Hamro Sanchar

अचार तथा च्याउ खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/१२ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा अचार र च्याउ खेती सम्बन्धिको ७ दिने तालिम सम्पन्न भएको छ । महिला उद्यमशिलताका लागि सामाजिक विकास कार्यालय र युवा जागरण विकास केन्द्र नेपालद्धारा संचालन गरिएको ७ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

अचार सम्बन्धि सम्राट डिसी र च्याउ खेती सम्बन्धि महेन्द्र रोकायले सहभागीहरुलाई तालिम दिएका थिए । सात दिनको तालिममा बाँसको तामा, अकबरी खुर्सानी, टिम्बुर, मिक्सट लगाएतका ७ प्रकारको अचार बनाउने तालिम दिएको प्रशिक्षक सम्राट डिसीले जानकारी दिएका छन् । च्याउ उत्पादन सम्बन्धि ७ दिनसम्म दिएको तालिमबाट महिलाहरुलाई च्याउ खेतीको उद्यमी बनाउन मद्दत पुग्ने प्रशिक्षक महेन्द्र रोकायले वताएका थिए ।

महिलाहरु आत्मनिर्भर नबन्दासम्म घरेलु हिंसाबाट मुक्ति पाउन नसक्ने जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले भनाई राखेका थिए । आर्थोपाजनमा महिलाहरु पछिपर्दा कमाउनलाई विदेश पुगेका लोग्नेलाई छोडेर कयौं महिलाहरु अर्कोसंग बिबाह गर्ने गरेको बताउदै समन्वय प्रमुख खत्रीले कयौंका लोग्ने स्वानी बीच सम्बन्ध विच्छेद गर्नुपर्ने अबस्था आएको भनाई राखेका थिए । बालबच्चा र महिला स्वयमका आधारभुत आबश्यकता पुरा नहुदा यस्तो अबस्था आउने गरेको बताउदै समन्वय प्रमुख खत्रीले यो अबस्थालाई रोक्न महिला उद्यमशिलता अहिलेको आबश्यकता बन्न पुगेको बताएका थिए ।

जिल्लाका सात वटै पालिकाका महिलाहरुको प्रतिनीधित्व गराईएको उक्त तालिमबाट अर्थोपाजन गर्न सकिने उद्यमशितामा लाग्न प्रेरित गरेको तालिमका सहभागीहरुले भनाई राखेका थिए । सामाजिक विकास कार्यालयका निमित्त प्रमुख शेर बहादुर महतोको अध्यक्षतामा आयोजना गरिएको तालिममा समापन कार्यक्रममा युवा जागरण विकास केन्द्र (यार्सन) नेपाल, जाजरकोटका कार्यकारी निर्देशक सहदेव बस्नेतले समृद्धिको आधार नै उद्यमशिलता भएको भनाई राखेका थिए । विकास र समृद्धि अहिलेको आबश्यकता भएको बताउदै कार्यकारी निर्देशक बस्नेतले उद्यमशिलताबाट महिलाहरुको जीवनमा समृद्धि छाउनेमा विश्वास व्यक्त गरेका थिए । ७ दिने तालिमका सवै सहभागी महिलाहरुलाई जिल्ला समन्वय प्रमुख खत्रीले प्रमाण–पत्र हस्तान्तरण गरेर धन्यवाद तथा बधाई दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्