Hamro Sanchar

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

प्रकाशित : २०८०/१२/१८ गते

जाजरकोट
शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा असर गरेको स्थानीयले बताएका छन् ।

बारेकोट–२ लिम्सा स्थित गाउँपालिकाको स्वास्थ्य शाखा रहेको भवन, प्रहरी चौकीको छानो हावाले उडाएको गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीले बताए । ‘केही सामुदायिक बिद्यालय र भुकम्पपीडितका अस्थायी अवासमा समेत क्षति पुगेको जानकारी आएको छ,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन ।’ दिउँसो २ बजेतिर आएको हावाहुरी करिब आधा घण्टा चलेको थियो ।

यसका साथै हावाहुरीले नलगाड नगरपालिका–१ चिउरी, चिसापानी, २ डाडाँगाउँ, ३ कैना, टट्टा लगाएतका ठाउँका भुकम्पपीडितहरुका अस्थायी आबासका छानाहरु उढाएको स्थानीयहरुले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्