News Portal

कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार बेरुजु

७२६ पटक

कृषि विकास कार्यालय, जाजरकोटको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु रहेको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि हालसम्म कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु पुगेको हो ।

आर्थिक बर्ष २०७५÷०७६ सम्म ४ लाख १८ हजार १२२ बेरुजु रहेको कार्यालयको आब २०७६÷०७७ मा ३३ लाख ५१ हजार ७७८ रहेको थियो । जम्मा बेरुजु ३७ लाख ६९ हजार ९०० रहेकोमा कार्यालयले आब २०७७÷०७८ मा ८६ हजार २८७ को बेरुजु फछर््यौछ गरी ३६ लाख ८३ हजार ६१३ खुद बेरुजु बाँकी रहेको कृषि बिकास कार्यालय, जाजरकोटले बार्षिक प्रगति समिक्षामा देखाएको । प्रदेश सरकारको समानिकरण अनुदान, समानिकरण तर्फकै मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रदेश सरकारकै समानिकरण अनुदान तर्फ मुख्उमन्त्री रोजगार उद्यमशिलता तथा आर्यआर्जन कार्यक्रम, नेपाल सरकारको शसर्त अनुदान तर्फ अर्गानिक मिसन कार्यक्रम गरी स्वीकृत १८ करोड ७३ लाख ४२ हजार बार्षिक बजेट मध्ये १७ करोड १९ लाख ६ हजार खर्चगरी ९१ दशमलब ७६ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालयले जानकारी दिएको छ ।

३ करोड ५२ लाख लागतमा २० वटा सिंचाई आयोजना निर्माण गर्नुको साथै कृषि शिक्षा अध्ययन गरिरहेका, विदेशबाट फर्केका, अपाङ्ग, एकल महिला, दलित, द्धन्द पिडित गरी ४८ जनालाई कृषि व्यवसाय संचालन गर्न एकमुष्ट ५५ लाख अनुदान दिएको कार्यालयले बार्षिक प्रगति समिक्षामा देखाएको छ । साझेदारीमा आधारित एक स्थानीय तह एक बाली उत्पादन बिशेष कार्यक्रम अन्तरगत कार्यालयको १ करोड ५ लाख र स्थानीय तहहरुको ३१ लाख ५० हजार गरी १ करोड ३६ लाख लागतमा जिल्लाका ७ वटै पालिकामा सुन्तला, तरकारी, लसुन, अदुवा, दाँते ओखर, टिमुर खेती प्रवद्र्धन गरेको कार्यालयले जनाएको छ । लक्षित वर्ग विशेष कार्यक्रम अन्तरगत ४० लाख लागतमा प्रदेश साँसद कौशिला खत्रीद्धारा छेडागाड नगरपालिकाको वडावनमा बाख्रा र बोका वितरण गर्नुको साथै अदुवा र बेसार खेती गरिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार साँसद करवीर शाही मार्फत छेडागाड नगरपालिकाको डडाल्नामा सिलाई कटाई तालिम दिनुका साथै टिमुर खेती गरिएको छ । साँसद कृष्ण शाह मार्फत कार्यालयले भेरी नगरपालिकाको पोखरामा किवी खेती गरिएको छ । उक्त कार्यक्रमबाट ४५५ घरधुरी लाभाम्बित भएको कार्यालयले जनाएको छ । कृषिमा आधारित साना उद्योग स्थापना तथा संचालन कार्यक्रम अन्तरगत कुशे गाउँपालिका–८ मा १५ लाख लागतको बेसार उद्योग संचालन गरिएको कार्यालयले बार्षिक प्रगति समिक्षामा प्रस्तुत गरेको छ ।

