Hamro Sanchar

अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित

प्रकाशित : २०८१/२/११ गते

जाजरकोट
अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धिको फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित भएको छ । “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले शुक्रबार २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको हो ।

शुक्रबार प्रकाशित गोरखापत्र दैनिक पत्रिका र गृहमन्त्रालयको वेभसाइटमा प्रकाशित सुचनामा लेनदेन सम्बन्धि बिषयहरुको सुरुदेखि हालसम्मको अबस्थाको यथार्थ विवरण खुल्नेगरी निवेदन संकलन गरी अनुचित लेनदेनका पीडितहरुको यथार्थ समस्या समाधान प्रयोजनका लागि सार्वजनिक सुचना प्रकाशित गरिएको “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले जनाएको छ । सुचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिनभित्र पीडित आफु रहेको जिल्ला प्रशासन कार्यालयमा उक्त निवेदन फारम दर्ता गरिदिनहुन अनुचित लेनदेन पीडित सबै सरोकारवालाहरुको लागि यो सार्वजनिक सुचना प्रकाशन गरिएको छ सुचनामा भनिएको छ–‘अनुचित लेनदेन कारोबार सम्बन्धि सोधनी भएका बिषयसंग सम्बन्धित सबै विवरणहरु प्रष्ट बुझिने गरी आफुसंग रहे, भएसम्मका त्यस्तो ऋण÷कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धि लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगाएत जो भएका लिखतहरुको प्रतिलिपी वा फोटोकपि समेत निवेदन फारामा समावेस गर्न सुजाइएको छ ।’

नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णयबाट गठन भएको “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९” बाट संकलन भइ फछ्र्यौट हुन बाँकी रहेका उजुरी, निवेदनहरु र यो आयोग गठन हुनु अघिका निवेदन उपरको कार्वाही सम्बन्धमा नेपाल सरकार, गृहमन्त्रालयको २०८०÷१०÷०८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेन सम्बन्धि बर्तमान कानुनी व्यवस्था अनुसार कार्बाही सुचारु गरिने प्रकाशित सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।

गृहमन्त्रालयको वेभसाइटमा रालिएको ५ पृष्ठको फारम नं.१ ऋण÷कर्जा लिने व्यक्तिले भरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २१ दिनभित्र दर्ता गर्नुपर्ने, ४ पष्ठको फारम नं. २ ऋण दिने व्यक्तिले भरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २१ दिनभित्र दर्ता गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्