Hamro Sanchar

बारेकोटलाई पर्यटनकको विश्व बजारमा पु¥याउन गाउँपालिकाको जोड

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/३० गते
जाजरकोट

पर्यटकीय क्षेत्रको प्रवल सम्भावना रहेको बारेकोटलाई पर्यटनको विश्व बजारमा पु¥याउन गाउँपालिकाले विशेष जोड दिएको छ । सडक, खानेपानी, विद्युत जस्ता भौतिकपूर्वाधारका सुचकहरु पुरा हुदै गएपछि गाउँपालिकाले पर्यटन बिकासमा जोड दिन थालेको हो ।

रमणिय कराईचुली हिमाल, पवित्र तिर्थस्थल साईकुवारी, ठाकुरजी ताल, शंक दह, कुकुर दह, मनोरम घाँसे मैदान चाखुरे–राता पाटनसंगै सिर्पाचौर मगर समुदायको बस्तीलाई पर्यटन उद्योगमा विकास गर्ने योजनामा बारेकोट गाउँपालिका लागि परेको छ । राज्यको पैसा लगानी गरेर निर्माण गरिएका आधारभुत भौतिकपूर्वाधारहरुलाई पर्यटन विकासका माध्यामबाट फाईदा उठाउने सोचमा गाउँपालिका लागि परेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति समिक्षामा बारेकोटको पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । बारेकोटलाई पर्यटकीय बजारसम्म पु¥याउन गाउँपालिकाले फोटो प्रकाशन गरेको बार्षिक प्रगति समिक्षामा देखाएको छ । पर्यटन विकासको महत्वपूर्ण आयामका रुपमा रहेको हिन्दु धर्म संस्कृतिलाई प्रवद्र्धन गर्न गाउँपालिकाले १५० वटा देवताका मन्दीर निर्माण गरेको बार्षिक प्रगति समिक्षामा देखाएको छ । समग्र बारेकोटलाई पर्यटनको विश्व बजारसम्म चिनाउनलाई पर्यटन गुरुयोजना निर्माणको प्रक्रियालाई अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक विकासको महत्पूर्ण क्षेत्रका रुपमा पर्यटन विकासलाई लिएको गाउँपालिकाले त्यहाँका किसानहरुलाई किवि र ओखर खेतिमा आकर्षित गरेको छ । आब २०७७÷०७८ मा गाउँपालिकाले १०७ हेक्टर जमिनमा ओखर र किवि खेति बिस्तार गरेको बार्षिक प्रगति समिक्षामा देखाएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्न गाउँपालिकाले यसै बर्ष ९ वटा मिनि ट्याक्टर किसानलाई वितरण गरेको छ । समग्र कृषि उत्पादनमा ४० प्रतिशत बृद्धि भएको बारेकोटमा तरकारी तथा नगदे बाली उत्पादनमा २० प्रतिशत बृद्धि भएको गाउँपालिकाले जनाएको छ ।

मासु तथा दुध उत्पादनमा बारेकोट आत्मनिर्भर भएको गाउँपालिकाले जनाएको छ । एक वडा एक पशु प्राविधिकको व्यवस्थागरी दिएको गुणस्तरी सेवाबाट गाउँ–गाउँमा पशु स्वास्थ्य शिवीर, खोप तथा ल्याव सेवा संचालन गरेको गाउँपालिकाले जानकारी दिएको छ । पशुपंछी शाखाबाट दैनिक प्रवाह गरिने सार्वजनिक सेवाबाट आकर्षित भएर पशु पालन सहकारी, पशु पालन समुह तथा व्यक्तिगत फर्म दर्तागरी किसानहरु स्वःलगानिमा पशु पालन व्यवासायप्रति आर्कषित भएको गाउँपालिकाले जनाएको छ । पशुपालन व्यावसाय अर्थोपार्जनको महत्वपूर्ण क्षेत्र बन्दै गएको छ ।

सडक निर्माण तर्फ बारेकोट गाउँपालिकाले हालसम्म हानिसल्लादेखि लिम्सासम्म १४ किलोमिटर, ध्यापाटाकुरादेखि ३ नं. वटा कार्यालयसम्म २० किलोमिटर, लिम्सादेखि ४ नं. वडा कार्यालयसम्म १२ किलोमिटर, सिलिङ्गीचौरदेखि करुकासम्म ७ किलोमिटर, कार्कीज्युलादेखि धुमासम्म ९ किलोमिटर, कार्कीज्युलादेखि लुहागसम्म ११ किलोमिटर, ७ नं. वडा कार्यालयदेखि बण्डालासम्म ११ किलोमिटर, लिम्सादेखि रामीडाँडासम्म ६ किलोमिटर सडकको ट्रयाक खोल्नुको साथै दैनिक यातायात संचालनमा रहेको जनाएको छ । त्यसैगरी गाउँपालिका भित्र रहेका १६ वटा सडकको ट्रयाक खोल्नुको साथै ध्यापाटाकुरादेखि लिम्सासम्मको सडकको स्तोरन्नतिको काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

प्रति आयोजना ५० लाख भन्दा माथिको लागतका ११ वटा बृहत खानेपानी, साना ३७ वटा खानेपानी योजना निर्माण गरेको गाउँपालिकाले अन्य संघ÷संस्थासंगको समन्वयमा २ वटा ठुला खानेपानी योजना निर्माण गरेको छ भने, ५ वटा खानेपानी योजना निर्माणाधिन अबस्थामा रहेका छन् ।

