Hamro Sanchar

जुनीचाँदे गाउँपालिकाको म्युजिक भिडियो छाँयाङ्कण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१२/२५ गते

जुनीचाँदे गाउँपालिकाको म्युजिक भिडियो छाँयाङ्कण भएको छ । देशभक्त भाव भएको जुनीचाँदे पालिका गीतको म्युजिक भिडिया छाँयाङ्कण भएको हो । पालिका गानको म्युजिक भिडियोको प्रस्तुती बहुँ प्रतिभा तथा कला संरक्षण केन्द्र, जाजरकोटले गरेको हो ।

छाँयाङ्कण पुरा भएको म्युजिक भिडियो बजारमा आउन अझै दुई हप्ताको समय लाग्ने बहुँ प्रतिभा तथा कला संरक्षण केन्द्र, जाजरकोटका अध्यक्ष तथा म्युजिक भिडियो निर्माण व्यवस्थापक रामबहादुर सिंह (रेडियम) ले बताएका छन् ।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको म्युजिक भिडियोको नृत्य निर्देशन हिरा भुजेलले गरेका छन् । राजन थापाको श्रृङगारमा तयार भएको म्युजिक भिडियोलाई छाँयाङ्कण दिव्यराज सुबेदीले गरेका छन् । चर्चित नृत्यकार प्रसंशार परी, विमला अधिकारी, प्रेम केसी र खेमराज बस्नेतले अभिनय गरेको म्युजिक भिडियोको अतिथि कलाकारमा चलचित्रकर्मी सुशिल पोखरेल रहेका छन् भने, विशेष भुमिकामा जुनीचाँदे गाउँपालिकाका काबा अध्यक्ष शिवा आचार्य रहेकी छन् ।

उक्त म्युजिक भिडियोमा जुनीचाँदेका भुगोल, मठमन्दीर, हिमाल, नदी, पशुपन्छी, फलफुल, खनिज, कृषि, मेलाजात्रा, जातजाति र भाषालाई समेटिएको निर्देशक तिमिल्सिनाले बताएका छन् ।

चर्चित गायीका मेलिना राई र रेशम शाहीको स्वरमा सजिएको ‘जुनीचाँदे गाउँ, हाम्रो स्वर्ग जस्तो ठाउँ ।’ भन्ने बोलको गीतमा दीपक शाही र करुणा रावतले क्रोरस स्वर दिएका छन् । रेशम शाही र शिवा आर्चायको शव्द रहेको गीतमा शशि विक्रम थापाको संगित रहेको छ ।

हालसम्म ३ दर्जन भन्दा बढि सड्क नाटकका क्षेत्रमा कामगरी सकेको बहुँ प्रतिभा तथा कला संरक्षण केन्द्र, जाजरकोटले जुनीचाँदे गाउँ बोलको गीतमा तयार पारेको म्युजिक भिडियो पहिलो हो । व्यवसायिक चलचित्रकर्मीहरुको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त म्युजिक भिडियो निक्कै आकर्षक बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चाँदे पाटन्, धार्मिक शक्तिपीट नदैडाब र गाउँपालिकाका सबै बस्तिहरुको सिनलाई समाबेश गरिको निर्माण व्यवस्थापक सिंह (रेडियम) ले जानकारी दिएका छन् । कथानाक तरिकाले निर्माण गरिएको म्युजिक भिडियोमा स्थानीय डेउडा, मयुर नाँच, दमाह (बाजा) नाँच र धामी नाँचलाई पनि समाबेश गरिएको छ निर्माण व्यवस्थापक सिंह (रेडियम) ले भने–‘मिक्स म्यालुडिमा रहेको पालिका गीतमा लोक, लोकपप र आधुनिक संगित रहेको छ, लोक अन्तरगत टप्पा र डेउडा रहेको छ ।’

प्रतिकृया दिनुहोस्