News Portal

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण

१२५८ पटक

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण भएको छ । भेरी नगरपालिकाद्धारा बिनियोजन बजेटबाट दारखोलामा पक्की पुल निर्माण गरिएको हो ।

खलंगा–पाँचकाटिया–जुम्ला सडक खण्ड अन्तरगत भेरी नगरपालिका–२ दारखोलामा मोटरेवल पुल नभएपछि बर्षातमा गाडी तथा नागरिकलाई वारपार गर्न कठिनाई भईरहेको थियो । गाडी चल्नेगरी खलंगा–पाँचकाटिया–जुम्ला सडक स्तरउन्नतीको काम शान्तिचौतारा भन्दा अगाडी बढ्न सकेको छैन् । नियमित रुपमा हलुका यातायातका साधन संचालनमा रहेको उक्त सडकको दारखोलामा सडक डिभिजन कार्यालयले मोटरेवल पुल निर्माण गर्न सकेको छैन । बर्षातको बेला बढेको खोलाले हलुका यातायातका साधनहरु वारपार गर्न नसक्ने भएपछि भेरी नगरपालिका–२, कुशे र बारेकोट गाउँपालिकाका नागरिकहरुलाई यात्रा गर्न गाह्रो हुने गरेको थियो ।

भेरी नगरपालिकाको ५ लाख अनुदानमा दारखोलामा पक्की पुल बनेपछि खोला तर्न नसकेर मौसमको पर्खाईमा बस्नुपर्ने अबस्थाको अन्त्य भएको पुल निर्माण उपझोक्ता समितिका अध्यक्ष भीम बहादुर वलीले बताएका छन् । २५ सय भन्दा बढि नागरिकहरुले वारपार गर्ने खोलामा मोटरेवल पुल बन्न नसकेता पनि नगरपालिकाको अनुदानमा निर्माण गरिएको पक्की पुलले मान्छेहरुलाई वारपार गर्न सजिलो हुने अध्यक्ष वलीको भनाई रहेको छ ।

१ लाख ६६ हजार ४ सय ३८ रुपैया जनश्रमदान र ५ लाख नगरपालिकाको अनुदान गरी ६ लाख ६६ हजार ४ सय ३८ रुपैयाको लागत स्टामेट भएको पुलमा सुन्य कन्टनजेन्सीमा नगरपालिकाले काम गराई रहेको उपभोक्ता समितिका सचिब राधिका कुमारी खड्काले जानकारी दिईन । नागरिकहरुलाई वारपार गर्नका लागि निर्माण गर्न लागिएको पुलको ढलान गर्ने काम सम्पन्न भईसकेको जानकारी दिदै सचिब खड्काले अबको केही दिनमै पुलको रेलिङ्ग हाल्ने काम सम्पन्न हुने सचिब खड्काको भनाई रहेको छ । पुलको रलिङ्ग हाल्ने कामसंगै रङ्ग तथा पालिस लगाएपछि पुल संचालनमा आउने सचिब खड्काले बताईन् ।

प्रतिकृया दिनुहोस्