Hamro Sanchar

जाजरकोटको खलंगामा ‘दरबार होमस्टे’ संचालन

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/२ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा ‘दरबार होमस्टे’ संचालनमा आएको छ । यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्ला सदरमुकाम खलंगा स्थित माथिल्लो थाप्लेमा ‘दरबार होमस्टे’ संचालनमा ल्याएका हुन् ।

विहिबार भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले विरुवामा पानी सिंचित गरेर ‘दरबार होमस्टे’ को उद्घाटन गरेकी थिईन । उपप्रमुख जैसीले होमस्टे संचालन गर्दा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्नुको साथै रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास गरेकी थिईन । जिल्लाको पहिचानसंगै पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उपप्रमुख जैसीले उक्त होमस्टेलाई नगरपालिकाको सँधै साथ र सहयोग रहने विश्वास दिलाएकी थिइन् ।

होटल व्यवसायमा लगानी गर्न अन्य जिल्लाको तुलनामा जाजरकोटमा केही समय लागेतापनि अहिले लगानीकर्ताहरु आकर्षित हुदै गएको प्रमुख जिल्ला अधिकारी शुरेश सुनारले भनाई राखेका थिए । होटल तथा होमस्टे व्यवसायमा युवा व्यवसायिहरु आकर्षित हुनुलाई सकारात्मक पक्ष्यका रुपमा लिनुपर्छ प्रजिअ सुनारले भने–‘होमस्टेले स्थानीय उत्पादन र संस्कृतिलाई जोड्न सक्नु पर्दछ ।’

जिल्लाकै रैथाने उत्पादनका परिकारको मौलिकपनामा जोड दिनुपर्ने प्रजिअ सुनारले बताएका थिए । होमस्टेले जिल्लामै उत्पादित रैथानेबालीको खरीद तथा खपत गर्ने भएकोले किसानहरुलाई बजारीकरण गर्न सजिलो हुने प्रजिअ सुनारले भनाई राखेका थिए ।

जिल्लाको ऐतिहासिक तथा प्राकृतिक सम्पदा, कला संस्कृतिको संरक्षण, प्रचारप्रसार, रैथाने बालीको उत्पादन र व्यवसायीकरण, पर्यटन प्रर्वद्धन तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याईएको सञ्चालक शाहले बताएका थिए । जाजरकोटको रैथाने बाली गहुँ, जौ, कोदो, मक, फापरैको रोटी, कुशेको माछा, बारेकोटी सिस्नु र गाभा, सिन्की तथा भट्टमासको अचारको स्वाद लिन सकिने होमस्टे संचालक शाहले बताए । जिल्लाको पौराणिक नाच, गीत संगीतलाई होमस्टेमा प्रर्दशन गरिने शाहले बताएका छन् ।

हाल ‘दरबार होमस्टे’ मा ८ वटा कोठा प्रयोगमा ल्याइने भएको छ । जिल्लाका सात ओटै पालिकाका नाम राखेर एटेजवाथरुम सहितका कोठा बनाईएको छ । ठुलो सभा हल सहित घरकै जस्तै शान्त वातावरणमा बस्ने र खाने ब्यवस्था मिलाईएको संचालक शाहले बताए । होमस्टेमा जन्मदिन मनाउने, विवाह पार्टी, बैंक तथा वित्तिय तालिम गोष्ठी र अर्डर अनुसार अन्य विभिन्न कार्यक्रम समेत गर्न सकिने जनाईएको छ । होमस्टे संचालनका लागि कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालय र भेरी नगरपालिकाले समेत सहयोग गरेको छ । उक्त होमस्टे संचालनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्