आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण

प्रकाशित : २०८१/६/६ गते

जाजरकोट
भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिकालाइ हस्तान्तरण गरिएको थियो ।

सिआरएसको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र (यार्सन) नेपालसंगको समन्वयमा कारितास नेपालद्धारा संचालित ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना (व्भ्च्ए–क्ष्क्ष्)’ भेरी नगरपालिका वडानं. १ मा २२६ वडानं. ३ मा ४४ र वडा नं. ४ मा ३० गरी जम्मा निर्माण गरेका ३०० वटा अस्थायी आबासको संयुक्त अनुगमन गरिएको थियो । जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख काली बहादुर खत्री, उपप्रमुख दल बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, वडा अध्यक्ष दिपक राना, नेपाली काँग्रेस पार्टी जिल्ला कावा सभापति खडक विसी, परियोजना व्यवस्थापक तथा प्रमुखहरु सहितको संयुक्त टोलीले राउतगाउँ, कोलचौर, पिपेमा निर्माण गरिएका अस्थायी आबास, विद्यालयमा निर्माण गरिएका टिएलसीको अनुगमन गरेको थियो ।

नेपाल सरकारको मापदण्ड भन्दा लम्बाइ चौढाइ बढि भएका अस्थायी आबास स्वस्थकर, वातावरणमैत्री भएको जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले बताए । गत कातिक १७ गतेको भुकम्पले जिल्लाका सबै संरचनालाइ क्षेतिग्रष्त बनाएको बताउदै प्रजिअ उमाकान्त अधिकारीले नीजि अस्थायी आबास र सामुदायिक विद्यालयका सिकाइ केन्द्रहरु निर्माण कार्यमा सरकारलाइ सहयोग गरेकोमा परियोजनालाइ धन्यवाद दिएका थिए । सिंङ्गो जिल्लालाइ पुर्ननिर्माण गर्नुपर्ने आबश्यकता रहेको बताउदै प्रजिअ अधिकारीले पुर्ननिर्माणसम्म सरकारलाइ साथ दिन परियोजनालाइ आग्रह गरेका थिए ।

अस्थायी आबास तथा विद्यालय टिएलसी अनुगमन पश्चात भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिव माध्यामिक विद्यालयमा अस्थायी आबास हस्तान्तरण तथा सार्वजनिक लेखा परीक्षण गरिएको थियो । औपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा घरबास बिहिन भएका गर्भवति, सुत्केरी तथा एकल महिला, दीर्घरोगी, जेष्ठ नागरिकलाइ मंसिर, पुस महिनाको जाडो मौषमको चिसो सिरेटो छल्न निकै कठिन भएको भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाले स्मरण गरेका थिए । ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना (व्भ्च्ए–क्ष्क्ष्)’ द्धारा अस्थायी आबास निर्माण गर्दा केहि ढिलाइ भएको भएतापनि लाभग्राहीको परिश्रम, खल्तीका पैसा समेत खर्च गरेको हुनाले आज सरकारी अनुदानबाट बनेका अस्थायी आबास भन्दा आबश्यकताका आधारमा निर्माण गरिएका अस्थायी आबास गुणस्तरीय भएको अध्यक्ष रानाले बताएका थिए । परियोजनाले निर्माण गरेका अस्थायी आबासमा ५–१० बर्षसम्म ढुक्कले बस्न सकिने बताउदै अध्यक्ष रानाले सरकारी अनुदानबाट निर्माण गरिएका अस्थायी आबासको दोस्रो किस्ता भुक्तानी हुन नसकेको प्रसंगलाइ जोडेका थिए ।

 

गत कातिक १७ गतेको भुकम्पले सवैभन्दा बढि जनधनको क्षेति भएको भेरी नगरपालिका वडा नं. १, ३ र ४ का नागरिकहरुका लागि अस्थायी आबास निर्माण गरेर गुण लगाएको बताउदै वडा नं. ४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना (व्भ्च्ए–क्ष्क्ष्)’ लाइ धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रमको लागि सहभागी तथा लाभग्राहीहरुलाइ लामो समय कुराउन नहुने बताउदै अध्यक्ष शर्माले ठुलो संख्याका सहभागीहरुको समय खेर जानाले अर्थोपार्जनमा घाटा लाग्ने भनाइ राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका तर्फबाट विपद शाखाका प्रमुख यज्ञ गौतम, वडानं. ३ का वडा सदस्य गुम्बु कुमारी सिंह शाहले परियोजनालाइ धन्यवाद सहितको भनाइ राखेका थिए ।

जाजरकोट भुकम्प गए लगतै खाद्यन्न र गैर खाद्य सामाग्री सहितको राहत वितरण गरेको जानकारी दिदै सिआरएस परियोजना व्यवस्थापक अरुण कुमार शर्माले पहिलो चरणमा २०० अस्थायी आबास निर्माण गरेको जानकारी दिए । पहिलो चरणको अस्थायी आबास निर्माण निर्माण कार्यबाट हासिल गरेका अनुभवबाट दोस्रो चरणमा निर्माण गरिएका ३०० अस्थायी आबासलाइ सदृढ गरेको परियोजना व्यवस्थापक शर्माले भनाइ राखेका थिए । आगामी दिनमा निर्माण गरिने नीजि अस्थायी आबास तथा सामुदायिक बिद्यालयका सिकाइ केन्द्रका भवनहरुलाइ समृद्ध गर्दै जाने योजना रहेको परियोजना व्यवस्थापक शर्माले बताए ।

दोस्रो चरणमा निर्माण गरेका ३०० अस्थायी आबासको लागि परियोजनाले जम्मा जम्मी १ करोड ९१ लाख ९९ हजार २९३ खर्च गरेको कारितास नेपालका परियोजना बरिष्ठ अधिकृत शुभम पौडेलले जानकारी दिएका थिए । सार्वजनिक लेखा परीक्षणमा ३०० अस्थायी आबास निर्माणमा परियोजनाले जस्ता पाता, किला, काँटा लगाएतका सामाग्री सहयोग तर्फ १ करोड १९ लाख ७३ हजार ३७४ रुपैया ८४ पैसा, नगद सहयोग ७० लाख ९७ हजार ६१८ रुपैया र ढुवानी तर्फ १ लाख २८ हजार ३०० रुपैया १० पैसा खर्च गरेको बरिष्ठ अधिकृत पौडेलले जानकारी दिएका थिए ।

सहभागीका तर्फबाट अस्थायी आबास निर्माण गर्ने वेला हासिल गरेका अनुभवलाइ सुनाउदै पदम बहादुर विश्वकर्माले भुकम्प गए लगतै हिउदको जाडो छल्ने गरी अस्थायी आबास निर्माण गरेर भुकम्प पीडितहरुलाइ राहत प्रदान गरेको विचार राख्दै खुशी व्यक्त गरेका थिए । त्यसैगरी महिला सहभागीको तर्फबाट भनाइ राख्ने महिलाले फेरी यो बर्षको जाडो मौषम सुरुवात हुन थालेको बताउदै मौषमी जाडोबाट जोगिने उपाएको खोजी गर्नुपर्ने भनाइ राखेकी थिईन । त्यसैगरी उनले पुर्ननिर्माणको कामलाइ छिटो अगाडी बढाउन माग गर्दै भुमीहिन भुकम्प पीडितहरु पुर्ननिर्माणमा सुचीमा पर्ने कि ? नपर्ने भनेर प्रश्न गरेकी थिईन ।


Tagged
प्रतिकृया दिनुहोस्