Hamro Sanchar

जुनीचाँदे गाउँपालिकाद्धारा १५ किलोवाटको विद्युत उत्पादनगरी ३१२ घरधुरी अध्यारो मुक्त

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/३० गते
जाजरकोट

जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको हो ।

गाउँपालिकाले निर्माण गरेको १५ किलोवाट विद्युत उत्पादन क्षमता भएको (पिको हाइड्रो) लघु जलविद्युत आयोजनाबाट ३१२ घरधुरीले अध्यारोमा बस्नुपर्ने अबस्थाबाट मुक्ति पाएको गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । त्यसैगरी गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा वडा नं. ६ को हिप्कखोलामा ६० किलोवाट विद्युत उत्पादन क्षमता भएको लघु जलविद्युत आयोजना निर्माणाधिन अबस्थामा रहेको बताएको छ ।

११ वटा वडा रहेको गाउँपालिकाले १० वटा वडामा सडक संजाल बिस्तार गर्नुको साथै यातायात संचालनमा रहेको बार्षिक प्रगति समिक्षामा पस्तुत गरेको छ । आब २०७७÷०७८ मा गाउँपालिकाले ३१ दशमलब ८२ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको जानकारी दिएको छ । ७ नम्बर वडा बाहेकका अरु सबै वडा कार्यालयहरुको पक्की भवन निर्माण गरी सेवा संचालनमा ल्याएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले ६ वटा ऐन, ४ वटा निमावली, २५ वटा कार्यविधि, ४ वटा निर्देशिका, १ वटा आदेश तथा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ४१ वटा कानुन निर्माण गरेर सार्वजनिक सेवा प्रवाह गरिरहेको जनाएको छ ।

गाउँपालिकाले अति गरिब तथा विपन्न २८० घरधुरीलाई सोलार, २० घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिएको छ । गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र माध्यामिक विद्यालयमा ईन्टरनेटको सेवा बिस्तार गरिएको जानकारी दिएको छ । प्रदेश सरकारको बैंक खाता छोरीको–सुरक्षा जीवन भरीको कार्यक्रम अन्तरगत गाउँपालिकाले जनही १० हजारका दरले २१८ जना बालिकाको बैंक खातामा रकम जम्मा गरेको जानकारी दिएको छ ।

गाउँपालिकाको सुत्केरीसंग उपाध्यक्ष भेटघाट कार्यक्रम अन्तरगत जनही २ हजार ५०० का दरले ५२९ जनालाई रकम हस्तान्तरण गरेको गाउँपालिकाको बार्षिक प्रगति समिक्षामा उल्लेख गरिएको छ । गाउँपालिकाले ५१ जना बालविकास सहयोगी, ३५ जना प्रावि, २७ जना आधारभुत र १२ जना माविका शिक्षक गरी जम्मा १२५ जना शिक्षक दरबन्दी सृजनागरी अनुदान कोटामा नियुक्ति गरिएको गाउँपालिकाले जानकारी दिएको छ । १० वटा विद्यालय भवन र ७ वटा पक्की शौचालय निर्माण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

९९४ जनालाई भेरोसिल र ९६८ जनालाई कोभिसिल्ड गरी जम्मा १ हजार ९६२ जना गाउँपालिका भित्रका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनीधि र अन्य नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको गाउँपालिकाले जानकारी दिएको छ । आब २०७७÷०७८ मा ४ वटा झोलुङ्गे पुल, २ वटा ट्रष्टवृज निर्माण गरेको गाउँपालिकाले जानकारी दिएको छ । कला–साहित्य, धर्म–संस्कृति र पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिकाले पालिका गीतको भिडियो निर्माण गरेको जानकारी दिएको छ ।

