Hamro Sanchar

जाजरकोटको खलंगामा कपडा धुने उद्योग संचालनमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/९/६ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् ।

युवा उद्योगी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने उद्योग संचालनमा ल्याएका हुन् । आधुनिक मेशिन जडान गरिएको कपडा धुने उद्योगलाई व्यवसायी केसीले भेरी नगरपालिका–३, न्युरोडको ठाँटी बजारमा संचालन गरेका छन् ।

१८ किलो तौलका कपडा एकै पटक धुन सकिने आधुनिक मेशिनले कपडामा लागेको दाग, खिया हटाउन सकिने, रगत मेटाउन सकिने र धोएको कपडामा नयाँ चमक ल्याउनलाई लिक्वईट प्रयोग गरिने प्रोपराईटर केसीले जानकारी दिएका छन् । साथै कपडा धुने ठाउँमा ड्राईक्लिन पनि गरिने प्रो. केसीले बताए ।

जाडोले कपडा धुन नसकिने, घरमा पानीको अभावले, व्यक्तिगत कामले फुर्सद नभए कपडा धुन नपाएकाहरुका लागि आफुले संचालनमा ल्याएको उद्योग निकै उपयोगी र सहयोगी बनेको छ केसीले भने–‘३७ मिनेटको समयमा १८ किलो कपडा धुन सकिन्छ भने, १८ किलो कपडा सुकाउनलाई ४० मिनेटको समय लाग्छ ।’

कपडा धोए बाफत पोशाक कपडा प्रति किलो १०० रुपैया, बलाङ्केट, फाईवर सिरकहरु प्रति पिस ५०० देखि ७०० सम्म र कोट पाईन्ट, जकेट, सुईटर, हुक प्रतिपिस २०० देखि २५० सम्म शुल्क लाग्ने रोयल लन्ड्री प्रोपराईटर केसीले बताएका छन् । जाजरकोटको जिल्ला सदरमुकाम खलंगामा संचालनमा आएको उक्त कपडा धुने उद्योगले सुत्केरी महिला, निमोनियाका विरामी, दिर्घ रोगी, बयबृद्ध जस्ता विरामीहरुले कपडा धुनुपर्ने बाध्यताबाट मुक्ति पाउनुको साथै चिसाबाट बचाउन सकिने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्