मर्मत गरिएको छ ।

उक्त योजनाहरुको निर्माण सामाग्रीहरु कार्यालयले खरिद गरेको अधिकृत पन्तले जानकारी दिएका छन् । कार्यक्रमले ४२ वटा योजना निर्माण गर्नुको साथै बाढी पहिरोबाट अति प्रभावित ७७४ घरधुरीलाई खाद्य सामाग्री वितरण गरेको थियो । प्रतिपरिवार ३० किलो चामल, ९ किलो दाल, ५ पोका तेल, १ पोका नुन वितरण गरेको अधिकृत पन्तले बताएका छन् । त्यसैगरी बाढी पहिरोबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला र ५ बर्ष मुनीका बालबालिकाहरुलाई प्रति व्यक्ति ६ किलो पोसिलो पिठो वितरण गरेको थियो । २०७७ सालको कातिकदेखि सुरु भएको कार्यक्रम २०७८ साउन १६ गतेसम्म संचालित रहेको थियो ।

२०७७ साल असार २५ गतेको बाढी पहिरोबाट बारेकोट गाउँपालिकामा १२ सय ४६ घरधुरी प्रभावित भएको गाउँपालिकाले जनाएको छ । प्रभावित १२ सय ४६ घरधुरी मध्ये ७७४ घरधुरी अति प्रभावित तथा उच्च जोखिममा रहेका थिए भने, ३७२ घरधुरी कम प्रभावित न्युन जोखिममा रहेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ ।

प्रतिकृया दिनुहोस्