Hamro Sanchar

पीडितले पीडितलाई राहत विरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/२१ गते
जाजरकोट

भुकम्प पीडितले पीडितलाई राहत वितरण गरेका छन् । भुकम्पवाट आफन्त गुमाउनुको साथै ध्वंस भएको घरमा नष्ट भएको सम्पति र आफु घाईते भएको पीडालाई कम गर्न पीडितले पीडितलाई राहत वितरण गरेका हुन् ।

कानुन व्यवसायी तथा पत्रकार भीम बहादुर सिंह र उनका भाई तथा शिक्षक संघको संघीय सदस्य दीर्घ जंग सिंहले कुशे गाउँपालिका–७, ८ र ९ नम्बर वडाका भुकम्प पीडितहरुलाई राहत वितरण गरेर आफु भित्रको पीडालाई कम गर्ने प्रयास गरेका छन् । भीम र दीर्घ दुबै भाई भुकम्प पीडित हुन् ।

गत कातिक १७ गतेको मध्यरातमा गएको भुकम्पबाट दुवै भाईले सासु आमा इन्दिरा शाहलाई गुमाएका थिए । उक्त भुकम्पबाट भीमको घर पूर्णरुपमा ध्वंस भएको थियो । भुकम्पबाट घर भत्किएपछि भीमका लोग्ने स्वास्नी दुवै घाईते भएर ज्यान जोगाउन सफल भएका थिए ।

भुकम्पवाट भीम र दीर्घले माइती तर्फ सासुआमा मात्र गुमाएनन्, माइतीको घर पनि पूर्णरुपमा भत्किएको थियो । माइती घरभित्र भएको सम्पति गुमाएका दुइ भाइ र साला सिद्धिगणेश शाहको परिवारले इन्दिरा शाहको १० दिने काजक्रिया पालमुनीनै गरेका थिए । सासुआमाको काजक्रिया पुरा गरेपछि जिल्ला विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा सिंहका दाजुभाई राहत सामाग्री लिएर कुशे गाउँपालिका–७, ८ र ९ का भुकम्प पीडितहरुसंग पुगेका थिए ।

भुकम्पवाट ज्यान गुमाएका कुशे गाउँपालिका–७ का तीन घरपरिवारलाई भीम र दीर्घले त्रिपाल, कम्मल, जुत्तासंगै नगद रकम सहितको राहत हस्तान्तरण गरेका थिए । भुकम्पवाट ज्यान गुमाएका एकै घरका अमृत पुन, भगवति पुन र मानसिका पुनको घरमा सिंहका दाजुभाईले १० हजार, एकै घरबाट ज्यान गुमाउने पार्वती टमट्टा, जनक टमट्टा र धर्मराज टमट्टाको घरमा १० हजार र एक घरबाट ज्यान गुमाउने धना सिंहको घरमा ५ हजार गरी जम्मा २५ हजार नगद हस्तान्तरण गरेका थिए । भुकम्पबाट कुशे गाउँपालिका–७ धर्नासीका तीन घरपरिवारका ७ जनाले ज्यान गुमाएका थिए ।

भुकम्पले घरहरु भक्एिपछि घर बाहिर रहेका कुशे गाउँपालिका–८ र ९ का ४०० भन्दा बढि भुकम्प पीडितहरुलाई सिंहका दाजुभाईले त्रिपाल, कम्मल, जुत्ता, मोजा लगाएतका राहत सामाग्री वितरण गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाईटीले दिएका त्रिपाल, कम्मल, जुत्ता, मोजा लगाएतका राहत सामाग्रीहरुको ढुवानी भाँडा व्यक्तिगत रुपमा तिरेर सिंह दाजुभाईले भुकम्प पीडितहरुलाई वितरण गरेका थिए । ४२५ थान त्रिपाल, १०० थान कम्मल, २५० जोडा जुत्ता, मोजा सहितको राहत सामाग्री खलंगादेखि पैंकसम्म दुई वटा ट्याक्टर र एक डबल क्याबको गाडीमा ढुवानी गरेको जानकारी दिदै दीर्घ जंग सिंहले जम्मा ढुवानी भाँडा १ लाख १३ हजार ४०० व्यक्तिगत रुपमा भीम बहादुर सिंहले तिरेको जानकारी दिए । भुकम्पबाट ज्यान गुमाएका घरपरिवारलाइ दिएको नगद राहत भने सिंहका दाजुभाईलेनै दिएको दीर्घले बताए ।

भुकम्प पीडितहरुलाइ राहत वितरण गरेपश्चात विछिप्त भएको मनमा सन्तुष्टी प्राप्त भएको भीम बहादुर सिंहले बताएका छन् । भुकम्पबाट आफन्त गुमाउदा, घरभित्र राखिएको सम्पूर्ण सामान नष्ट हुनेगरी घर भत्किएको पीडालाई भुकम्प पीडितहरुको बीचमै पुगेर नगद तथा सामाग्री हस्तान्तररण गरेर मनमा शान्ति प्राप्त गरेको सिंहले वताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्