News Portal

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका साडी ५ हजार किसान लाभाम्बित

६२२ पटक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट जाजरकोटमा संचालन भएको परियोजनाबाट जिल्लाका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोट जिल्लामा ३ वटा जोन संचालनमा आएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट सुन्तलाजात फलफुल जोन संचालनमा आएको हो भने, आब २०७६÷७७ बाट मौरी जोन संचालनमा आएको थियो । त्यसैगरी आब २०७८÷०७९ बाट जिल्लामा ओखर जोन संचालनमा आएको छ ।

सुन्तला जात फलफुल र मौरी जोनबाट जिल्लाका २६९ वटा समुह–सहकारी र उद्यमीका ५ हजार ४७३ जना किसान लाभाम्बित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ जाजरकोटले जनाएको छ । परियोजना कार्यान्वयन एकाइले गरेको बार्षिक प्रगति समिक्षामा कुशे गाउँपालिकाका ९, भेरी नगरपालिकाका ८, नलगाड नगरपालिकाका ६ र छेडागाड नगरपालिकाका ३ वटा वडागरी जिल्लाका जम्मा २६ वटा वडामा सुन्तलाजात फलफुल जोन संचालन भएको परियोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । परियोजना कार्यान्वयन एकाइले दिएको जानकारी अनुसार जिल्लाका २६ वटा वडाको ६०५ हेक्टर जमिनमा १७५ वटा समुह–सहकारी र उद्यमीले सुन्तलाजात फलफुल खेती गरेका छन् । सुन्तलाजात फलफुल जोनबाट ३ हजार ८०० किसानहरु लाभाम्बित भएका छन् । लाभाम्बित ३ हजार ८०० किसानहरु मध्ये १ हजार ४२० जना महिला, २ हजार ३८० जना पुरुष रहेका छन् । जसमा ३५२ जना दलित, १ हजार ५६ जना जनजाति, २ हजार २७८ जना अन्य रहेका छन् भने, २ हजार ५८० जना युवा रहेको परियोजना कार्यान्वयन एकाइले बार्षिक प्रगति समिक्षामा देखाएको छ ।

त्यसैगरी कुशे गाउँपालिकाको १, भेरी नगरपालिकाका ४ र नलगाड नगरपालिकाका ६ वटा वडागरी जम्मा जिल्लाका ११ वटा वडामा संचालन भएको मौरी जोनबाट ९४ वटा समुह–सहकारी र उद्यमीले ५ हजार ८६५ वटा मौरी गोलाको पालन गरिरहेका छन् । मौरी जोनबाट ९४ वटा समुह–सहकारी र उद्यमीका १ हजार ७७३ जना किसान लाभाम्बित भएको परियोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । परियोजना कार्यान्वयन एकाइले दिएको जानकारी अनुसार मौरी जोनबाट लाभाम्बित १ हजार ७७३ जना किसान मध्ये ८५६ जना महिला, ९१७ जना पूरुष रहेका छन् । जसमा २०८ जना दलित, ६३२ जना जनजाति, ९७७ जना अन्य रहेका छन् भने, १ हजार १७६ जना युवा रहेका छन् ।

चक्लाबन्दीमा पकेट, ब्लक, जोन संचालनको लागि सहकारी र निजी क्षेत्रलाई सहयोग कार्यक्रम अन्तरगत परियोजना कार्यान्यन एकाइले आब २०७७÷०७८ मा आलु बालीमा चक्लाबन्दी शुरु भएको छ भने, मकै र भटमास २ वटा बालीमा चक्लाबन्दी सम्पन्न भएको परियोजना कार्यान्वयन एकाइले जनाएको छ । प्याकेजिङ्ग लेबलिङ्ग तथा (पोष्ट हार्भेष्ट) क्षति न्युनिकरण कार्यक्रम अन्तरगत समुह सहकारीलाई मह प्रशोधन तथा बजारीकरणमा सहजीकरणका लागी सामाग्रीहरुमा अनुदान वितरण गरिएको जनाईएको छ । प्राविधिक शिक्षालयको साझेदारीमा ब्यावसायिक उत्पादन कार्यक्रम अन्तरगत परियोजना कार्यान्वयन एकाईले प्राविधिक शिक्षालयमा ब्यावसायिक तरकारी खेतीका लागि पक्की घर, नर्सरी सञ्चालनका लागि पक्की घर, च्याउ खेतीका लागि पक्की घर, मौरीपालनका लागि मौरी गोला सहित सामग्रीहरु आपुर्ति गरेको छ । जसबाट प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले व्यवसायिक उत्पादन सम्बन्धी ब्यवहारिक ज्ञान लिने भएका छन् । जोन–सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग कार्यक्रम अन्तरगत एकाईले ११ वटा समुह सहकारीहरुलाई कृषि यान्त्रिकरणका लागी पावर टिलर, मिनी टिलर, स्प्रे ट्याङ्की लगायत अन्य कृषि यान्त्रिकरणका सामाग्रीहरु वितरण गरेको छ । सुन्तला नर्सरी स्थापना कार्यक्रम अन्तरगत एकाइको आर्थिक सहयोगमा ३ वटा पक्की र २ वटा कच्ची नर्सरी घर निर्माण भएको छ । गत बर्ष विस्तार भएका क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिंचाई पुर्बाधार निर्माण अन्तरगत १९ वटा साना सिचाई निर्माण सम्पन्न भएरका छन भने, १० हेक्टर क्षेत्रफलमा सिचाई सुविधा विस्तार भएको छ । कृषि पुर्बाधार निर्माण अन्तरगत १ वटा ३ मेट्रिक टन क्षमता भएको रष्टिक स्टोर निर्माण भएको परियोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । सहकारीको ५० प्रतिशत अनुदान साझेदारीमा २ वटा उन्नत मौरी घार उद्योग स्थापना भएका छन् । मौरी स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत ४ वटा रानु उत्पादन तथा गोला उत्पादन श्रोत केन्द्रको स्थापना भएको परियोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । बहुउद्धेश्यिय नर्सरी स्थापन कार्यक्रम अन्तरगत परियोजना कार्यान्वयन एकाइले ४ वटा पक्की र २ वटा कच्ची बहुउद्धेश्यीय नर्सरी स्थापना गरी संचालनमा ल्याएको छ । समुह÷सहकारीको ३० प्रतिशत साझेदारीमा ढुवानीका लागि सवारी साधन सहयोग कार्यक्रम अन्तरगत परियोजना कार्यान्वयन एकाइले फलफुल, मौरी घार, मह तथा अन्य कृषिजन्य सामाग्री ढुवानीका लागी ५० प्रतिशत अनुदानमा एउटा बोलेरो गाडी वितरण गरेको छ ।

परियोना कार्यान्वयन एकाइ स्थापना काल देखि हालसम्मको २० लाख ५० हजार ३६ बेरुजु फछौंट गर्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्