News Portal

खानेपानी योजनाबाट जिल्लाका २ हजार ६ सय घरधुरी लाभाम्बित

५५७ पटक

खानेपानी योजनाबाट जिल्लाका २ हजार ६७८ घरधुरी लाभाम्बित भएका छन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा निर्माण गरेका खानेपानी योजनाबाट २ हजार ६७८ घरधुरी लाभाम्बित भएका हुन् ।

आब २०७७÷०७८ मा २ हजार ६७८ घरधुरीमा व्यतिगत धारा जडानगरी १६ हजार ११४ जना लाभाम्बित भएको कार्यालयले बार्षिक प्रगति समिक्षामा देखाएको छ । कार्यालयले गरेको बार्षिक प्रगति समिक्षामा आब २०७७÷०७८ मा २९० हेक्टर जमिनमा सिंचाई पुग्नेगरी योजना सम्पन्न गरेको बताएको छ । त्यसैगरी ३ दशमलब ९७ किलोमिटर तटबन्ध निर्माणगरी झण्डै २९ हेक्टर जमिनलाई नदी कटानबाट बचाएको कार्यालयले बताएको छ । त्यसैगरी ९२५ घरधुरीमा विद्युत विस्तार गरी बत्ति बाल्न सफल भएको कार्यालयले जनाएको छ ।

समानिकरण पुँजीगत अनुदान र शसर्त पुँजीगत अनुदानगरी स्वीकृत ५६ करोड ७७ लाख ८१ हजार बार्षिक बजेटमध्ये ३७ करोड ९६ लाख ४५ हजार खर्चगरी ७० दशमलब ८० प्रतिशत वित्तिय प्रगति र ७५ दशमलब १० प्रतिशत भौतिक प्रगति हासिल गरेको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटले जनाएको छ ।

मोटरबाटो लगाएत गाउँमा निर्माण भएका पूर्वाधार विकासले भेरी नगरपालिका–१० को भुरचौर सिंचाई आयोजना र बारेकोट–४ र ५ को नायकबाडा सिंचाई आयोजनाको ठेक्का हुनेवेला र अहिलेको जमिन तथा भुगोलको आयतनमा फरक पर्न गएको कार्यालयले जनाएको छ । भुरचौर सिंचाई आयोजना र नायकबाडा सिंचाई आयोजनाको बिस्तृत सर्भेक्षण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नुको साथै मन्त्रालय स्तरको अध्ययन टोली बनाई छलफललाई अगाडी बढाएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्