News Portal

डिभिजन वन कार्यालयद्धारा ५७ लाख भन्दा बढि राजश्व संकलन

एक करोड ६९ लाख बेरुजु

५९३ पटक

डिभिजन वन कार्यालय, जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जडिवुटी, खोटो र काठबाट डिभिजन वन कार्यालय जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको हो ।

राजश्व संकलनका क्षेत्र जडिवुटी, खोटो र काठ रहेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा कार्यालयले ५७ लाख ८९ हजार ५०९ राजश्व संकलन गरेको गरेको छ । बार्षिक प्रगति समिक्षा गर्दै कार्यालयले आव २०७७÷०७८ मा राजश्व ५७ लाख ८९ हजार ५०९ संकलन गरेको बताएको छ ।

कार्यालयले १ करोड ६९ लाख ४८४ बेरुजु रहेको जनाएको छ । आब २०७७÷०७८ को बेरुजु ५२ लाख ४० हजार ८३६ रहेको कार्यालयले बताएको छ । आब २०७५÷०७६ सम्म १ करोड १६ लाख ५९ हजार ६४८ बेरुजु रहेको कार्यालयमा आब २०७७÷०७८ मा १ करोड ६९ लाख ४८४ पुगेको हो ।

प्रदेश सरकारको चालु र पुँजीगत, संघीय सरकारको शसर्त चालु अनुदान, शसर्त पुँजीगत अनुदान र मुख्यमन्त्री रोजगार कार्यक्रम गरी स्वीकृत ७ करोड १६ लाख बार्षिक बजेटबाट ६ करोड २३ लाख खर्च गरी ८६ दशमलब ९९ प्रतिशत बित्तिय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ ।

९१ दशमलब ४३ प्रतिशत भौतिक प्रगति हासिल गरेको कार्यालयले आब २०७७÷०७८ मा २ वटा पर्यटन पूर्वाधार, १ दशमलब २ किलोमिटर पर्यटन मार्ग निर्माण गरेको छ । २१ हजार ९७४ घनफिट काठ र २ लाख बिरुवा उत्पादन गरेको छ । २ हेक्टर जमिनलाई अतिक्रमण हुनबाट नियन्त्रण गरेको कार्यालयले २० वटा वन नविकरण गर्नुको साथै ३ वटा वनलाई समुदायमा हस्तान्तरण गरेको छ । १७ दशमलब ७ हेक्टर जमिनमा बृक्षारोपन गरेको कार्यालयबाट ४ हजार ५०० घरधुरी लाभाम्बित भएका छन् भने, १७ हजार २६५ दिन रोजगारी सिर्जना गरिएको कार्यालयले जनाएको छ ।

वन अतिक्रमण हुनु, वातावरणिय अध्ययन बिना भौतिकपूर्वाधारहरुको निर्माण हुनु, नियम बिपरित खोटो संकलन गर्नु, वनमा डढेलो लाग्नु, वन्यजन्तुको चोरी सिकारी हुनु, कार्यालयको भौतिकपूर्वाधारमा कमि हुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, सामुदायिक वनमा सुशासन कायम नहुनुलाई कार्यालयले समस्या तथा चुनौतिका रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस्