जाजरकोट
पहिरोमा पुरिएर एकै घरका तीन जना भुकम्प पीडितको मृत्य भएको छ । आइतबार राति अविरल बर्षासंगै माथिबाट आएको पहिरोले अस्थायी आबास पुरेपछि एकै घरका तीन जना भुकम्प पीडितको मृत्यु भएको हो ।
पहिरोले पुरिएर नलगाड नगरपालिका–२ डाँडागाउँ स्थित माँझगाउँका ४२ बर्षिय लाल बहादुर परियार, ३४ बर्षिय मनिसा परियार र २ बर्षिय शिभम परियारको मृत्यु भएको नेपाली काँग्रेस जाजरकोटका प्रवक्ता छवी पन्तले बताए ।
गत कातिक १७ गते मध्येराति गएको भुकम्पले घर भत्किएपछि परियार परिवार अस्थायी आबासमा बस्दै आएको थियो । २ बर्षिय छोरा शिभम, ३४ बर्षिय श्रीमति मनिसा, ४२ बर्षिय लाल बहादुर सहितको स–परिवारको मृत्यु भएको प्रवक्ता पन्तले जानकारी दिए ।
घटना स्थलमा नेपाल प्रहरी र स्थानीय युवाहरुको संयुक्त टोली पुगेर सब निकालि सकेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।