Hamro Sanchar

पहिरोले बगायो रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवन

१० लाख भन्दा बढिको क्षेति अनुमान

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/४/१७ गते
जाजरकोट

हिजो राति गएको पहिरोले भेरी नगरपालिका–२ माटेविसाउन स्थित रोजमेरी कृषक समुहको रष्टिक स्टोर बगाएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले बगाएर रष्टिक स्टोरसंगै स्टोरमा राखिएको आलु लगाएत समुहका अन्य कृषि औजारहरु बगाएर नष्ट गरेको छ । १० लाख भन्दा बढिको क्षेति भएको अनुमान गरिएको छ ।

कृषि प्राविधिकको डिजाईन स्टामेटमा ६ बर्ष पहिले निर्माण गरिएको रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवन पहिरोले बगाएर पूर्णरुपमा नष्ट भएको समुहकी सदस्य राधिका घर्तीले जानकारी दिएकी छन् । सदस्य घर्तीले दिएको जानकारी अनुसार रष्टिक स्टोरको भवनसंगै समुहका सदस्यहरुले स्टोरमा राखेको २० क्वीन्टल भन्दा बढि आलुसंगै समुहका अन्य विभिन्न कृषि औजारहरु बगाएर नष्ट भएको छ ।

सय क्वीन्टल आलु राख्न सकिने क्षमता भएको उक्त रष्टिक स्टोरमा १५ सदस्य समुहका कुन सदस्यले कति क्वीन्टल आलु राखेका थिए भन्ने बिषयमा एकिन भई नसकेको जानकारी दिदै सदस्य घर्तीले घटना स्थलको प्रहरी चौकी पाँचकाटियाबाट गएको नेपाल प्रहरीको टोलीले प्रहरी मुजुल्का गरेको बताईन् । उक्त पहिरोले बगाएर रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवनसंगै २० क्वीन्टल भन्दा बढि आलु र अन्य सामानहरु के कति क्षेति भयो ? भनेर प्रहरी मुजुल्कामा उल्लेख गरिएको भएता पनि त्यसको विस्तृत विवरण आफुलाई जानकारी नभएको सदस्य घर्तीले बताएकी छन् ।

प्राविधिक मापदण्ड अनुसार निर्माण गरिएको उक्त रष्टिक स्टोरको भवन, स्टोरमा समुहका सदस्यहरुले राखेको आलु, कृषक समुहका विभिन्न कृषि औजार लगाएतका सामानहरु गरेर १० लाख भन्दा बढिको क्षेति भएको अनुमान गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्