Hamro Sanchar

लिजामा नलगाड, एफआएमा भेरी नगरपालिका उत्कृष्ट

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/१३ गते
जाजरकोट

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका उत्कृष्ट भएको छ भने, स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिका उत्कृष्ट भएको छ ।

आर्थिक बर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा नलगाड नगरपालिकाले ९५.५ अंक प्राप्त गरेर जिल्लाका अन्य पालिकाहरु भन्दा उत्कृष्ट भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा छेडागाड नगरपालिकाले ७७.५ अंक प्राप्त गरेको छ भने, भेरी नगरपालिकाले ६९.७५ अंक प्राप्त गरेको छ । त्यसैगरी जुनीचाँदे गाउँपालिकाले ६२.७५ अंक प्राप्त गरेको छ भने, बारेकोट गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेको छ । शिवालय गाउँपालिकाले ४५.२५ अंक प्राप्त गरेको छ भने, कुशे गाउँपालिकाले ४१.५ अंक प्राप्त गरेको छ ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) का बिषय क्षेत्रहरु रहेका छन् ।

आर्थिक बर्ष २०७९÷८० को स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिकाले ८३.५ अंक प्राप्त गरेर जिल्लाका अन्य पालिकाहरु भन्दा उत्कृष्ट भएको छ । त्यैगरी स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा नलगाड नगरपालिकाले ७९.५ अंक प्राप्त गरेको छ भने, कुशे गाउँपालिकाले ७४.५ अंक प्राप्त गरेको छ । त्यैगरी शिवालय गाउँपालिकाले ६९.५ अंक प्राप्त गरेको छ भने, छेडागाड नगरपालिकाले ६४.५ अंक प्राप्त गरेको छ । बारेकोट गाउँपालिकाले ६३.५ अंक प्राप्त गरेको छ भने, जुनीचाँदे गाउँपालिकाले ६१ अंक प्राप्त गरेको छ ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याङ्कन तथा लेखा परीक्षण, राजश्व व्यवस्थापन स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कण (एफआरए) का विषयक्षेत्रहरु रहेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्