Hamro Sanchar

बिद्यालय कोष स्थापनाको तयारीमा सुर्योदय मावि कैना

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/१५ गते
जाजरकोट

नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न लागेको हो ।

स्थापना भएको ३६ औं बर्ष पुरागरेको शुभ अबसरमा विद्यालयले “विद्यालय कोष” स्थापना गर्न लागेको सुर्योदय मावि कैनाका व्यवस्थापक समितिका अध्यक्ष चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । यही बैसाख २५ गतेदेखि २७ गतेसम्म भव्य समारोहका बिचमा मनाईने बार्षिकोत्सवको अबसरमा “विद्यालय कोष” स्थापना गर्न लागिएको अध्यक्ष पुनले जानकारी दिएका छन् ।

“विद्यालय कोष” स्थापना गर्न विद्यालयले पूर्व विद्यार्थी, कर्मचारी, व्यापारी, शैक्षिक अभियान्ता, अभिभावक, जनप्रतिनीधि तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ, अध्यक्ष पुनले भने–“स्थापना गरिने कोषबाट विद्यालय पूर्वाधार निर्माणको लागि आबश्यक पर्ने जग्गा खरिद गर्नुको साथै गरिब, जेहेन्दार, असाय, टुहुरा बालबालिकाहरुलाई छात्रबृति तथा पढाई खर्च व्यवस्थापनमा खर्च गर्ने योजना रहेको छ ।”

“म बनाउछु मेरो विद्यालय” भन्ने शंकल्प र अठोट सहित “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको जानकारी दिदै अध्यक्ष पुनले स्थापना गरिने “विद्यालय कोष”लाई बैंकिङ्क प्रर्णालीबाट वा अन्य कुनै प्रणालीबाट कसरी परिचालन गर्ने भन्ने बिषयमा भने, केही बताएका छैनन् । विद्यालयले गरेको अपिल अनुसार कोष स्थापनाको लागि सुरु गरिएको अभियानमा विद्यालयले पूर्व विद्यार्थी, कर्मचारी, व्यापारी, शैक्षिक अभियान्ता, अभिभावक, जनप्रतिनीधि तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्