Hamro Sanchar

लिजा र एफआरएमा जाजरकोटको प्रथम नलगाड नगरपालिकालाई जिल्ला समन्वयद्धारा सम्मान

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/१५ गते
जाजरकोट

जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कण (एफआरए) मा प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको हो ।

जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको वार्षिक प्रगती समीक्षा बैठकमा जिल्लाका सबै पालिका भन्दा बढि अंक प्राप्त गरेर नलगाड नगरपालिका पहिलो भएको थियो । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कणमा प्रथम प्रथम भएको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

७३.७५ प्रतिशत अङ्क प्राप्त गरेर नलगाड पहिलो भएको थियो भने, छेडागाड नगरपालिकाले ६६.५ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो भएको थियो । तेश्रो स्थानमा रहेको बारेकोट गाउँपालिकाले ५९ प्रतिशत अङ्क प्राप्त गरेको थियो भने, भेरी नगरपालिकाले ५५.७५ प्रतिशत अङ्क प्राप्त गरेको थियो । त्यसैगरी शिवालय गाउँपालिकाले ४८.५ प्रतिशत अंक प्राप्त गरेको थियो भने, कुशे गाउँपालिकाले ४० प्रतिशत अङ्क प्राप्त गरेको थियो ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा प्रशासन, वित्तिय एवं आर्थिक ब्यबस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कणका विषयगत क्षेत्रहरु हुन् ।


Tagged
प्रतिकृया दिनुहोस्