Hamro Sanchar

जाजरकोटको नहकुली निर्माण सेवा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/८/२ गते
जाजरकोट

जाजरकोटको नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई आन्तरिक राजश्व कार्यालय, सुर्खेतले सम्मान गरेको छ । दशौं राष्ट्रिय कर दिवस–२०७८ को अबसरमा कार्यालयले बुधबार विरेन्द्रनगर सुर्खेतमा नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई सम्मान गरेको हो ।

आर्थिक बर्ष २०७६÷०७७ मा जाजरकोट जिल्लामा सबै भन्दा बढि कर दाखिला गर्नेमा नहकुली निर्माण सेवा एण्ड नहकुली सप्लायर्स परेको भन्दै आन्तरिक राजश्व कार्यालय, सुर्खेतले नहकुली निर्माण सेवा एण्ड नहकुली सप्लायर्सलाई सम्मान गरेको छ । कार्यालयले दशौं राष्ट्रिय कर दिवस–२०७८ को अबसरमा निर्माण सेवाका प्रोपराईटर चित्र बहादुर बोहरालाई सम्मान स्वरुप कदर–पत्र प्रदान गर्नुको साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालयले गरेको सम्मानले करदाताहरुलाई हौसला प्रदान गर्ने गरेको बताउदै प्रोपराईटर बोहराले कर दाखिला गर्ने क्रममा देखाईएको ईमान्दारिताको सहि मुल्याङ्कण भएको बताए ।

घ वर्गको नहकुली निर्माण सेवा एण्ड सप्लायर्सबाट जिल्लाको नलगाड नगरपालिका, छेडागाड नगरपालिका, रुकुपश्चिमको आठबीसकोट नगरपालिकाबाट खोलिएका ठेक्काहरुमा अन्य फर्मसंग प्रतिस्पर्दागरी आफ्नो दररेटमा उत्कृष्ट काम गर्न सफल भएको प्रोपराइटर बोहराले जानकारी दिएका छन् ।

प्रोपराईटर बोहराले दिएको जानकारी अनुसार गत आव २०७६÷०७८ मा रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा विद्यालय भवन निर्माणको काममा उत्कृष्ट काम गरेको मुल्याङ्कण गर्दै आठबीसकोट नगरपालिकाले पनि सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्