Hamro Sanchar

युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ५ लाख १८ हजार मृत्यु दावी भुक्तानी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/११/१३ गते
जाजरकोट

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेर कम्पनीले मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

उक्त कम्पनीमा जीवन बीमा गरेका प्रणव सिंहको मृत्यु भएपश्चात कम्पनीले मृतकका बुवा भीम बहादुर सिंह र आमा सुलोचना सिंहलाई ५ लाख १८ हजारको चेक हस्तान्तरण गरेको थियो । उक्त चेक एमडिआरडी तथा भेरी नगरपालिका–३ का वडाअध्यक्ष लिला बहादुर शाह मार्फत कम्पनीले सिंह परिवारलाई हस्तान्तरण गरेको थियो ।

तीन बर्ष पहिला ५ लाखको बीमा गरेका प्रणव सिंहको एक बर्ष पहिला असामयिक निधन भएको थियो । निधनप्रति युनियन लाईफ इन्स्योरेन्स कम्पनीले शोक व्यक्त गर्नुको साथै शोकाकुल परिवारजन प्रति सहानुभुति प्रकट गरेको छ । प्रणव सिंहको मृत्यु दावी पश्चात कम्पनीले ५ लाख बिमाङ्क, ६ हजार ७५० बोनोस, ११ हजार २५० अन्तरिम बोनसगरी जम्मा ५ लाख १८ हजारको चेक हस्तान्तरण गरेको कम्पनीका कर्णाली प्रदेश उपाध्यक्षले जानकारी दिएका थिए । जाजरकोट जिल्लामा कम्पनीले प्रणव सिंह लगाएत ६ जनाको मृत्यु दावी रकम भुक्तानी दिई सकेको उपाध्यक्षले जानकारी दिएका थिए ।

बीमाले जोखिम न्युनीकरणमा मद्दत गर्ने बताउदै कम्पनीका एमडिआरडी तथा भेरी नगरपालिका–३ का वडा अध्यक्ष लिला बहादुर शाहले जीवन बीमा गर्न बाँकी रहेका सबैलाई अनिवार्य बीमा गर्न अपिल गरेका थिए । मृत्यु दावी भुक्तानीको चेक बुझ्ने क्रममा प्रणव सिंहकी आमा सुलोचना सिंह र बुवा भीम बहादुर सिंह भावुक भएका थिए । चेक हस्तान्तरण कार्यक्रममा प्रणवको फोटोमा माल्यार्पण र अविरावरण गरिएको थियो ।

सुगर, प्रेसरका कारण प्रणव सिंहको एक बर्ष पहिला उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । नेपाल पत्रकार महासंघको साधारण सदस्य प्रणव सिंह सवैसंग मिलनसार, सरल स्वभावका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्