गाउँपालिकाको १ वटा प्रशासनिक भवन, ८ वटा वडा कार्यालय भवन निर्माणगरी आफ्नै भवनबाट सार्वजनिक सेवा प्रवाहका कामहरु संचालन गरीरहेका छन् भने, वडा नं. ५ को वडा कार्यालय भवन निर्माणाधिन अबस्थामा रहेको छ । आधुनिक तरिकाको गाउँपालिकाको प्रशासनिक भवनको डिपिआर निर्माण गरी सकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले माविका बिषयगत १० वटा, निमाविका बिषयगत १५ वटा, प्राविका २७ वटा, बालविकास २० वटा, १० वटा कम्प्युटर शिक्षक दरबन्दीको पदपुर्ती गरेको छ । मावि र उच्च माविका ३० लाख भन्दा माथिको लागतमा १८ वटा विद्यालय भवन निर्माण गरेको गाउँपालिकाले १० लाख भन्दा कम लागतमा ३५ वटा विद्यालय भवन निर्माण गरेको छ । आबश्यकताको आधारमा विद्यालयमा फर्निचर निर्माण गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

५० प्रतिशतमा रहेको संस्थागत सुत्केरी गराउनेहरुको संख्या बृद्धि भएर १३१ प्रतिशतमा पुगेको छ । ३५ प्रतिशतमा रहेको नियमित गर्भजाँच गराउनेहरुको संख्या बृद्धि भएर ८६ प्रतिशतमा पुगेको छ । २५ प्रतिशतमा रहेको प्रोटोकल अनुसार सुत्केरी जाँच गराउनेको संख्या बृद्धि भएर ६९ प्रतिशतमा पुगेको छ । ७७ प्रतिशतमा रहेको पहिलो पटक गर्भ जाँच गराउनेको संख्या बृद्धि भएर ११५ प्रतिशतमा पुगेको छ । ९४ प्रतिशतमा रहेको पहिलो खोप लगाउनेहरुको संख्या बृद्धि भएर ११५ प्रतिशतमा पुगेको छ । ६५ प्रतिशतमा रहेको टिटी खोप लगाउनेहरुको संख्या बृद्धि भएर ११८ प्रतिशतमा पुगेको छ । २ प्रतिशतमा रहेको औसत तौल लिने बच्चाहरुको संख्या बृद्धि भएर ४ दशमलब ४ प्रतिशतमा पुगेको छ । ३५ प्रतिशतमा रहेको परिवार नियोजन गर्नेहरुको संख्या बृद्धि भएर ३७ प्रतिशतमा पुगेको छ । ५५ दशमलब ८ प्रतिशतमा रहेको ओपिटी भिजिट गर्नेहरुको संख्या बृद्धि भएर ८० प्रतिशत पुगेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा गाउँपालिकाले २ जना डाक्टर १ ल्याव कर्मचारीलाई करारमा नियुक्ति गरेको छ । जनशक्ति व्यवस्थापन पश्चात प्राथमिक स्वास्थ्य केन्द्र लिम्साबाट ल्याव, भिडियो एक्सरे, ईसिजी र फार्मेसी सेवा संचालनमा आएको छ । एक्सरे सेवा संचालन गर्नका लागि सामाग्री खरिद गर्ने प्रक्रियालाई गाउँपालिकाले अगाडी बढाएको छ ।

५ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य ईकाई गरी ८ वटा भवन निर्माण गरी आफ्नै भवनबाट सेवा संचालन गरेको छ । ६० बर्षभन्दा माथि र ७० बर्षभन्दा कम उमेरका जेष्ठ नागरिकलाई औषधि उपचार बाफत २ हजारका दरले २ हजार ८५० जनालाई रकम वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

३–३ जनाको दरले गाउँपालिकाका सबै वडामा मेलमिलापकर्तालाई क्षमता विकास तालिम दिनुको साथै गाउँका साना तिना मुद्धाहरु मेलमिलापकर्ताबाट समाधान गर्ने गरेको गाउँपालिकाले जानकारी दिएको छ । न्यायिक समितिमा परेका उजुरीहरुलाई न्यायिक ईजलासको अभ्यासबाट समाधान गरी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

आब २०७७÷०७८ मा बारेकोट गाउँपालिकामा २ हजार २० वटा पत्र चलानी भएको, ६० वटा घट्ट दर्ता, २८ वटा घ वर्गको निर्माण व्यवसायि लाईसेन्स वितरण, ५ वटा मुहान दर्ता, २५ वटा सहकारी दर्ता भएका छन् । त्यसैगरी १५ वटा महिला समुह र ६ वटा आमा समुह दर्ता भएका छन् । १ हजार २७१ जन्म, ३१५ मृत्यु दर्ता भएका छन् । १२२ वटा बिवाह दर्ता, ४४ वटा बसाई–सराईका घटना दर्ता भएका छन् ।

४८ करोड ४८ लाख ७६ हजार ९२५ स्वीकृत बार्षिक बजेटमध्ये ४१ करोड ७३ लाख २२ हजार १८९ खर्चगरी ८६ दशमलब ०६ प्रतिशत वित्तिय प्रगति र ९८ प्रतिशत भौतिक प्रगति हासिल गरेको गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय साझेदारी कार्यक्रम अन्तरगत निकासा भएको ३९ लाख मध्ये ३७ लाख ९६ हजार १८२ खर्चगरी ९७ दशमलब ३३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको गाउँपालिकाले जानकारी दिएको छ । आब २०७७÷०७८ मा आन्तरिक राजश्व १८ लाख संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले २७ लाख ८१ हजार ९९५ संकलन गरेको छ ।

युवा रोजगारीका लागि रुपान्तरण कार्यक्रमबाट ४२ वटा योजना र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५५ वटा योजना निर्माण गर्नुको साथै गाउँका युवा युवतिलाई रोजगारी दिने काम सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्