प्रदेश सरकारको समानिकरण अनुदान तर्फ कार्यालयले चक्लाबन्दी प्रोत्सान मार्फत ५० लाख लागतमा १६ स्थानमा अदुवा, आँप, आलु, केरा, ओखर, मकै र कालो धानको खेती गरिरहेका किसानहरुलाई प्रोत्सान रकम वितरण गरेको छ । सहकारी नमुना गाउँ कार्यक्रम अन्तरगत कार्यालयले जुनीचाँदे गाउँपालिकाका २ वटा सहकारीलाई अल्लो प्रशोधन गर्न र किवी खेती गर्नका लागि ५ लाख अनुदान दिएको छ । कर्णाली ब्राण्डनिर्माण तथा प्राङ्गारिक पदार्थको बजारीकरण कार्यक्रम अन्तरगत नलगाड नगरपालिका–५ को कृषि सहकारीलाई कार्यालयले १० लाख अनुदान दिएको छ । उक्त कार्यक्रमबाट १५५ जना लाभाम्बित भएका छन् भने, १५ जनाले रोजगारी पाएका छन् । ९ लाख लागतमा भेरी नगरपालिकामा कर्णालीको पहिचान निर्यात बालीहरुको बजारीकरण तथा निर्यात सहयोग कार्यक्रम संचालन गरिएको कार्यालयले जानकारी दिएको छ । उक्त कार्यक्रमबाट १९२ जना लाभाम्बित भएका छन् भने, २५ जनाले रोजगारी पाएका छन् ।

महिला सहकारी मार्फत उत्पादन तथा उद्यम प्रवद्र्धन (घुम्ती कोष) कार्यक्रम अन्तरगत कार्यालयले छेडागाड र नलगाड नगरपालिकाका २ वटा सहकारीलाई १० लाख बजेट अनुदान दिएको छ । उक्त कार्यक्रमबाट ५० जनाले रोजगारी पाउनुको साथै लाभाम्बित भएका छन् । सहकारी मार्फत कृषि उद्यम प्रवद्र्धन कार्यक्रम अन्तरगत बारेकोट र जुनीचाँदे गाउँपालिकाका २ वटा सहकारीलाई कार्यालयले दिएको १० लाख बजेटबाट विभिन्न कृयाकलाप संचालन गरेको कार्यालयले जनाएको छ । सुन्तलाजात फलफुल नर्सरी श्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगत ३० लाख लागतमा जिल्लामा ८ वटा नर्सरी स्थापना गरिएको कार्यालयले जानकारी दिएको छ । व्यवसायिक हिउँदे फलफुल नर्सरी स्रोतकेन्द्र स्थापना कार्यक्रम अन्तरगतको १० लाख लागतमा जिल्लामा ३ वटा नर्सरी स्थापना गरिएको छ । मौरी श्रोतकेन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन कार्यक्रम अन्तरगतको ४० लाख लागतमा नलगाड नगरपालिका–५ मा रहेको पंचासे सहकारी लिमिटेडले भौतिक संरचना निर्माण गर्नुको साथै विभिन्न कृयाकलाप संचालन गरेको कार्यालयले जानकारी दिएको छ ।

व्यवसायिक फलफुल खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत १५ लाख लागतमा जिल्लाका ७ वटै पालिकामा विभिन्न कृयाकलाप संचालन गरेको कार्यालयले जानकारी दिएको छ । छिन्चु–जाजरकोट, जाजरकोट–डोल्पा, खलंगा–पाँचकाटिया रोड करिडोर तरकारी खेती प्रवद्र्धन सहयोग कार्यक्रम अन्तरगत १२ लाख लागतमा भेरी नगरपालिकाको रावतगाउँ, कुदु, बारेला, रिसाङ्ग, नलगाड नगरपालिकाको रग्दा, खगेनकोट र कालीमाटीमा विभिन्न कृयाकलाप संचालन गरेको कार्यालयले जानकारी दिएको छ । प्राविधिक विद्यालयमा अर्गानिक कृषि पशुसेवा र स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत १० लाख बजेटबाट जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा रहेका २ वटा प्राबिधिकधारका विद्यालयमा विभिन्न उपकरणहरु खरिद तथा कृयाकलाप संचालन गरिएको छ ।

