Hamro Sanchar

ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/२६ गते
जाजरकोट

जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच बिहीबार सुर्खेतमा केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको हो ।

ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्ने सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुख ईन्जिनियर सम्भु कुसियत यादव र नलगाड हाइड्रोपावर कम्पनीका डिभिजन ईन्जिनियर दिपक माडवारीले हस्ताक्षर गरेका छन् । नलगाड हाइड्रोपावरको निर्माण कार्यका लागि सहयोगी आयोजनाका रुपमा रहेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता ७.१ मेगावाट रहेको नलगाड हाइड्रोपावरका साईट ईन्जिनियर पदम थापाले जानकारी दिएका छन् । ताक्सुगाड जलविद्युत आयोजना नलगाड हाइड्रोपावर सहयोगी आयोजना भएको हुदा उक्त आयोजनाको निर्माण पनि नलगाड हाइड्रोपावर कम्पनीलेनै गर्ने भएको छ ।

केन्द्रिय प्रसारण लाईनमा जोड्ने सम्झौता भएपश्चात ताक्सुगाड जलविद्युत आयोजनाको निर्माण कार्यको कामलाई अगाडी बढाउन सबै कानुनी ढोका खुल्ला भएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको भनाई रहेको छ । मन्त्री बस्नेतले दिएको जानकारी अनुसार ताक्सुगाड जलविद्युत आयोजनाको निर्माण कार्यको सुरुवात यसै आर्थिक बर्षबाट गरिने भएको छ । हाल ताक्सुगाड जलविद्युत आयोजनाको लागि आबश्यक पर्ने जग्गा अधिकरण गर्ने काम भईरहेको नलगाड हाइड्रोपावर कम्पनलिे जानकार दिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्