News Portal

भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट

४०३ पटक

जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो ।

रामिडाडाँलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी नष्ट भएको कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारी अनुसार भुकम्पले आधुनिक, मुढे र खोपे घारका गरी जम्मा १ हजार २०७ घार मौरी नष्ट भएका छन् । १ हजार २०७ घार मौरीले उत्पादन गर्ने मह १४ हजार ४८४ किलो मह नष्ट भएको सुचना अधिकारी विश्वकर्माले जानकारी दिए । प्रतिगोला मौरीको मुल्य ४ हजार, प्रतिघार आधुनिक घारको मुल्य ४ हजार, मुढे घारको मुल्य ३ हजार ५००, प्रति किलो महको मुल्य ६०० का दरले जम्मा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी, घार र मह नष्ट भएको विश्वकर्माले जानकारी दिएका छन् ।

मौरी र महको लागि उपयुक्त स्थान रहेको जाजरकोट जिल्लाको पाली, कल्पत, पिपे, मैदे, रिसाङ, लहँ, डाडाँगाउ नै भुकम्पले बढि क्षेतिग्रष्त बनाएपछि मौरीमा बढि असर परेको थियो । मह उत्पादनको महत्वपूर्ण सिजनका रुपमा रहेको कातिक र मंसिर महिनामा भुकम्पको प्राकम्पनले १ हजार २०७ घार मौरी नष्ट गरेको प्रारम्भिक रिर्पोटको तथ्याङ्कले देखाएको छ । कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार विस्तृत रिर्पोटको तथ्याङ्क आउन बाँकी रहेको छ । विस्तृत रिर्पोटको तथ्याङ्कमा मह, मौरी र घारको क्षेति विवरण बढ्दै जाने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्