Hamro Sanchar

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/२२ गते
जाजरकोट

गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ ।

नलगाड, भेरी नगरपालिका, बारेकोट, कुशे र शिवालय गाउँपालिकामा ३६९ जना किसानहरुका पशुचौपाय र गोठहरु नष्ट भई १० करोड ३० लाख ५० हजार ४२२ लागतको क्षेती भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिए । कार्यालय प्रमुख शर्माले दिएको जानकारी अनुसार भुकम्पले जिल्लाभरी २० वटा गोरु र २० वटा भैसी मरेका छन् । त्यसैगरी १ बाच्छी, १ पाडी, २४० वटा बाख्रा र ६४ वटा पाठापाटी भुकम्पमा पुरिएर मरेका छन् कार्यालय प्रमुख शर्माले भने, ७१० वटा कुखुरा, २३ वटा घरपालुवा कालिज मरेका छन भने, ३६० वटा सुधारिएका पशुगोठहरु भत्किएर नष्ट भएका छन् ।

कार्यालय प्रमुख शर्माले दिएको जानकारी अनुसार भुकम्पबाट घाईते भएका २०५ जना किसानका २५ वटा गाई÷गोरु, ४८ वटा राँगा÷भैसी, २ हजार ३४५ वटा भेडा÷बाख्रा र ३८७ वटा कुखुराको उपचार गरिएको छ । भुकम्पबाट सबैभन्दा बढि नलगाड नगरपालिकामा पशुधनको क्षेती भएको बताउदै कार्यालय प्रमुख शर्माले नलगाड नगरपालिकाका २९४ जना, भेरी नगरपालिकाका १५ जना, शिवालय गाउँपालिकाका ४६ जना, बारेकोट गाउँपालिकाका १३ जना, कुशे गाउँपालिकाका १ जना किसानको पशुधन र सुधारिएका पशुगोठहरु नष्ट भएको जानकारी दिए ।

भुकम्पबाट घरगोठ भत्किएपछि सबैभन्दा बढि जोखिममा पशुधन रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय, जाजरकोटमा कार्यरत डा. सुशील ऐरीले बताए । हिउदे बर्षा र दैनिक रुपमा बढ्दै गएको चिसोबाट कठ्याङग्रीएर पशुधनको नोक्सानी बढ्दै जाने सम्भावना रहेको डा. ऐरीको भनाई रहेको छ । भुकम्पबाट प्रभावित पशुधनप्रति कसैले ध्यान दिएका छैनन् डा. ऐरीले भने–‘यतिवेला मान्छे भन्दा बढि जोखिममा पशुचौपायहरु रहेका छन् । जाडोबाट पशुचौपायलाई जोगाउन अस्थायी गोठ, पाल, प्रयाप्त मात्रामा दाना र घाँसको व्यवस्था गर्न जरुरी छ ।’

मासु, अण्डा लगाएतका पशुपन्छी धनमा आत्मनिर्भर देखिने सुचकहरुले जिल्ला राष्ट्रिय स्तरमा परिचित भएको बताउदै डा. ऐरीले विपदको अबस्थामा जिल्लामा उपलब्धीमुलक धनका रुपमा रहेको घरपालुवा पशुपन्छी संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।


Tagged
प्रतिकृया दिनुहोस्