News Portal

छेडागाड नगरपालिकामा अबसर परियोजनाद्धारा ८८ लाख भन्दा बढिको राहत बितरण

१३०४ पटक

छेडागाड नगरपालिकामा अबसर परियोजनाले ८८ लाख भन्दा बढिको खाद्य सामाग्री सहितको राहत बितरण गरेको छ । कोभिड–१९ को प्रभावले खाद्य असुरक्षित (विपन्न) ८२२ घरधुरीलाई परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको हो ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्धारा छेडागाड नगरपालिकामा संचालित अबसर परियोजनाले छेडागाड नगरपालिकाको समन्वयमा ८८ लाख ९० हजार २५० रुपैया ५४ पैसाको खाद्य सामाग्री सहितको राहत वितरण गरेको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिएका छन् । बिपन्न ८२२ घर परिवारलाई वितरण गरिएको खाद्य सामाग्री सहितको राहत सामाग्रीमा प्रति परिवार १०० किलो मन्सुलि चामल, १५ किलो मसुरोको दाल, १० किलो आयोडिन नुन, ५ लिटर तोरीको तेल, ५ किलो चिनी, ५ वटा लाईफव्वाय साबुन, ५ वटा लुगा धुने साबुन रहेको कार्यकारी निर्देशक पन्तले बताए । पन्तले दिएको जानकारी अनुसार प्रति परिवार १० हजार ८१५ रुपैया ४२ पैसा बराबरको खाद्य सामाग्री सहितको राहत वितरण गरिएको छ ।

छेडागाड नगरपालिकाका १३ वटै वडाका अति विपन्न तथा खाद्य असुरक्षित परिवारको छनौट गरेर वितरण गरिएको राहतबाट २ हजार ६७३ जना बालबालिका र २ हजार २५० जना १८ बर्ष भन्दा माथिका उमेर समुहका नागरिकहरु गरी ४ हजार ९२३ जना प्रत्यक्ष लाभाम्बित भएको सेभ द चिल्ड्रेनका परियोना संयोजक मतिलाल ढकालले जानकारी दिएका छन् ।

कोभिड–१९ संक्रमणको प्रभावबाट प्रभावित भएका अति विपन्न तथा खाद्य असुरक्षित बालबालिका, महिला तथा जेष्ठ नागरिकहरुका लागि परियोजनाले बितरण गरेको खाद्य सामाग्री सहितको राहत बितरणले नगरपालिकालाई ठुलो योगदान पुर्याएको बताउदै छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महताराले राहत वितरण गरेकोमा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणले बिश्व मानव समुदायको स्वास्थ्य सुरक्षामा चुनौति खडा गरेको बताउदै कार्यकारी निर्देशक पन्तले मानव स्वास्थ्य सुरक्षाको मुख्य तत्व नै खाद्यन्न भएको तर्क गरेका छन् । छेडागाड नगरपालिकाका बिपन्न तथा खाद्य असुरक्षित नागरिकहरुको स्वास्थ्य सुरक्षा कायम गर्न परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको पन्तले बताएका छन् ।

परियोजनाले छेडागाड नगरपालिकाका १३ वटै वडामा गत बैसाख २३ गतेदेखि जेठ ११ गतेसम्म खाद्य सामाग्री सहितको राहत वितरण गरेको थियो । परियोजनाले नगरपालिका र वडाका जनप्रतिनीधि मार्फत विपन्न घर परिवारलाई खाद्य सामाग्री सहितको राहत बितरण गरेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पुरा गरेर खाद्य सामाग्री सहितको राहत बितरण गरिएको परियोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्