News Portal

जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले पाए छात्रबृति

५९८ पटक

जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले छात्रबृति पाएका छन् । कर्णाली प्रदेश सरकारको छात्रबृति कार्यक्रम अन्तरगत सामाजिक बिकास कार्यालय, जाजरकोटले उच्च शिक्षा अध्ययनरत १९ जनालाई छात्रबृति दिएको हो ।

छोरी बुहारी छात्रबृति कार्यक्रम अन्तरगत डिप्लोमा अध्ययनरत १० जना छात्राका लागि कार्यालयलाई प्राप्त भएको १० लाख बार्षिक बजेटमध्ये १० जना छात्रालाई जनही एक–एक लाख छात्रबृति दिएर १०० प्रतिशत प्रगति हासिल गरेको सामाजिक विकास कार्यालय, जाजरकोटले जनाएको छ । उच्च शिक्षा अध्ययनरत अपाङ्ग छात्रबृति कार्यक्रम अन्तरगत १० जनाको लागि कार्यालयमा आएको बार्षिक २ लाख ४० हजार बार्षिक बजेटमध्ये १ जनालाई २४ हजार उच्च शिक्षा अपाङ्ग छात्रबृति दिएर १० प्रतिशत प्रगति हासिल गरेको कार्यालयले जनाएको छ । त्यसैगरी उच्च शिक्षा अध्ययनरत दलित छात्रबृति कार्यक्रम अन्तरगत १० जनाको लागि कार्यालयलाई प्राप्त भएको बार्षिक २ लाख ४० हजार मध्ये ८ जनालाई जनही २४ हजारका दरले १ लाख ९२ हजार उच्च शिक्षा दलित छात्रबृति बितरण गरेर ८० प्रतिशत प्रगति हासिल गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी आव २०७७÷०७८ मा २३ लाख ४७ हजार बार्षिक बजेटमध्ये २२ लाख ५१ हजार ९५० खर्चगरी २२ वटा विद्यालय भवन मर्मत गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सरकारबाट प्राप्त पुँजीगत तर्फ २ करोड ४४ लाख बार्षिक बजेटमध्ये १ करोड ४७ लाख ६७ हजार खर्चगरी ६० दशमलब ५२ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त चालु तर्फ २ करोड ११ लाख ७३ हजार बार्षिक बजेटमध्ये १ करोड ५२ लाख २५ हजार ९५६ खर्चगरी ७१ दशमलब ९१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ । त्यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्रदेश सरकारबाट प्राप्त भएको ९ करोड ३३ लाख ६९ हजार बार्षिक बजेट मध्ये ८ करोड ९१ लाख ९ हजार ८२२ दशमलब ९४ खर्चगरी कार्यालयले ९५ दशमलब ४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

संघीय सरकारबाट प्राप्त गरेको चालु ६८ लाख ९७ हजार बार्षिक बजेटमध्ये ५८ लाख ७ हजार ६९२ खर्चगरी कार्यालयले ८४ दशमलब २१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । सामाजिक बिकास कार्यालयले आब २०७७÷०७८ मा जिल्लाका विद्यालयहरुको भौतिक संरचनाहरु निर्माण सम्बन्धि योजना सम्झौता तथा कार्यान्वयन गर्नुको साथै निर्माण भईरहेका विद्यालय भौतिक संरचनाहरु र मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुगमन गरेको छ । छात्रबृति सम्बन्धि विज्ञापन प्रकाशन– अभिलेखिकरण– छनौट तथा छात्रबृति वितरण गर्ने काम सम्पन्न गरेको छ । कर्णाली प्रदेश स्वयंसेवकहरुको अनुगमन तथा निर्वाह भत्ता निकासा गर्ने काम सम्पन्न गरेको छ । अल्पकालिन आश्रय सहितको जिल्लामा एक सेवा केन्द्र संचालन तथा व्यवस्थापन गरेको छ । एसआईपी र भीईपी निर्माण कार्यक्रम संचालन गरेको छ । बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम संचालन गरेको छ । छुवाछुत विरुद्धको कार्यक्रम संचालन गरेको छ । बालबिबाह, बालश्रम, सामाजिक विकृति तथा छाउपडी प्रथा विरुद्धको अभियान संचालन गरेको छ । विशेष शिक्षा संचालन भएका विद्यालयको अनुगमन गर्नुको साथै कार्यालयले किशोर किशोरीहरुको लागि रुपान्तरण कार्यक्रम संचालन गरेको छ । छाउपडी तथा मर्यादित महिनावारी कार्यक्रम संचालन गरेको छ । विद्यार्थीहरुको जिल्ला स्तरमा प्रतिभा पहिचान गरेको कार्यालयले जिल्ला खेलकुद विकास समिति मार्फत राष्ट्रपति रनिङ्गशिल्ड संचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्