News Portal

बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न

६९१ पटक

जाजरकोट जिल्लामा बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटद्धारा सोमबार आयोजित बार्षिक प्रगति समिक्षा बैठक मंगलबार सम्पन्न भएको हो ।

जिल्लाका सात वटै पालिका, जिल्ला स्थित सबै विकास कार्यालय र विकास साझेदार निकायहरुको सहभागितामा बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न गरिएको छ । स्थानीय, प्रदेश र संघीय विकास कार्यालयबाट जिल्लामा आर्थिक बर्ष २०७७÷०७८ मा स्वीकृत बजेट तथा कार्यक्रममा हासिल गरिएको बित्तिय तथा भौतिक प्रगतिको जानकारी लिन बार्षिक प्रगति समिक्षा बैठकको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले जानकारी दिए । बार्षिक प्रगति शमिक्षा बैठकले जिल्लामा स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम कार्यन्वयनको अस्थाको सिंहालोकण गर्नुको साथै बजेट तथा कार्यक्रम कार्यान्वयनमा देखिएका सिमा, समस्या र चुनौतीहरुको पहिचान गर्ने प्रमुख रावलले भनाई राखेका थिए ।

कर्णाली प्रदेश सभाका सदस्य तथा अर्थ प्राकृतिक श्रोत बाडफाड समितिका अध्यक्ष गणेश प्रसाद सिंहको प्रमुख आथित्यतामा सम्पन्न भएको बार्षिक प्रगति समिक्षा बैठकको बिशेष अतिथि पूर्व राष्ट्रिय सभा सदस्य काली बहादुर मल्ल, संविधान सभा सदस्य भक्त बहादुर शाह रहेका थिए । अन्य अतिथिहरुमा नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावल, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही, जुनीचाँदे गाउँपालिकाका कावा अध्यक्ष शिवा आचार्य, नलगाड नगरपालिकाका उप–प्रमुख बालकुमारी बस्नेत, कुशे गाउँपालिकाका उपाध्यक्ष रामछाँया शाही, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय परिषदका अध्यक्ष ढकवीर राना, नेपाली कांग्रेसका प्रतिनीधि भुमिलाल रोकाय, नेकपा एमालेका प्रतिनीधि मुकुन्द शर्मा, नेकपा एकीकृत समाजवादीका प्रतिनीधि देपेन्द्र शर्मा लगाएत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु रहेका थिए ।

बार्षिक प्रगति समिक्षा बैठकमा नलगाड नगरपालिका, भेरी नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिका, सडक डिभिजन कार्यालय, जलस्रोत तथा उर्जा विकास कार्याल, पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, पशु अस्पता तथा पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, पहाडी साना किसानका लागि अनुकुलन आयोजना, कृषि क्षेत्र विकास कार्यक्रम, नेपाल विद्युत प्राधिकरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, डिभिजन वन कार्यालय, बृहत जलाधार विकास केन्द्र, नेपाल टेलिकम, यार्सन नेपाल जाजरकोट, वहुआयामिक विकास तथा अध्ययन मञ्चले बिषयगत क्षेत्रमा बार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा हासिल गरेको वित्तिय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए । त्यसैगरी प्रस्तुतकर्ता पालिका तथा कार्यालयले हासिल गरेका मुख्य उपलब्धी र चुनौतिलाई प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्