संघको शसर्त अनुदान तर्फ प्राङ्गारिक मिशन कार्यक्रम अन्तरगत कुशे गाउँपालिका–१ मा ५० हजार लागतमा ४ वटा रैथाने बाली प्रवद्र्धन सम्बन्धि सन्देशमुलक पम्पलेट प्रकाशन तथा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । उक्त कार्यक्रमबाट १५० घरधुरी लाभाम्बित भएको कार्यालयले दावी गरेको छ । १ लाख २० हजार लागतमा कार्यालयले कुशे गाउँपालिकामा उत्पादित बस्तुहरुको लेवलिङ्ग, प्याकेजिङ्ग सहितको १ दिने बजारिकरण तालिम दिएको छ । कार्यक्रमबाट १५ घरधुरी लाभाम्बित भएका छन् । ४ लाख लागतमा कार्यालयले कुशे गाउँपालिकामा रैथाने कृषि उपजहरुको प्रशोधन मेशिनरी औजार उपकरण सहयोग अन्तरगत १ वटा तेल पेल्ने मिल स्थापना गरिएको कार्यालयले जनाएको छ । ३ लाख लागतमा कार्यालयले रैथाने बालीमा आधारित पाउरोटी तथा खाजा नास्ता पसल संचालनमा सहयोग कार्यक्रम अन्तरगत कुशे गाउँपालिकामा १ वटा बेकरी उद्योग स्थापना गरेको छ । ३ लाख लागतमा होटल व्यवसायिलाई रैथाने बालीमा आधारित प्रशोधन परिकार निर्माण तालिम अन्तरगत कार्यालयले कुशे गाउँपालिकामा ३ दिने तालिम संचालन गरेको कार्यालयले जानकारी दिएको छ ।

१८ लाख ७५ हजार लागतमा कुशे गाउँपालिकामा पिभिटी टिनसहितका १५० वटा भकारो निर्माण भएको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कार्यालयले संचालन गरिरहेका पकेट र व्लक अन्तरगत पुराना ५ वटा व्लकमा १ करोड १० लाख र नयाँ ४ वटा व्लकमा ५० लाख बजेट खर्च भएको कार्यालयले जनाएको छ । मुन्यमन्त्री रोजगार उद्यमशिलता तथा आयआर्जन कार्यक्रम अन्तरगतको २ करोड ३५ लाख लागतमा जिल्लाका ७ वटै पालिकामा विभिन्न कृयाकलाप संचालन भएको कार्यालयले जनाएको छ । व्यवसायिक कृषकका लागि यान्त्रिकिकरण सहयोग कार्यक्रम अन्तरगत कार्यालयले ३० वटा मिनी टेलर, १० वटा थ्रेसर, ७ वटा कुटानी पिसानी र पेलानी मिल, ६५ वटा स्प्रेय, ३० वटा भ¥याङ्ग, १३५ वटा कर्नसोलार, १५० वटा वताउने पंखा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । साझेदारीबाट संचालित कार्यक्रम अन्तरगत सुन्तला जात फलफुलको जुस उत्पादन तालिम संचालन गर्नुको साथै कार्यालयको स्वः पहलमा नर्सरीमा तरकारीका विरुवा उत्पादन गरी कृषकहरुलाई निशुल्क वितरण, प्लाष्टिक घरमा काक्रा फलाउने काम भएको कार्यालयले जनाएको छ ।

कृषि व्यवसायको लागि व्याज अनुदान कार्यक्रम अन्तरगत विभिन्न व्यवसाय संचालन गरिरहेका ५३ जना किसान तथा निजी फर्मलाई कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिटिजन बैंक र नेपाल बैंक लिमिटेड गरी जम्मा ४ करोड ३२ लाख ७० हजारको कार्यालयले बैंक व्याज अनुदान दिएको छ ।

प्रतिकृया दिनुहोस्