News Portal

नलगाड नगरसभाबाट ६० करोड ७८ लाखको बजेट पारित

४६१ पटक

नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ ।

सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त ३१ करोड १ लाख, शसर्त अनुदान ९ करोड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११ करोड ४७ लाख ७१ हजार अनुमानित बजेट पास गरेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त रकम १ करोड १ लाख ५६ हजार समानिकरण अनुदान, ३ करोड ६ लाख ९५ हजार शसर्त अनुदान, १ करोड २५ लाख समपुरक अनुदान, गत वर्षको मौज्दात ६० लाख र १ करोड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यता र कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहको बिशेष आथित्यतामा उद्घाट गरिएको १२ औं नगर सभाले संचित कोष, सशर्त कार्यक्रम, चालु प्रशासनिक, पुँजीगत तर्फ बिषयगत क्षेत्र, बिषयगत शाखा र अन्य विविध जस्ता खर्च शिर्षकमा बजेट विनियोजन गरेको छ ।

 

नलगाड नगरपालिकाको १२ औं नगरसभाबाट पास गरिएको नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छः–

नलगाड न पा २०८०।०८१ को निति तथा कार्यक्रम

नलगाड नगरपालिकाको १२ औं नगरसभाबाट पास गरिएको बजेट बक्तव्यको पूर्णपाठ यस्तो छः–

नलगाड न पा २०८०।०८१ को बजेट बक्तव्य

प्रतिकृया दिनुहोस्