गाउँपालिका भित्र रहेका १८ वटा आधारभुत तथा सामुदायिक स्वास्थ्य संस्थामा गाउँपालिकाले १ जना मेडिकल अधिकृत, ४९ जना स्वास्थ्यकर्मीलाई करार नियुक्ति गरेको जानकारी दिएको छ । सुनौला हजार दिनका १६० जना आमाहरुलाई गाउँपालिकाले २ वटा पोथी, १ वटा भाले बितरण गर्नुका साथै पोषण सुधारमा जागरण पैदा गर्न ४२ वटा विद्यालयमा पोषण कर्नर स्थापना गरिएको जानकारी दिएको छ ।

बाढी पहिरोबाट घर जग्गा क्षेति भएका २३ घरपरिवारलाई प्रति परिवार ५० हजारका दरले राहत वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ । उपचार गर्न आर्थिक अबस्थाले साथ नदिएका दीर्घ तथा कडा रोगका बिरामीहरुको अबस्था हेरी २८ जनालाई उपचार सहायता प्रदान गरेको गाउँपालिकाले बताएको छ । सुत्केरी हुन नसकेर ज्यान जोखिममा रहेका ३ जना महिलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गत बर्षको असोज २१ गते गाडी दुर्घटनामा परी ज्यान गुमाएका वडा अध्यक्ष, स्वास्थ्यकर्मी सहितका सर्वसाधारण घर परिवार मध्ये स्वास्यकर्मीका घरपरिवारलाई बिमा रकम सहित ११ लाख र अन्य नागरिकका घरपरिवारलाई जनही १ लाख गरी जम्मा १८ लाख राहत रकम हस्तान्तरण गरिएको गाउँपालिकाको बार्षिक प्रगति समिक्षामा उल्लेख गरीएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत गाउँपालिकामा ९१ जना नयाँ उद्ययमी उत्पादन भएको गाउँपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य तथा सरसफाई, कृषि पशुपाल तथा रोजगार, पूर्वाधार, शिक्षा तथा खेलकुद, सिपमुलक तथा आयआर्जन र साँस्कृतिक प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको गाउँपालिकामा बिषयगत शाखा तथा शसर्त अनुदान तर्फ स्वीकृत १३ करोड ४२ लाख ९४ हजार बार्षिक बजेट मध्ये १२ करोड ८३ लाख ६८ हजार २९४ खर्चगरी ९५ दशमलब ५९ प्रतिशत वित्तिय प्रगति हासिल गरेको गाउँपालिकाले जानकारी दिएको छ । त्यसैगरी आब २०७७÷०७८ मा १२८ वटा योजनामा १२ करोड १५ लाख ४५ हजार विनियोजित गरेको गाउँपालिकाले ११ करोड ३६ लाख ६० हजार १२२ खर्चगरी ३ करोड ७८ लाख ९५ हजार ८७८ बाँकी रहेको जनाएको छ ।

हालसम्म १ हजार २३६ जना जेष्ठ नागरिकलाई प्रमाण–पत्र बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । २१८ जना बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रममा आबद्ध भएको, ५२९ जना सुत्केरी आमासंग उपाध्यक्ष भेटघाट कार्यक्रममा आबद्ध भएको, ३०० घरपरिवारलाई सुधारिएको चुलो र सोलार वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । आब २०७७÷०७८ मा ३८० जनालाई नागरिकता सिफारिस, १४ जनाको नाता प्रमाणित, १ हजार ९८५ जन्म दर्ता, १४१ जनाको बिवाह दर्ता, १२४ जनाको मृत्यु दर्ता, १२९ जनाको बसाई सराई, ८५७ वटा अन्य सिफारिस गरेको गाउँपालिकाले जानकारी दिएको छ । आब २०७७÷०७८ मा न्यायिक समितिमा परेका ९ वटा उजुरी मध्ये ८ वटा उजुरी किनारा लागि सकेको १ वटा उजुरी किनारा लाग्न बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ । ५२ वटा कृषक समुह र ४५ वटा व्यक्तिगत फर्म दर्ता भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले मुख्य समस्याका रुपमा प्रशासनिक केन्द्रमा हालसम्म बैंक संचालनमा आउन नसक्दा नागरिक सेवा प्रवाहमा समस्या पैदा भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्