Hamro Sanchar

देउली तिमिलेपाखालाई शिवालय गाउँपालिकाले औद्योगिक ग्राम बनाउदै

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/३० गते
जाजरकोट

शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिकपूर्वाधार निर्माण पश्चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो ।

थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास गर्न गाउँपालिकाले ८४ लाखको लागतमा पहुँच मार्ग निर्माण गरिरहेको गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । ८४ लाख लागतको देउली तिमिलेपाखा औद्योगिक पहुँचमार्ग आब २०७७÷०७८ मा ७७ लाख २९ हजार ९१७ लागतको काम सम्पन्न भईसकेको र बचत रकमको काम सम्पन्न बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

देउली तिमिलेपाखामा अल्लो धागोको औद्योगिक भवन निर्माण गर्न गाउँपालिकाले आब २०७७÷०७८ मा बिनियोजन गरेको ८ लाख रकमबाट ७ लाख ४६ हजार ७८८ लागतको काम सम्पन्न भईसकेको र बचत रकमको बाँकी काम सम्पन्न हुने प्रक्रियामा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार देउली तिमिलेपाखामा गाउँपालिकाको लगानीमा विभिन्न उद्योगहरु संचालन हुने भएका छन् ।

त्यैगरी गाउँपालिकाले १० शैयाको सामुदायिक अस्पताललाई संचालनमा ल्याउने भएको छ । १० शैयाको सामुदायिक अस्पताल संचालन गर्नको लागि गाउँपालिकाले आव २०७७÷०७८ मा सामुदायिक अस्पतालको भवन निर्माण गरिसकेको छ ।

शिवालय गाउँपालिकाले विकास निर्माणका योजनालाई ५० लाख भन्दा माथिका, ३० देखि ५० लाखसम्मका, २० देखि ३० लाखसम्मका १० देखि २० लाखसम्मका र १० लाख भन्दा कम लागतका साना गरी ५ भागमा विभाजन गरेको छ । ८४ लाख लागतको देउली तिमिलेपाखा औद्योगिक पहुँचमार्ग, ५५ लाख ७९ हजार ५४५ लागतको थाला–टुनी, रोकायजाँत सडक, ३ करोड ७३ लाख ८३ हजार ८९० लागतको गाउँपालिकाको प्रशासनिक भवन र ५० लाख ६३ हजार ९६१ लागतको बडाखेत झोलुङ्गे पुल आब २०७७÷०७८ मा गाउँपालिकाले तर्जुमा गरेका ५० लाख भन्दा माथिका ठुला योजना हुन् ।

२ करोड ५ लाख १२ हजार जम्मा लागतका ५ वटा वडा कार्यालय भवन, ६७ लाख ९० हजार लागतका २ वटा प्रसुतीगृह, ८५ लाख लागतका २ वटा बिद्यालय भवन, १ करोड २४ लाख ६१ हजार ६३७ लागतका ३ वटा सिंचाई योजना आब २०७७÷०७८ मा गाउँपालिकाले तर्जुमा गरेका ३० देखि ५० लालाखसम्म लागतका योजना हुन् ।

१ करोड ६१ लाख ८८ हजार २४४ लागतका ५ वटा आधारभुत स्वास्थ्यकेन्द्रका भवन, ८२ लाख ५० हजार ७४९ लागतका ३ वटा सडकको स्तरउन्नती, २९ लाख १० हजार लागतको नेपाखोला तट्बन्ध २० देखि ३० लाखसम्म लागतका योजना हुन् । ४५ लाख एकमुष्ट लागतका ३ वटा वडा कार्यालय भवन, १ करोड २५ लाख ९० हजार लागतका ११ वटा बिद्यालय भवन, ८ लाख लागतका लयखोला ट्रष्टबृज, ६६ लाख १० हजार ५५५ एकमुष्ट लागतका ५ वटा सडक मर्मत तथा निर्माण, १९ लाख ३९ हजार ४६ लागतका २ वटा खानेपानी योजना, ८ लाख लागतमा अल्लो धागो प्रशोधन औद्योगिक भवन १० देखि २० लाखसम्मका योजना हुन् ।

६९ लाख ४७ हजार ९०२ एकमुष्ट लागतका ८ वटा सडक निर्माण तथा मर्मत, ३७ लाख ९५ हजार ४२८ एकमुष्ट लागतका ८ वटा शौचालय, १६ लाख एकमुष्ट लागतमा ३ वटा खानेपानी योजना, २० लाख लागतका २ वटा सिंचाई योजना, ६ लाख लागतको शिवालय घाट व्यवस्थापन, २२ लाख १३ हजार ४७५ लागतका ६ वटा भवन निर्माण तथा मर्मत, ५ लाख लागतमा २ वटा मन्दीर निर्माण, २ लाख ४० हजार लागतमा ३ वटा प्रतिक्षालय निर्माण, ३ लाख ४० हजार लागतमा विद्यालय घेराबार तथा फिल्ड निर्माण १० लाख भन्दा कम बजेट रहेका योजना हुन् ।

आब २०७७÷०७८ मा बार्षिक स्वीकृत ४७ करोड १९ लाख ६२ हजार ७०२ मध्ये ३८ करोड २६ लाख ७६ हजार २५८ खर्चगरी ८१ दशमलब ८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले आफ्नै भवनबाट सेवा संचालन गर्नु, सफ्टवेयरको प्रयोगबाट कार्यालय व्यवस्थापन गर्नु, न्युन शिक्षक दरबन्दी रहेका विद्यालयमा शिक्षण सिकाई अनुदान, विपन्न बस्तिहरुमा बाल कक्षा संचालन र बालविकास अनुदान दिएर सेवा प्रवाह गर्नु, सामाजिक सुरक्षा कार्यक्रमलाई बैकिङ्ग प्रणालीबाट भुक्तानी दिनु, गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्नु, ब्याक लोडर खरिदगरी पालिका भित्रका सबै सडकहरु मर्मत गर्नु, जल उपयोग गुरुयोजना तथा आबधिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु, १० शैयाको सामुदायीक अस्पताल संचालनमा ल्याउनुलाई गाउँपालिकाले आब २०७७÷०७८ मा हासिल गरेका महत्वपूर्ण उपलब्धीमा राखेको छ ।

आब २०७७÷०७८ मा गाउँपालिकाले विद्यालय पक्की भवनका ४१ कोठा निर्माण गर्नुको साथै २५ किलोमिटर नयाँ सडको ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । ३ किलोमिटर सडकको स्तरोन्नती गरेको छ । २९ हेक्टर क्षेत्रफलमा सिंचाई, २३१ घरधुरीमा खानेपानी सुविधा, ३ वटा वडा कार्यालयको भवन निर्माण गरेको छ । २ वटा बर्थिङ्ग सेन्टर, ६ वटा शौचालय निर्माण गर्नुको साथै १० शैयाको सामुदायिक अस्पताल संचालनको तयारी अबस्थामा राख्नुलाई गाउँपालिकाले बार्षिक उपलब्धीमा राखेको छ ।

प्रतिकृया दिनुहोस्